मुख्य समाचार :


भजन गाउँदै विमल

गोरुबथान,९ फरवरी|
छत्र सुब्बाको प्रतिक्रियाले चुर बनेका गोजमुमो अध्यक्ष विमल गुरूङ विभिन्न क्रियाप्रतिक्रियाबाट टाडो बन्दै गोरुबथानमा सम्पन्न पुराणमा सहभागी बने| तिनले पुराणमा लगभग एक घण्टा भजन कार्यक्रममा सामेल बनेर भजन गाए| यस क्षण तिनी प्रसन्न थिए किन भने पुराण मोर्चाको आन्दोलनकालमा बनेका शहीदहरूको आत्मशान्तिको निम्ति मिशनहिल युवा मोर्चाले सम्पन्न गरेको थियो|


प्रमीला शर्मा, अकबर लामा अनि सिब्सुका शहीद निता खवास, विमला राई अनि विकि लामाको आत्मशान्तिको निम्ति राखिएको पुराणमा विमल गुरूङले पनि प्रार्थना गरे| तिनले आत्मशान्तिको निम्ति पूजा पनि गरे| मिशनहिल खेल मैदानमा ६ फरवरीदेखि नै यो पुराण सम्पन्न भइरहेको छ| विमल गुरूङ सिब्सुमा शहीद श्रद्धाजली कार्यक्रमसकेर गोरुबथान पुगेका थिए| त्यहॉं तिनले कुनै पनि विषयमा प्रतिक्रिया जनाएनन्| तिनी सबै वादविबादबाट अलग बस्न चहान्थे| यसकारण तिनले पुराणमा भक्तिभावसित एकघण्टा विताए| अन्य भक्तहरू सरह भक्त दिर्घामा बसेर तिनले आफ्नो भक्ति प्रकट गरे|

0 comments: on "भजन गाउँदै विमल"