मुख्य समाचार :


टास्क फोर्समा दिलकुमारी भण्डारी किन छैनन्‌?-दिलिप प्रधान

कालेबुङ, 15 फरवरी।
अचानक गोर्खाल्याण्ड टास्क फोर्समा हिल कंग्रेस नरहेको कुरा हिल कंग्रेसले स्पष्ट पारिरहेको छ।‌
जब कि गोर्खाल्याण्ड टास्क फोर्सले फोर्समा हिल भाजपा र हिल कंग्रेस पनि साथ रहेको कुरा गरिरहेको थियो।
यस सम्बन्धमा हिल कंग्रेसका दिलिप प्रधानसित जान्न चहॉंदा तिनले भने, कुनै पनि संस्थामा रहने नरहने कुराको निर्णय हिल कंग्रेसको कुनै पनि व्यक्तिले गर्न सक्दैनन्‌। यसको निम्ति जिल्ला समितिले निर्णय गर्छ। अहिलेसम्म गोर्खाल्याण्ड टास्क फोर्समा बस्ने कुरालाई लिएर जिल्ला समितिले निर्णय गरेको छैन।

तिनले उसो भए किन कंग्रेस टास्क फोसर्र्मा बस्न रुची नदेखाएको हो भन्ने प्रश्नको उत्तरमा सोझै भने, हामीलाई गोर्खाल्याण्ड टास्क फोर्सका नेतृत्वहरूमाथि पूर्णरुपले विस्वास छैन। किन भागोपले यो पहल गर्न सक्दैन? जबकि भागोपको मूल मुद्दा नै गोर्खाल्याण्ड हो।
गोर्खाल्याण्ड टास्क फोर्स नै गठन गर्ने हो र यसले आन्दोलन गर्ने हो भने यसमा दिलकुमारी भण्डारी जस्ता व्यक्ति किन छैनन? तिनले बताए अनुसार दिलकमारी भण्डारी गोर्खाल्याण्ड टास्क फोर्समा हुनु हो भने कुनै पनि दललाई यसमा सामेल हुनको निम्ति अपील गरिरहनु पर्दैन।

किन भने भण्डारीको इमान्दारिता छर्लङ्ग छ। तिनले भाषालाई मान्यता दिलाउनको निम्ति जुन कार्य गरेका छन्‌ त्यसलाई हेरेर नै भन्न सकिन्छ कि तिनको नेतृत्वमा हुने काम प्रभावकारी हुन्छ। तिनले अझ बताए अनुसार दिलकुमारी भण्डारीले गोर्खाल्याण्ड टास्क फोर्सलाई नेतृत्व गरेको हुनु हो भने हिल कंग्रेसले फोर्समा बस्ने कुरामा विचार गर्न सक्थ्यो किन भने तिनको कार्यशैली र व्यक्ति नै प्रभावशाली छ। तिनले आह्वान गरेेको खण्डमा कसैले पनि नकार्न सक्दैनन्‌। तर गोर्खाल्याण्ड टास्क फोेर्समा छैनन्‌। तिनले भने, तिनी किन छैनन्‌? जब कि भाषाले मान्यता पाए जस्तै रणनीति निर्माण गरेर छुट्टै राज्यको निम्ति दवाब गर्न सकिन्छ।

अर्कोतिर तिनले गोर्खाल्याण्डको विकल्प केवल गोर्खाल्याण्ड रहेको बताउँदै भने, यदि यस्तो परिस्थिति भयो कि छुट्टै राज्य हुन सक्दैन यसबेला भने छुट्टै राज्यको विकल्प केवल युनियन टेरिटोरी हुनसक्छ। हिल कंग्रेसले त्यही कुरा बुझेर नै यदि छुट्टै राज्य हुँदैन भने युनियन टेरिटोरी हुनुपर्छ भन्ने माग गरिरहेको छ। तर पहाडको जनतालाई युनियन टेरिटोरी भन्दा पनि ठूलो कुरा जीटीए मान्यो। जीटीएको निम्ति जनताले भोट दियो युनियन टेरिटोरीको निम्ति दिएन। तिनी अनुसार पहाडमा राजनैतिक एकता नरहेकोले पनि मुद्दा प्रभावकारीरुपले प्रस्तुत हुन पाइरहेको छैन। मुद्दाको उठान गनहरू आफै पनि मुद्दाबारे साह्रै स्पष्ट नरहेको देखिएको छ। यस्तोमा टास्क फोर्समा रहने नरहने कुरा उति गम्भीर होइन। तिनले भने, दिल कुमारी भण्डारी टोस्क फोर्सको नेतृत्वमा हुनु हो भने हिल कंग्रेस फोर्समा सामेल हुन सक्थ्यो।


