मुख्य समाचार :


कालेबुङलाई खतरा उल्टा गिन्ती शुरू

कालेबुङ 22 फरवरी।
‘कालेबुङलाई खतरा छ। भुँइचालोलेे क्षतिग्रस्त पारेको क्षेत्रहरूको मरमत्तिसितै पैह्रो रोकथामको कार्य अहिले नै नभए कालेबुङको आयु 6 महिनामात्र रहन्छ।’-आजभन्दा चार महिनाअघि कालेबुङमा सम्पन्न कार्याशालामा भु-विशेषज्ञहरूको गरेको दावी हो यो।  यसको अर्थ अबको दुइ महिनादेखि कालेबुङले भयावह स्थितिको सामना गर्नपर्ने हुन्छ।
18 सितम्बरको विनाशकारी भुइँचालोको त्रासदी अझपनि पहाडबासीमा आलै रहेको छ।

सिक्किमपछि दार्जीलिङ जिल्लाको कालेबुङको जनजीवनलाई पनि भुँइचालोले तहसनहस बनाइदिएको मर्मस्पर्शी घटना अझपनि कालेबुङबासीले बिर्सन सकेका छैनन्‌। 18 सितम्बरले हरेक पहाडबासीको जनमानसमा गहिरो छाप छोडेको छ। 2007 मा  आएको आइला अनि त्यसपछि थपिएको भुइँचालोले कालेबुङको कुनै यस्तो ठाउँ होला जहॉं नचर्किएको अनि नभत्किएको होस्‌।

 जता-जतै चर्किएको जमिनहरूमा अबको दुइमहिनादेखि शुरू हुने बर्खाको भल पस्दा हुने स्थिति बुझेर नै यसपल्टको वर्खामा कालेबुङ खतरादेखि  बाहिर नरहेको विशेषज्ञहरूले दावी गरेका हुन्‌। वर्खा लाग्ने समय आइसक्दा समेत चर्किएको ठाउँहरूको मरमत्ति नहुनु अनि पैह्रोहरू बाध्ने काम नहुनुले यसपल्टको वर्खाले निक्कै गतिलो  खतरा निम्ताउने विशेषक्षहरूको अनुमान छ। नगरको झोडाहरू मैलाले बन्द हुनु अनि पानी बग्ने नालीमा पाइपहरू बग्नुले पनि वर्खामा आइपर्ने खतरालाई अझ सहयोग पुर्‍याइरहेको छ। कालेबुङ नगर लगायत सुदुरवर्ती क्षेत्रहरूका भुइँचालो पीडितहरू आजसम्म पनि पीडित अवस्थामा नै रहेका छन्‌।

भुइँचालोले भत्काएको केही घरहरूको आंशिक क्षतिपूर्ति भएपनि पैह्रो रोकथामको निम्ति  विभागीय चासो उति नदेखिनु पनि खतराको अर्को सङ्‌केत मानिएको छ। यसैले समयमै सावधानी अप्नाएर वर्खालाग्न अघि नै नाली, झोडाहरूको मरमत्ति, भुइँचालोले चर्काएर पैह्रो निम्ताउन खोजिरहेको स्थानहरूको रोकथामसितै, विभागीय चासो नबढेर पक्कै पनि कालेबुङमा अहिलेदिखिनै खतरका निम्ति उल्टा गिन्ती शुरू भएको विशेषज्ञहरू बताउँदैछन्‌।

0 comments: on "कालेबुङलाई खतरा उल्टा गिन्ती शुरू"