कालेबुङ, 18मई।
मोर्चाका विधायकहरूले आज कलकत्ता प्रास्थान गरेका छन्। बङ्गालका मुख्यमन्त्रीकोरूपमा भोली तृणमूल कंग्रेस नेतृ ममता व्यानर्जीले शपथ ग्रहण गर्ने छन्। यसको निम्ति साक्षी प्रतिनिधिस्वरूप गोर्खा जनमुक्ति मोर्चाका दार्जीलिङका तीन अनि डुवर्सका एक विधायकले पनि आधिकारिक निम्तो पाएका छन्।
गोर्खा जनमुक्ति मोर्चाका विधायकहरू डा.हर्कबहादुर छेत्री, डा. रोहित शर्मा, त्रिलोक देवान अनि कालचिनीका विधायक विल्सन चम्प्रमारीले आज कलकत्ता प्रास्थान गरे।
उनीहरूसित नै मोर्चा महासचिव रोशन गिरीले पनि कलकत्ता प्रास्थान गरेका छन्। प्रास्थान गर्न अघि मोर्चा प्रवक्ता अनि कालेबुङ समष्टीका विधायक डा. हर्कबहादुर छेत्रीले भने, राज्यपालको पक्षबाट निमन्त्रणा आएकोले हामी कलकत्ता प्रास्थान गरिरहेका छौं। ममता व्यानर्जीले शपथ लिने भएकोले साक्षीको निम्ति हामीलाई ममता व्यानर्जीकोपक्षबाट पनि निमन्त्रणा रहेको छ। तिनले आफूहरूको शपथ हुने नहुने थाहा नलागेको बताउँदै 20 देखि 26 मईभित्र चारचरणमा विधायकहरूको शपथ हुने जिल्लापाल मार्फत थाहा लागेको पनि बताए। अर्कोतिर तिनले मोर्चा विधायकहरूलाई मन्त्रीमण्डलमा सामेल गर्ने कुरा अफवाह मात्र रहेको अनि यसबारे आफूहरूलाई कुनै सूचना वा जानकारी नरहेको बताए।
पग्ला कुकुर
12 years ago
0 comments: on "मोर्चा विधायकहरू लागे कलकत्ता"
Post a Comment