मुख्य समाचार :


विमल गुरूङको आरोप बिनाशकाले विपरित बुद्धि-प्रधान

कालेबुङ, 6 फरवरी।
गोजमुमो प्रमुख बिमल गुरूङले गोर्खाल्याण्ड टास्क फोर्सलाई लगाएको आरोप विनाशकाले विपरित बुद्धि रहेको टास्क फोर्सका प्रमुख डा. एनोसदास प्रधानले बताएका छन्‌।

बिमल गुरूङले हिजो दार्जीलिङ अनि आज कालेबुङबाट टास्क फोर्सले अन्डरग्राउण्ड ट्रेनिङ गरिरहेको आरोप लगाएका थिए। तर के को ट्रेनिङ हो, त्यो भने बताएका थिएनन्‌। बिमल गुरूङको भनाइको आशय अनुसार टास्क फोर्सले अस्त्रको ट्रेनिङ गरिरहेको छ। किन भने आज कालेबुङमा आएर बिमल गुरूङले कालेबुङमा 15-20 आओवादी पसेको किटान पनि गरेका छन्‌। यसमा पनि टास्क फोर्सलाई नै संकेत गरेको भन्ने आशय विमल गुरूङले व्यक्त गरेका छन्‌।

यता डा. एनोसदासले विमलको आरोपलाई दुइवटा वर्गमा बॉंडेका छन्‌। तिनी अनुसार कित अल्पबुद्धि भयङ्‌करीको नमूना हो कि त मोर्चाको अन्त आइरहेको समयमा विनाशकाले विपरित बुद्धि हो। तर विमलको यसप्रकारको आरोपले टास्क फोर्सलाई कुनै फरक नपर्ने तिनले बताए। तिनले भने, हामीलाई अझ खुशी लागेको छ कि वास्तवमा टास्क फोर्सले गरेको राष्ट्रिय पहलको असर पहाडमा व्यापक भइसकेको रहेछ। यसको प्रमाण विमल गुरूङले दिए। बरु तिनलाई धन्यवाद दिन्छौं। तिनले अझ भने, टास्क फोर्स कुनै अस्त्र खेलाउनेहरूको जमात होइन। कलम खेलाउनेहरूको जमात हो। बुद्धिजीवी र सचेतहरूको जमात हो। यस्तो जमातलाई यसप्रकारको आरोप लगाएर विमल गुरूङले आफ्नै स्तर सबैलाई देखाएका छन्‌। यस्तो आधारहीन वक्तव्य आउनुले तिनी आक्रान्त रहेको बुझिन्छ। यद्धपि टास्क फोर्सले मोर्चाको विरोध गरेको छैन अनि गर्दैन पनि। तिनी अनुसार टास्क फोर्स भत्काउने होइन मिलाउने शक्ति हो। यसै कारण नै मोर्चालाई टास्क फोर्समा आउनको निम्ति दुइपल्ट निम्तो गरिसकेको हो। अझ पनि गरिरहेको छ। तिनले भने, मोर्चाले जीटीए त्यागेर टास्क फोर्समा आए अझ पनि ढोका खुल्ला राखेका छौं।

टास्क फोर्स खुल्ला किताब हो, जसले पनि पढ्‌न सक्छन्‌। तिनले अझ भने, छुट्टै राज्यको निम्ति सर्वदलीय एकता चाहिन्छ। छुट्टै राज्य चाहिँदैन भने त्यो एकताको विरोध हुन्छ। अहिले टास्क फोर्समा सबै आएर राष्ट्रियस्तरमा कार्यक्रम गरिरहेका छौं। छुट्टै राज्यको आन्दोलन गर्नेले गोप्य ट्रेनिङ गर्नुपर्दैन। हाम्रो ट्रेनिङ भनेको नै राष्ट्रियस्तरमा जीटीए गोर्खाहरूको समस्याको समाधान होइन, छुट्टै राज्य नै समाधान हो भन्ने हो। डा. प्रधानले फोर्सले गोजमुमोको विरोध कहिल्यै नगरेको भन्दै यसप्रकारको टिप्पणीले फोर्सलाई राष्ट्रियस्तरमा कार्य गर्न बल मिलेको बताए। तिनले भने, हामीले गरेको कामको असर पहाडमा पर्दैरहेछ भन्ने प्रमाण यसरी आधारहिन आरोपहरूले दिन्छ।

डा. प्रधानले स्पष्टै पारे, जीटीए नै गोर्खाहरूको समस्याको समाधान हो भनेर बुझाइएको छ। हामीले राष्ट्रियस्तरमा नै ‘होइन’ भनिरहेका छौं। विस्तारै छुट्टै राज्यको निम्ति राष्ट्रियस्तरमा नै सचेतहरूको जमात एक भइरहेको छ। यस्तोमा हाम्रो कार्य कस्तो हुँदैछ भनेर समीक्षा हुनुपर्छ। विमल गुरूङको आधारहीन टिप्पणी हाम्रो राम्रो कामको समीक्षा हो। तिनले टास्क फोर्सले आफ्नो काम अझ गर्दै जाने अनि जनताले बुझ्दै जाने पनि बताएका छन्‌।

1 comments: on "विमल गुरूङको आरोप बिनाशकाले विपरित बुद्धि-प्रधान"

khadka ds said...

It is a very bold and appropriate statement made by our working presdident of BGP.Nothing less than GL is the demand of whole of Indian gorkha.Bimal gurung must understand this and join BGP in furthering our goal.