प्रज्ज्वल वोगटी
कालेबुङ, 20 मई।
यहॉंको सेवा सदन परिसरमा कालेबुङ वनवासी आश्रमले आज एक भव्य कार्यक्रमबीच 16 औं वसन्त वार्षिक उत्सव पालन गर्यो। वनवासी जिल्ला अध्यक्ष टेन छिरिङ लेप्चाको सभापतित्वमा सम्पन्न भएको आजको कार्यक्रममा मुख्य अतिथीको रूपमा प. गम्भिर राई अग्निहोत्री उपस्थित थिए।

यसैगरी प्रमुख वक्ताको रूपमा रतन कुमार अग्रवाल रहेका थिए। वनवासी जिल्ला सचिव मधुकर मल्लले स्वागत भाषण राख्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। आजको यस उत्सवमा धनुर्धारी परिल लेप्चाको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण भने वनवासी कल्याण आश्रम कालेबुङका विद्यार्थीहरू रहेका थिए। छात्रवासकै होस्टेल प्रभारी सोविल लेप्चाद्वारा

आजको वार्षिक उत्सवमा छात्रवासकै विद्यार्थीहरूले अन्य विभिन्न कलाहरू पनि प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले एकाअर्कामा सन्तुलन राखी मानव श्रृङ्खला अनि सहासिक कार्यको परिचय दिँदै फाइर जम्प पनि प्रदर्शन गरेका थिए। विविध कार्यक्रमसहित सम्पन्न भएको कार्यक्रममा वनवासीहरूको पनि व्यापक उपस्थिति रहेको थियो।
0 comments: on "कालेबुङ वनवासी कल्याण आश्रमको 16 औं वसन्त वार्षिक उत्सव सम्पन्न"
Post a Comment