बासुदेव पुलामी
एउटा अनुहारविहिन प्रश्न छ
जसले सोधिरहन्छ एउटा मानचित्रको कथा।
टासिँदै/उप्किदै
उप्किदै/टासिँदै गरेका यी प्रश्नहरू
घाउका पाप्राहरू जस्ता छन्।
हरेक घरको
दैलो-दैलोबाट स्वाट्टै छिरेको
एउटा भुकुल्ले आस्था
बडेर कति ठूलो हुन्छ नि सपनामा।
सपना देख्नु कुनै अपराध होइन
तर सपनाको पनि पुत्ला बनाएर
जलाउँदछन् यो देशमा
अझै पनि।
शताब्दिऔंदेखि
सोधिएको प्रश्नको उत्तरहरू इतिहासको
कुन गर्भमा लुकेको छ?
प्रश्नहरूको भेटघाट
कहिले हुने हुन् कुन्नी उत्तरहरूसित!
कुनै हत्केलाले लेख्न नजानेको
इतिहास छन् हामीसँग,
कुनै राजाले जित्न नसकेका युद्धहरू छन् हामीसँग।
तर
समायान्तर हो यो
इतिहासले मात्र थेग्दैन अब,
राजा नै हुनु पर्छ भन्ने पनि केही छैन
सबाल्टर्नले शीर उठाएको छ अब।
पग्ला कुकुर
12 years ago
0 comments: on "समयान्तर"
Post a Comment