मुख्य समाचार :


20 भर्सेस 26

कालेबुङ, 1 अप्रेलः
पहाडमा जीटीएको निम्ति कुनै समस्या छैन। कुनै विपक्ष पार्टीको पनि विरोध छैन।
पहाडमा मोर्चाको बाटो सफा छ। केही राजनैतिक दलहरूले भास्सिएको स्वरमा जीटीएको विरोध गरे पनि त्यो खुलेर बाहिर आएन। केही दलले पोष्टर टॉंसेर विरोधको औपचारिकता पुरा गरे। क्रामाकपा, गोर्खालीग, गोर्खाल्याण्ड टास्क फोर्स, थर्ड फोर्स लगायत अन्य एकै जना मात्र नेता भएका दलहरूलेसम्म जीटीएको खुलेआम विरोध गरेको छैन जसरी छैटौं अनसूचीको विरोध गर्‍यो। छत्र सुब्बा थन्को लागे। युजीअरएफको पत्तो छैन। पिपल्स फोरमले केवल समाचारपत्रमा मात्र मोर्चाको खुलेर विरोध गरिरहेको छ तर मैदानमा भने देखा पनि परेको छैन। वास्तवमा नै पिपल्स फोरम भन्ने संस्था छ कि छैन जनतालाई थाहा छैन। विपक्षको विरोध नभएको मुद्दा सर्वमान्य हुन्छ। छैटौं अनुसूची जनताको हीतमा नरहेको कुरा विपक्षको विरोधले नै प्रमाणित गरेको थियो। जीटीए भने पूर्णरुपले जनताको हीतमा रहेको कुरा विपक्षको मौन समर्थनले स्पष्ट पारेको छ।  केही सचेत जनता मोर्चासित रुष्ट छन्‌। त्यो विपक्षको विरोधले होइन तर मोर्चाको कार्यशैली र झुटो बोलाइको कारमत हो। मोर्चाले कार्यक्रम नै पिच्छे जनतालाई ढॉंटेको छ। भनेको बचन पुरा गरेन। तरै पनि जनताले मोर्चाको साथ छोडेको छैन। विपक्ष मात्र दाउमा छ, कतिबेला जनताले मोर्चाको साथ छोड्‌छ र आफ्नो दल बलियो पारौं भन्ने गलत मानसिकतामा विपक्षले राजनीति गरिरहेकोले पनि उनीहरू अझसम्म विपक्ष मात्र बनेका छन्‌। बलियो कार्यक्रम छैन अनि जनताले साथ नै दिएन भन्ने भ्र्रामक कुरा गर्दै बसिरहेको छ। कार्यक्रम नदेखी जनता कुनै पनि दलमा झट्ट विश्वास गरेर जाइलाग्ने सम्भावना अब कम्ति छ किन भने दाजुभाइ जस्ता लाग्ने गोरामुमो र गोजमुमोले जनतालाई हैरान पारिसकेको छ। वास्तवमा विपक्षलाई छुट्टै राज्यको निम्ति के गर्नुपर्छ भन्ने कुरा नै थाहा छैन। सबै पार्टीहरू तीनवटा महकुमाका जनतासितमात्र झुत्तिएको देख्दा नै स्पष्ट हुन्छ कि उनीहरूको उद्देश्य तीनवटा महकुमाभित्र कै चलखेल हो। सात लाख गोर्खाहरूको समर्थन नपाएर आन्दोलन नै छोड्‌छु भन्ने छत्र सुब्बा र विपक्षको दलीय हुर्मतले ठ्याक्क मेल खाइरहेको छ। गोर्खाल्याण्ड दार्जीलिङको तीन महकुमाका सात लाख गोर्खाहरूको निम्ति होइन। 1 करोड गोर्खाहरूको निम्ति हो। तर सात लाखमा नै राजनैतिक पार्टी झरिच्याउ झैं गठित छन्‌। 