मुख्य समाचार :


संग्धिग्ध व्यक्तिहरूको चलखेलः मोर्चाले फेरि उठायो प्रसङ्ग

‘विपक्षीहरूले मनिटरको काम नगरोस्‌’
कालेबुङ, 25 मार्चः
कालेबुङमा संग्धिग्ध व्यक्तिहरूको चलखेल भइरेको प्रसङ्गलाई आज फेरि गोजमुमोले उठाएको छ।

गोजमुमो जिम्मेवार पार्टी भएकोले जनसाधरणलाई कुनै असुविधामा पर्न नदिन नै मोर्चाको पक्षबाट उपाध्यक्ष कल्याण देवानले थानामा प्राथमिकी दर्ता गरिएको कुरा मोर्चाले आज फेरि अवगत गरायो। ‘कालेबुङमा सग्धिग्ध व्यक्तिहरूको चलखेल हुनु देशकै निम्ति खतराको विषय हो। हामी जनतालाई  सुरक्षा प्रदान गर्न चहॉंन्छौंै’। यहॉं अशान्ति फलाउने प्रयास हुँदैछ’-मोर्चा केन्द्रिय सह-सचिव विनय तमाङले भने।
 ‘कालेबुङमा सशत्र आन्दोलन गर्ने हल्ला पनि अघि आइरहेको छ। जसको हामी विरोध गर्छौं। सशस्त्र आन्दोलनद्वारा कुनै लक्ष्य प्राप्त हुँदैन।’-तमाङले भने। एलटीटी, श्रीलङ्‌का, खालिस्तान, लाई तिनले उदाहरण दिँदै  सशस्त्र आन्दोलनले कदापी लक्ष्य प्राप्त गर्न नसिकिने बताए।  यसैअवधी मोर्चा आज विपक्षीमाथि पनि जोडले वर्षियो।
धेरैले मार्चालाई गोर्खाल्याण्ड ड्‌प गर्‍यो भनेर भनिरहेको बताउँदै जीटीएलाई सही रूपमा सञ्चाल गरेर जीटीएलाई यथार्थमा परिणत गरेपछि नै गोर्खाल्याण्डमा जाने पनि मार्चाको जनभेललाई सम्बोधन गर्दै तिनले भने। मोर्चा प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीले आज विपक्षीहरूलाई मनिटरको संज्ञा दिए। ‘ विपक्षी दलहरूले मोर्चाको कार्यक्रमलाई मात्र आलोचना नगरोस्‌। कार्यक्रम छ भने आफ्नो कार्यक्रम गरेर देखाओस्‌। मनिटर जस्तो भएर मोर्चालाई यस्तो भएन उस्तो भएन नभनोस्‌’-डा. छेत्रीले भने।  मोर्चलाई आलोचना गर्ने विपक्षीहरूले आजसम्म तराई-डुवर्सको निम्ति एउटै पनि कायक्रम गर्न नसकेको तिनलेे बताए।
‘गोर्खालीगले यदि मोर्चाको विरोध गर्छ भने 78 सालमा  गोर्खालीग सिद्धार्थ शंकर रायसित ननॉंचेको भए आज माल-मटेली छोडिने थिएन। गोरामुमोले त झनै दागोपापको सम्झौता गर्दा सिलगढी छोडिसकेको छ। जुन सिलगढी अनि तराई-डुवर्सलाई फर्काइल्याउने दिशामा हामीले कार्य गर्न परिरहेको छ।’-डा. छेत्रीले भने। 

0 comments: on "संग्धिग्ध व्यक्तिहरूको चलखेलः मोर्चाले फेरि उठायो प्रसङ्ग"