मुख्य समाचार :


पेसेन्जर उठाउने होडबाजीमा चालक योगोशको हत्या

आरोपी दिनेश पुलिसको पञ्जामाः छोरालाई पनि पक्राउ गर्नुपर्ने माग
कालेबुङ, 25 मार्चः जुस्लो महकुमा समिति अध्यक्ष डीबी प्रधानको ठूलो छोरा 23 वर्षीय चालक योगेश प्रधानको पेसेन्जर उठाउने होडबाजीमा हत्या भयोे। घटना हिजो बेलुकी 6.30 बजीको बताइएको छ। घटना अनुसार मृतक चालक योगेशले आफ्नो भेनमा नोभेल्टीसम्म पसेन्जर पुर्‍याएर फेरि  10 माइल स्ट्याण्डमा वाहन राखेका थिए। त्यसैसमय अर्का चालक अविनाश छेत्रीले योग्शलाई ‘मेरो पेसेन्जर किन लगिस्‌‘ भन्दै दुइ चालकमाझ हातापाइ शुरू भएको बताइएको छ।
त्यसैबेला अविनाशले आफ्नो पितालाई बोलाएर बाऊ छोरा भएर योगेशलाई कुट्‌न शुरू गरेको मतृकमा पिता डीबी प्रधानले आरोप लगाए। ‘त्यसैबेला छोेरा योगेश पनि मकहॉं भागेर आइपुगेका थियो। म पनि भेन  एसोसिएसनको सहल्लाहकार भएको नाताले एसोसिएसनका अध्क्षलाई लिएर घटनास्थलामा पुगें। त्यसैबेला अविनाशको पिताले मेरो छोराको टाउकोमाथि रटले प्रहार गर्‍यो।’-मृतक युवकका पिता प्रधानले भने। प्रधान  स्वयं नै घटनाका प्रत्यक्षदर्शी हुन्‌।
 योगेशलाई छुरी अनि रड बोकेर बाबु-छोराले खेदेको देख्नेहरू पनि थुप्रै रहेको प्रधानले बताए। दिनेशले रटले योगेशलाई टाउकोमा प्रहार गरेपछि त्यसैबेला उनलाई स्थानीय नर्सिङ होममा भर्ना गरिएको थियो भने सही नर्सिङ होममा राती 10.30 बजीतिर योगेशको मृत्यु भएको हो। आरोपी दिनेश छेत्री(51) लाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका दिनेशविरूद्ध आपीसी धारा 304  अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
 घटनाले आज दिनभरि नै कालेबुङमा तनाउग्रस्त स्थिति बनाइरह्यो। महकुमा अस्पलालमा पोष्टरमर्टम गर्न मतृक युवकलाई ल्याएको समय मोर्चा शीर्षस्थ नेतृत्व लगायत जुस्लो सदस्यहरूको व्यापक भीड जमेको थियो। अर्कोतिर, जुस्लो महकुमा समितिले दिनेशका छोरा चालक अविनाश छेत्रीलाई पनि पक्राउ गर्नुपर्ने बताउँदै फेरि थानामा प्राथमिकी दर्ता गरेको छ। घटनालाई सोझो रूपमा हत्या बताइएको भएपनि भोली पोष्टमोर्टम रिपोर्टपछि नै घटनाको रहस्य अझ खोलिने भएको छ।

0 comments: on "पेसेन्जर उठाउने होडबाजीमा चालक योगोशको हत्या"