मुख्य समाचार :


चुनाउ दागोपापाभित्रः मोनिनत नयॉं मौजाबाट

तराई-डुवर्ससित डेलोमा 4 घण्टासम्म बैठक
प्रज्ज्वल छेत्री
कालेबुङ, 27 मार्चः 
मोर्चा नेतृत्व र तराई-डुवर्सका प्रतिनिधिहरूबीच आज कालेबुङको डेलो टुरिष्ट लजमा करीब 4 घण्टासम्म गोप्य बैठक चल्यो।
मोेर्चा नेतृत्वहरू र तराई-डुवर्सका प्रतिनिधिहरू अनि हाइपावर कमिटीका सदस्यहरू बाहेक अन्य कसैलाई पनि बैठकमा बस्ने अनुमति थिएन। मिडियाकर्मीहरू समेतलाई अलग राखेर गरिएको गोप्य बैठकमा भित्री रूपमा के-कस्ता कुरा भए यसको खुलासा पूर्ण रूपमा हुन सकेन।
यद्घपि चार घण्टाको म्यारथन वार्तापछि पत्रकारहरूसित साक्षातकार हुँदै मोर्चा महासचिव रोशन गिरीले 24 मार्च राज्य सरकारसित भएको बैठकबारे वृस्तृत जानकारी तराई-डुवर्सका प्रतिनिधिहरूलाई दिएको बताए।तराई-डुवर्सका मौजा र जीटीए चुनाउबारे सोधिएको प्रश्नको उत्तरमा महासचिव गिरीले दार्जीलिङका तीनवटा महकुमा र 16 वटा मौजालाई नै लिएर जीटीएको चुनाउ हुने स्पष्ट पारे।
 जुन महिनामा हाइपावर कमिटीको रिपोर्ट आउँछ र कमिटीको निर्णय अनुसार जीटीएमा अन्तर्भुक्त भएका अन्य मौजाहरूबाट 5 जना मनोनित सदस्यहरू जीटीएको निम्ति नियुक्ति हुन्छ भन्दै आज यसै विषयमा स्टडी फोरमका सदस्यहरूसित मिलेर तराई-डुवर्सका प्रतिनिधिहरूलाई बुझाइने काम भएको तिनले जनाए।
अर्कोतिर, मोर्चा तराई-डुवर्स कमिटीका अध्यक्ष गणेश आलेले आजको बैठकमा मोर्चा नेतृत्व र राज्य सरकारबीच 24 मार्चमा भएको बैठकको विस्तृत जानकारी आफूहरूलाई प्राप्त भएको बताए। मोर्चा अध्यक्ष विमल गुरुङप्रति तराई-डुवर्सवासीको ठूलो आस्था रहेको बताउँदै आलेले हाइपावर कमिटीको रिपोर्टपछि तराई-डुवर्स क्षेत्र जीटीएमा अन्तर्भुक्त हुने विश्वास व्यक्त गरे। तराई-डुवर्समा जीटीएको विरोधमा जुन प्रदर्शनी भइरहेको छ यसले तराई-डुवर्स जीटीएमा अन्तर्भुक्त हुने कुरामा कुनै वाधा नहुने दावी पनि आलेले गरे। विरोधी शक्तिहरूले जति नै जोड लगाए पनि तिनीहरूको जनशक्ति नरहेको बताउँदै जोन बारला र मोर्चा समर्थकहरू नै तराई-डुवर्समा धेर रहेको तिनले बताए। तराई-डुवर्सलाई लिएर एउटा जोइन्ट एक्सन कमिटी गठन भएको जानकारी पनि तिनले दिए।
 तराई-डुवर्समा के-कस्ता भावी कार्यक्रमहरू गरिने हो यस विषयमा आगामी 29 मार्च को दिन गोरूबथानमा एउटा सभाको आयोजना हुन गइरहेको पनि तिनले जानकारी दिए। उक्त सभामा मोर्चा नेतृत्व, तराई-डुवर्स प्रतिनिधि लगायत आविप नेतृत्व जोन बारला लगायत अन्यको उपस्थिति पनि रहने भएको छ। 

0 comments: on "चुनाउ दागोपापाभित्रः मोनिनत नयॉं मौजाबाट"