पत्रकार सुरक्षित छैनन्‌ भने च्यानल बन्द नै होस्
कालेबुङ, 15 फरवरी।
हिल कंग्रेसका सचिव दिलिप प्रधानले कालेबुङमा पत्रकारहरू असुरक्षित हुनु गणतन्त्रको निम्ति सबैभन्दा ठूलो खतरा रहेको बताएका छन्‌। तिनी अनुसार केही दिनदेखि हठात कालेबुङमा पत्रकारहरूलाई विभिन्न किसिमले दवाब दिने कार्य भइरहेको छ। जनसरोकारको विषयमा प्रसारण गर्ने पॉंचवटा च्यानल बन्द हुनु पनि गणतन्त्रको निम्ति नै खतरा हो। तिनले भने, यदि पत्रकारहरू असुरक्षित छन्‌ भने च्यानल बन्द नै होस्‌। यदि च्यानल प्रसारण हुन्छ भने केबल मालिकसहित जुन राजनैतिक दलबाट खतरा भइरहेको छ, त्यो दल अनि प्रशासनले पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी दिनुपर्छ। सुरक्षित छैन भनेर जान्दाजान्दै पत्रकारहरूले खुलेर आफ्नो धर्म निभाउन सक्दैनन्‌।

 एकाएक पत्रकारहरुले असुक्षित अनुभव गर्नु अनि असुरक्षाको कारण च्यानल हुनु पनि गम्भीर कुरा हो। च्यानल प्रसारण नै भए पनि पत्रकारहरू असुरक्षित रहने हो भने, उनीहरूलाई राजनैतिक दवाब भइरहने हो भने त्यो च्यानल प्रसारण गर्नुको अर्थ रहँदैन। पत्रकार नै सुरक्षित छैन भने समाज कसरी सुरक्षित हुन सक्छ। किन भने पत्रकारहरूले जन सरोकारको कुरा गर्छन्‌। समाज निर्माणको कुरा गर्छन्‌, जानकारी, सूचना र विचार निर्माण गर्ने काम गर्छन्‌। उनीहरू नै असुरक्षित छ छन्‌ भने समाज नै असुरक्षित हुनेछ। स्मरणीय छ, अहिले कालेबुङका पॉंचवटा च्यानल बन्द छ।

 बन्दको कारण राजनैतिक हस्तक्षेप रहेको मालिकपक्षले बताएको छ। मुख्य गरेर विमल गुरूङले मुद्दा हाल्ने कुरा उठाएपछि नै मालिकहरूले जिउ जोगाउन च्यानल बन्द गरेको थियो। मालिकपक्षको सही निर्णय नरहेको खण्डमा केवल मोर्चाले मात्र होइन अन्य दलले पनि मालिकपक्षलाई मुद्दा हाल्ने कुरा अघि आइरहेको छ। अर्कोतिर विमल गुरूङले विपक्षको समाचार नलेख्ने अनि लेखेेमा 86 मा पत्रकारको हत्या भएको घटना स्मरण गर्नुपर्ने बताएकोले पत्रकारहरूले असुक्षित अनुभव गरिरहेका छन्‌। पत्रकारहरूमाथिको हस्तक्षेपको कारण नागरिक समाज नै आक्रोसित बन्दै गइरहेको छ। च्यानल बन्द र पत्रकारहरूको असुरक्षाको विरोधमा नागरिक समाजले कुनै पहल गर्न सकेको छैन यसको कारण पत्रकारहरूको संस्थाले नै ठोस पहल नगरेकोले हुनसक्ने अनुमान गरिएको छ।

0 comments: on "टास्क फोर्समा दिलकुमारी भण्डारी किन छैनन्‌?-दिलिप प्रधान"