मुख्य समाचार :


किरण बीकेलाई मोर्चाको धम्की -मोर्चाको तानाशाहबाट जनता होसियार-गक्रायुमो

कालेबुङ, 1 अप्रेल।
छुट्टैराज्य बाहेक कुनै कुरामा पनि सम्झौता हुँदैन भन्ने मोर्चाले केवल दार्जीलिङ जिल्लाको तीनवटा महकुमाको निम्ति मात्र विकास एजेन्सी ग्रहण गर्ने भएपछि यसको विरोध राष्ट्रियस्तरमा व्यापक बन्यो।

किन मोर्चाले दार्जीलिङ बाहिरका गोखार्र्हरूलाई धोका दियो, यही प्रश्न गर्दा हरियाणाका  कर्मठ मोर्चा नेता किरण बीकेलाई मोर्चाले दलबाहिर गरेको किरण बीकेले बताएका छन्‌। भर्खर हरियाणा मोर्चा शाखा विघटन गरी गोर्खाल्याण्डको आवाज राष्ट्रियस्तरमा बुलुन्द गरिरहेका किरण बीकेलाई तिनले राष्ट्रियस्तरमा मोर्चाले धोका दिएको प्रचार गरेको अनि छुट्टै राज्यले मात्र गोर्खाहरूको समस्याको समाधान हुने सम्बन्धमा प्रचार गरेको आरोपमा गोर्खा जनमुक्ति मोर्चाले तिनलाई घर फर्किएर नआउने धम्की दिएको बताएइको छ।
 तिनलाई मोर्चाले ज्यानमालसम्मको क्षति गर्ने धम्की दिएको पनि बताइएको छ। किरण बीकेले छुट्टै राज्यका विरोधीहरूले कुनै पनि परिस्थितिमा गोर्खाल्याण्डको आन्दोलन र आन्दोलनकारीलाई रोक्न नसक्ने दाबी गरेका छन्‌। यता मोर्चाले गोर्खाल्याण्डको आवाज उठाउनेहरूलाई धम्की दिनु तानाशाह रहेको गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाले बताएको छ।
 गक्रायुमो महासचिव अरुण घतानीले प्रेस विज्ञप्ती जारी गर्दै मोर्चाको यस्तो खाले तानाशाहप्रति प्रतिक्रिया व्यक्त गरेका छन्‌। तिनी अनुसार भारत भरि छरिएर बसेका 1.5 करोड़ गोर्खा जातिको राष्ट्रिय चिन्हारी  र राजनैतिक सुरक्षाको निम्ति चलिरहेको देशको संवैधानिक   प्रावधान अनुसार अलग राज्य गोर्खाल्याण्डको  मागले थुप्रै दशकहरू पार गरे। एक सा एक नेताहरूले महाकाल बाबा, गीता, बाईबल, कुराणको कसम खाएर अलग राज्य ल्याएरै छाड़्‌छौं भने, तर पार लगाएनन्‌। यस बाजी त झन्‌ समय सीमा तोकेर जनतालाई  जुरूक-जुरूक उचालिएको थियो  तर थेचारी दिए। अलग राज्यको निम्ति भनिएको अन्तिम युद्धको समय सीमाभित्र आफ्नो वचन पुरा गर्न नसके निधारमा गोली ठोकेर आत्मा हत्या गर्ने कसम समेत खाए तर  पूरा गरेनन्‌। बन्दकी आमा मुक्ति गर्ने भनी कथित रूपमा जन्मिएको दलले पैसा, सहुलियत र जी. टी. ए. को चौकीको निम्ति राजनैतिक सूरक्षा र राष्ट्रिय चिन्हारीलाई साटे पछि जाति बिरोधी र माटो बिरोधी दललाई जनताले त्याग्नु स्वाभाविक  हो , जाति प्रेम हो। आज यही प्रक्रिया भारत भरिका गोर्खाहरूले शुरू गरेका छन्‌। घतानीले भनेका छन्‌, ती साहसी गोर्खा सन्तानबाट शिक्षा लिएर दार्जीलिङका जनताले पनि यही पदक्षेप उठाउनु पर्ने हो।
घतानीले बताए अनुसार हरियाणामा गोर्खाल्याण्डको आन्दोलनलाई साथ दिने कार्यकर्ताहरूले गोजमुमो त्याग्ने औ शाखा भङ्ग गरी दिएर किरण बि.के औ अन्य युवाहरूले साहसिक र सॉंचो माटो प्रेमीको उदाहरण दिएका छन्‌। आफ्नो पार्टीलाई गान्धीवादी र गणतान्त्रिक भन्ने दलले आन्दोलन अवधी घर जलाउनु , हत्या गर्नु, सामाजिक बहिष्कार गर्नु, घरबाट खेदुवा लगाउनु सामान्य घटना थियो तर गोर्खाल्याण्डलाई थोत्रे तराई डुवर्स बिनाको जी.टी. ए. सित साटेर बंगालको दासत्व स्वीकार गर्ने  मोर्चाले सॉंचो माटो प्रेमीहरूलाई आफ्नो घरमा आउन नदिने फरमान जारी गर्नु हैकमबादी, तानाशाही र अगणतान्त्रिक हो। भारत जस्तो बृहत गणतान्त्रिक देशमा वाक स्वतन्त्रता र आफूले चाहेको राजनैतिक बिचार प्रकट गर्न नपाउनु दूर्भाग्यपूर्ण हो। केन्द्रिय नेताहरू कै आदेशमा समाज बिरोधी र गणतान्त्रिक परिवेशलाई नष्ट पार्ने गोजमुमोको  निर्णयको गक्रायुमोले घोर बिरोध जनाएको छ। मोर्चाको तानाशाहको विरोध गर्दै घतानीले सरकारलाई प्रश्न गरेका छन्‌- यस्ता गणतन्त्र बिरोधीहरूलाई  ‘दलतन्त्र नय गणतन्त्र हबे’ भन्ने दलको सरकारले के भन्छ?

0 comments: on "किरण बीकेलाई मोर्चाको धम्की -मोर्चाको तानाशाहबाट जनता होसियार-गक्रायुमो"