कालेबुङ, 18मई।
भोली बन्द डाकेको भए पनि कालेबुङमा आजै बन्द भयो। सोनादामा गोरामुमो समर्थकहरूको प्रहारले घाइते बनेका रबिन राईको मृत्युको खबर कालेबुङ आइपुग्ने वित्तिकै लगभग तीनबजीदेखि नै कालेबुङको दोकान पाट बन्द भयो। यता मोर्चाले दोषी गोरामुमो समर्थकहरूलाई शीघ्र पक्राउ गर्नुपर्ने मागमा मोर्चाले 19 मईको दिन 24 घण्टे बन्द डाकेको छ। मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले आज बन्द नडाकेको भए पनि स्वाभाविकरूपले पसलेहरूले नै बन्द गरेको बताउँदै दोषीहरूलाई शीघ्र नै पक्राउ गर्नुपर्ने मागमा 24 घण्टा पहाड़ बन्द डाकेको बताए।
तिनले 24 घण्टाभित्रमा पनि दोषीहरूलाई पक्राउ नगरे मोर्चाले त्यसउता अझ दह्रिलो कार्यक्रमहरूको घोषणा गर्ने बताएका छन्।
छेत्रीले आरोप के पनि लगाएका छन् भने घिसिङले पहाड़ छोड़ेकै दिन रविन राईको मृत्यु भइसकेको थियो। स्थितिलाई सामान्य बनाउन अनि घिसिङलाई रातारात पहाड़बाट भगाउन नै रविन राईको मृत्यु भएको पुष्टि गरिएन। घिसिङलाई पहाड़बाट रातारात भगाएपछि नै रबिन राईको मृत्यु भएको बताइएको हो। तिनले प्रशासनले पनि उचित पहल नगरेको अनि दोषीहरूलाई पक्राउ गर्नमा ढिलाइ गरिरहेको आरोप पनि तिनले लगाए।
तिनी अनुसार प्रशासन लचिलो भएको कारण नै यसप्रकारका घटनाहरू भइरहेको छ। तिनले घटना हुनुमा घिसिङको पूर्ण दोष रहेको बताउँदै पहाड़मा पॉंच प्रतिशत मात्र रहेको दलले यसप्रकारको अत्याचार गर्दा पनि प्रशासन निष्कृय रहेको आरोप लगाएका छन्। यता बन्द नै नडाकी कालेबुङ अचानक नै बन्द भयो। खरसाङ बन्द रहेको खबर आउने वित्तिकै कालेबुङमा पनि चलेको हल्लाले पसलहरू बन्द भएको थियो। मोर्चा प्रवक्ता डा.छेत्रीले आज भने मोर्चाले बन्द नडाकेको स्पष्ट पारेका छन्।
0 comments: on "घिसिङ भागेकै दिन रविनको मृत्यु भइसकेको हुनसक्छ- डा. छेत्री"
Post a Comment