मुख्य समाचार :


मल्टिकम्प्लेक्समा मल्टिसमस्या

मनोज वोगटी
कालेबुङ 23 फरवरी।
‘पुर्खाले फॉंडेर आफ्नो सन्ततिको निम्ति बनाइदिएको ठाउँ कसरी मौखिक आश्वासनको भरमा छोड्‌नु!’ मा सन्तोषी टोलका मानिसहरूले यो संवाद पत्रकारहरूलाई त्यतिपल्ट नै सुनाउँछन्‌, जतिपल्ट नोभेल्टी सिमेना घर परिसरमा मल्टिकम्प्लेक्स बनिने हल्लाले जोर पक्रन्छ।

‘जबसम्म उच्च प्रशासनिक अधिकारीबाट हामीलाई यहॉंबाट हटाएर अर्को ठाउँमा यसरी नै व्यवस्थितरुपले राख्ने लिखित आश्वासन दिँदैनन्‌, तबसम्म हामी ठाउँ छोड्‌न सक्दैनौं’- यो संवाद उनीहरूको स्थायी संवाद हो। गोर्खा जनमुक्ति मोर्चाले कालेबुङको नोभेेल्टी सिनेमा घर परिसर वा मा सन्तोषी टोलमा हाइटेक स्ट्याण्ड र मल्टिकम्प्लेक्स बनाउने भएपछि टोलका मानिसहरूको निद्रा हराम भएको छ। किन भने मोर्चाले ठानेको हाइटेक मोटर स्ट्याण्ड र मल्टिकम्प्लेक्स बनिन कतै सम्भाव छ भने मा सन्तोषी टोलका 35 परिवारको घर भत्काएर मात्र सम्भव छ। 35 परिवारलाई मोर्चा पनि उच्छेद गर्न चहॉंदैन तर मोर्चाले टोलबासीलाई केवल मौखिक आश्वासन मात्र दिइरहेकोले समस्या त्यत्तिकै अल्झिएको छ।

टोलबासीको भनाइ स्पष्ट छ, हामीलाई यहॉंबाट हटाउँछ भने, हामीलाई अन्यत्र पुनर्वास गराउनुपर्छ। मोर्चाले पुनर्वास गराउने त भनिरहेको छ तर केवल मुखले। टोलवासी चहान्छन्‌, यसरी मौखिक आश्वासनले चल्दैन। आश्वासन नै दिन्छ भने टोलवासीलाई उच्च प्रशासनिक अधिकारीले लिखितरुपमा दिनुपर्छ- मा सन्तोषी टोलको छिमेकी कल्याण सङ्घका अध्यक्ष प्रवीण मोथेले समस्याको पोको खोले। तिनी अनुसार 35 परिवार यही ठाउँका स्थायी वासिन्दा हुन्‌। सडक छेउमा रहेको यो जमीन वरिपरि विभिन्न व्यवसायका पसलहरू थापेर टोलवासीले जीविकोपार्जन गरिरहेका छन्‌। उनीहरूले टोल छोड्‌नु हो भने सबैभन्दा पहिले उनीहरूले जीविकोपार्जनको आधार निर्धारित हुनुपर्छ। यसको निम्ति मोर्चाले भनेको छ, मल्टिकम्प्लेक्समा नै उनीहरूलाई व्यवसाय गर्ने कोठा दिइने छ।

टोलवासी भन्छन्‌, त्यो कोठा त व्यवसायको निम्ति हो, बस्ने कहॉं? यसै प्रश्नको उत्तर कसैसित छैन। मोर्चासित पनि छैन। यही प्रश्नको जवाब टोलवासीले मोर्चालाई मागिरहेको छ। 21 फरवरीको दिन पनि मोर्चा महकुमा समितिसित टोलवासीले उनीहरूले मागेको उत्तर पाउन सकेनन्‌। उनीहरूको माग अहिले एउटै छ, यदि टोल छोड्‌नु हो भने पुनर्वासको निम्ति उच्चाधिकारीबाट लिखित आश्वासन हुनुपर्छ। किन उनीहरूले यस्तो माग गरिरहेका हुन्‌ भन्ने प्रश्नमा उनीहरूको उत्तर सजिलो छ। उनीहरू अनुसार यसरी उनीहरूलाई उच्छेद गर्ने कोशिष यो मात्र पहिलो होइन। गोरामुमोले पनि यही योजना देखाएर उनीहरूलाई उच्छेद गर्ने कोशिश गरेको हो। गोरामुमो प्रशासनसित मिलेको हुँदा प्रशासनले पनि उच्छेद गर्ने नोटिश टोलवासीलाई दिइएको थियो। नोटिशको जवाब टोलवासीले मुद्दा लडेर दिए।

न्यायलयले उनीहरूको पक्षमा निर्णय गरेपछि गोरामुमोको प्रयास नै थन्को लागेको थियो। अहिले गोजमुमोले त्यही योजना देखाएर अनि प्रशासनिकरुपले पनि नोटिश पठाएर टोलवासीलाई त्यहॉंबाट हट्‌ने अनुरोध गरेपछि पनि टोलवासीले उच्चन्यायलमा मुद्दा नै दर्ता गरेका छन्‌। यो मुद्दा उच्छेदको विरुद्धमा होइन, पुर्खौंदेखि बस्दै आएको जमीनको मालिकाना हक शीघ्र्र नै दिइनुपर्ने सम्बन्धमा।
यता मोर्चा आफ्नो योजनालाई सफल गर्न त चहान्छ तर 35 परिवारको भविष्यको सुरक्षाको ग्यारेन्टी भने दिन सक्दैन। न त उच्चाधिकारीले नै टोलवासीलाई लिखित आश्वासन दिइरहेको छ न त मोर्चाले नै यस दिशामा पहल गर्न सकेको छ। फलस्वरुप समस्याले उग्ररुप लिइरहेको छ। मोर्चा अध्यक्ष विमल गुरूङले दुइपल्ट टोलवासीसित कुराकानी गरिसकेका छन्‌। तिनले पनि सोझै हस्तक्षेप गर्न सकेनन्‌ किन भने केवल टोल खाली गर्नु मात्र होइन टोलवासीको भविष्यको सुनिश्चितीको पनि सवाल यहॉं जोडिएको छ।

विमल गुरूङले टोलवासीसित बसेर समस्या केलाउने जिम्मा मोर्चाको कालेबुङ शाखालाई दिएको छ तर समस्याको समाधानको धागो उच्चाधिकारीसित नै जोडिएकोले महकुमा समिति असाहय बनेको छ। हामीलाई मौखिक होइन, उच्चाधिकारीको लिखित आश्वासन नै चाहिन्छ। किन भने आधिकारिकरुपमा हामीले टोल छोड्‌नुपर्छ भने हामीलाई पुनर्वास गराउने कुरा पनि आधिकारिक हुनुपर्छ। यो टोलवासीको भविष्यको सुरक्षाको सवाल हो-मोथेले भने।

0 comments: on "मल्टिकम्प्लेक्समा मल्टिसमस्या"