मनोज वोगटी
१६ मई, कालेबुङ।
गोर्खा जनमुक्ति मोर्चाको श्रमिक सङ्गठन मङपूस्थित कुलैन कारखानाको जीर्णोद्वारको निम्ति अघि बढेको छ। तक्निकीय क्षेत्रमा विश्वका धेरै देशहरूले गरेको विकासको तुलनामा भारतको स्थान निक्कै तल्लो दर्जामा छ। यसको एउटै कारण रहेको छ कि देशले संसाधनहरूको विकासबाट अर्थ आर्जनको नीति निर्माणलाई लचिलो राखेको छ। भारतको पश्चिम बङ्गाल राज्यले प्रशासनिक क्षेत्रमा देखाएको अल्छेपनको कारण निक्कै ऋण बोकेको सबैलाई थाहा छ। बङ्गालको प्रशासनिक अल्छेपनको एउटा ज्वलन्त उदाहरण हो पहाड़मा रहेको कुलैन उद्योग।
करोड़ौको घाटा देखाएर यो उद्योगलाई नष्ट गर्ने प्रशासनिक कुटनीतिले कुलैन उद्योगसित संलग्न श्रमिकहरूको भविष्यलाई नै सङ्कटमा पार्ने जुक्ति भइरहेको थियो,
तर राजनैतिक कारण बङ्गाल सरकारले यो उद्योगलाई पूरै नष्ट गर्न सकेन। अहिले एनकेन प्रकारेन उद्योग चलिरहेको छ, तरै पनि यसलाई विश्व बजारसित जोड्दै खेती प्रणालीलाई हाइटेकरूप दिने पक्षमा सरकार रहेन। अहिले मङ्पूमा कुलैन कारखाना बन्द छ। कारखाना बन्द हुनुको एउटै कारण थियो, कारखानामा जड़ित मशिनहरू युगौं पुरानो छ, जसले उत्तम उत्पादन दिन सक्दैन।
पुरानो कारखानामा धेरै लागतमा थोरै उत्पादन हुने कारण यसलाई बन्द नै गरिएको थियो। जब कि विश्व बजारमा कुलैनको मूल्य प्रशस्त छ। हिजो यही समस्यालाई लिएर गोर्खा जनमुक्ति मोर्चाको श्रमिक युनियन दार्जीलिङ, तराई डुवर्स प्लान्टेशन युनियनले कुलैन बगानका प्रबन्धन पक्षलाई लिएर नै दार्जीलिङका सांसद जसवन्त सिंहसित चर्चा गर्यो। युनियनका अध्यक्ष गोपाल रूचालले भने,कारखाना मरमत्ति गर्न वा कारखानालाई हाइटेकरूप दिन पश्चिम बङ्गाल सरकारले एउटा प्रोजेक्ट बनाएको थियो जसको निम्ति 51 करोड़ रुपियॉं अनुमोदन पनि गरिसकेको थियो।
तर सोझै राशि उपलब्ध गर्न नसक्ने आधिकारिक असुविधाको कारण बङ्गाल सरकारले यस प्रस्तावलाई दिल्ली पब्लिक कमिशनमा पठाएको थियो, जो अहिलेसम्म अल्झिएर बसेको छ। यस सम्बन्धमा कमिशनसित कुराकानी गर्न जसवन्त सिंहसित बैठक गरिएको थियो। युनियन अनुसार कुलैन बगानको भविष्य सुनिश्चितताको कुरा यहॉंको कारखानासित जोड़िएको छ। यसकारण कारखानाको नविनिकरण हुनुपर्छ। उपकरणहरू हाइटेक हुनुपर्छ, जब कि कम लागतमा कुलैनको उत्पादन धेरै यहीं हुन सकोस्। यसो हुन सकेमा श्रमिकहरूको भविष्य सुनिश्चित हुने छ।
गोपाल रुचाल अनुसार बगान प्रबन्धन पक्षबाट निदेशक डा. जीसी सुब्बा पनि बैठकमा थिए। सांसद जसवन्त सिंहले युनियनलाई यस सम्बन्धमा आफ्नो पक्षबाट सक्दो कार्य हुने आश्वासन दिएको रुचालले बताएका छन्। जसवन्त सिंह अनुसार यसप्रकारको समस्याको उठान मोर्चाका चार विधायकहरूले उठाउनुपर्छ। विधायकहरूलाई समस्या समाधानको निम्ति जिम्मेवारी दिइनुपर्ने पनि सिंहको भनाइरहेको रुचालले जनाएका छन्।
पग्ला कुकुर
12 years ago
0 comments: on "कुलैन कारखाना पतनतिरः जिर्णोद्वारको निम्ति अघि आयो युनियन"
Post a Comment