1 करोड जनता छोडेर सात लाख जनतामा राजनीति भइरहेको छ। दार्जीलिङ बाहिरका गोर्खाहरूलाई राजनैतिक पार्टीले छोएको पनि छैन। विपक्षलाई दार्जीलिङका सात लाख जनता नै धेर लागेको छ जब कि 1 करोड गोखार्र्को निम्ति चिह्नारीको निम्ति राज्य चाहिने उनीहरूको बठ्यॉंई छ। यी सबैलाई हेर्दा दार्जीलिङका पार्टीहरू एकार्कामा कतै न कतैबाट सम्बन्धित छन्‌। कतै न कतैबाट समर्थित छन्‌। उनीहरूको खेल्ने ठॉंउ केवल दार्जीलिङ भएकोले कुनै एक दलको विरुद्ध अर्को दलले कटाक्षरुपमा विरोध गर्न सक्दैनन्‌। उनीहरूको बस्नु र मर्नु यहीँ ठाउँ भएकोले व्यवसायिक राजनीति गर्न उनीहरू बाध्य छन्‌। यसैकारण नै 103 वर्ष आवाज उठेको मियाद पुगेको उनीहरू नै जनसभा र बैठकतिर गर्छन्‌। जीटीएले गोर्खाल्याण्डको मार्गमा वाधा गरेको त भन्छन्‌ तर यसको विरोध गरेर यसलाई गठन नै हुन देखि रोक्न सक्ने विरोध भने गर्दैनन्‌। छैटौं अनुसूचीको विरोध गरेर जघन्य भूल गरिसकेको ठानेर हो कि जीटीएको विरोध नगरेको भन्ने विचार अहिले सर्वोपरि छ। पहाडका दलहरूमा रहेको यो मिलिभगतले तर तराई र डुवर्समा भन्ने अशान्ति निम्ताइदिएको छ। मोर्चाले तराई र डुवर्स छोडेकोमा पनि विपक्षको कुनै सुर्ता र प्रतिक्रिया छैन। तराई र डुवर्सलाई उनीहरूकै हालमा छोडिदिएको छ। जीटीए र जीटीएमा तराई डुवर्सका भू-भागहरूको अन्तरभुक्तिलाई लिएर दुइखेमामा लडाईँ हुने स्पष्ट छ। विपक्षमा 20 वटा संस्थाहरूको जोइन्ट एक्सन कमिटी अनि पक्षमा 26 वटा संस्थाहरूको जोइन्ट एक्सन कमिटी। दुइवटा एक्सन कमिटीको एक्सन-रिएक्सनले तराई र डुवर्स रणभूमिमा परिणत हुने सम्भावना 99 प्रतिशत रहेको छ। रणभूमिमा प्रशासन रेफरी हुने देखिएको छ। यो रेफरीले जुन दललाई चेप्ने हो जित उसैको छ। तर यो लडाईँ जिते पनि हारे पनि तराई र डुवर्सले भने केही पाउँदैन। किन भने तीनवटा पहाडको महकुमाको निम्ति जीटीएको 45 वटा आसन तय छ अनि तराई र डुवर्सको निम्ति पॉंच मनोनित सदस्य। पॉंच मनोनित सदस्य र 45 निर्वाचित सदस्यबीच कसले धेर आफ्नो क्षेत्रको विकास गर्छ, त्यो पनि स्पष्ट छ। पॉंचमा कति गोर्खा कति आजिवासी त्यो पनि स्पष्ट छैन। लडाईँको बीज त्यहॉं पनि रोपिएको छ। जीटीएको कानूनमा 45 वटा आसनको निम्ति नै चुनाउ हुन लेखिएको छ मनोनित सदस्यको कुरा उल्लेख नै छैन। तराई र डुवर्सका पॉंच मनोनित सदस्य जीटीए चुनाउ अघिको समस्यालाई समाधान गर्न राज्य सरकारले खेलेको चलखेल नै धेर देखिएकोले यसपल्ट 20 भर्सेस 26 को भीडन्तपछि तराई र डुवर्समा सधैँको निम्ति युद्धको बीज रोपिने हो कि? राजनैतिकरुपको यो भयको छाया बढ्‌दै गइरहेको छ।

0 comments: on "20 भर्सेस 26"