मुख्य समाचार :


च्यानल बन्दको घटनासित मोर्चाको सम्बन्ध छैन-विनय

कालेबुङ,10 फरवरी:
यता विमल गुरूङले च्यानलहरूलाई मुद्दा हाल्ने घोषणा गर्नु, सिब्सुमा च्यानल बन्द गर्ने धम्की दिनु अनि सोही बेलुकीदेखि च्यानलहरू बन्द गर्नुले र्‍याइमा ठ्याईं मलेको भए पनि मोर्चाले च्यानल बन्द गरेको स्वीकार भने गरेको छैन।
कालेबुङ आइपुगेका मोर्चा सहसचिव विनय तामङले आज च्यानलहरू बन्द भएको घटनासित मोर्चाको कुनै सम्बन्ध नरहेको बताएका छन्‌। तिनी अनुसार च्यानल बन्द गर्न अघि अनि बन्द गरेर मालिक पक्षले पार्टीलाई कुनै सूचना गरेन। यद्धपि मोर्चाले च्यानल बन्द भएको सम्बन्धमा खोजिनिति शुरु गरेको पनि तामङले बताएका छन्‌।

मालिकपक्षले किन च्यानल बन्द गरे मोर्चालाई थाहा छैन। तामङ अनुसार विमल गुरूङले च्यानल बन्द गर्नुपर्छ भनेर भनेका छैनन्‌। यता हिजो केबल अपरेटर ओङ्‌कार सैनीले भने कार्यालय भत्काइदिने खबर आएको अनि विमल गुरूङ च्यानलहरूसित रुष्ट बनेकोले आफ्नो व्यवसाय चौपट हुने भयले बन्द गरेको जनाइसकेका छन्‌। विनय तामङले भने, विमल गुरूङले च्यानलमा प्रसारण हुने समाचारहरुमा अन्य राजनैतिक दलका नेताहरुले निकृष्ट भाषाका प्रयोग गरेको सन्दर्भमा च्यानललाई मुद्दा हलिदिने कुरा गेका हुन्‌। मोर्चा सहसचिव विनय तामङले पनि स्वीकार गरे कि गणतन्त्रमा सबैलाई बोल्ने अधिकार छ ।

तिनले भने, अधिकार छ भन्दैमा कुनै पनि व्यक्ति विशेषलाई निकृष्ट भाषाको प्रयोग गर्छ भने त्यसमा हाम्रो आपत्ति छ। विनय तामङको कुराको आशय अनुसार विमल गुरूङ विपक्षका निकृष्ट भाषामा बोल्ने नेताहरूसित रिसाएका हुन्‌। तर च्यानलहरूसित होइन। यसो हो भने पनि बोल्नेलाई नै मुद्दा हाल्नु पर्ने हो तर च्यानलको नामसमेत अघि आएकोले अझ पनि वास्तविकता छर्लङ्ग भने बनेको छैन। च्यानल बन्द गरेको कारण केबल मालिकलाई नै थाहा हुनसक्ने पनि तिनले बताएका छन्‌। च्यानल बन्द गर्नमा पार्टीको दवाब नभएको हो भने केबल अपरेटरले च्यानलहरूबाट पैसा असुल्नको निम्ति नै यस्तो कदम उठाएको हो त भन्ने प्रश्न उठेको छ।

किन भने केही महिना अघि केबल अपरेटरबाट कार्यक्रम प्रसारण गरेको पैसा तिर्नुपर्ने दवाब च्यानलवालाहरूलाई दिइएको थियो। त्यसबेला केबलपक्षले भनेको जस्तो पैसा दिने नभएर पैसा दिने कुरामा सम्झौता भएको थियो। यता विनय तामङले बिपक्षका नेताहरुमाथि अनेकौ वाक प्रहार गर्नु राजनैतिक धर्म रहेको बताए। तर वाक प्रहारलाई च्यानलबाट प्रसारण गर्नु भने सही नरहेको तिनले बताए। जब कि मोर्चाले प्रहार गरेको कुरा भने ती नै च्यानलहरूले देखाइरहेको थियो।

च्यानल बन्दमा नागरिक अधिकार मञ्चको आपत्ति

कालेबुङ, 10 फरवरी।
कालेबुङमा राजनैतिक दवाबमा पॉंचवटा च्यानल बन्द भएकोमा कालेबुङको नागरिक अधिकार मञ्चले पनि आपत्ति जनाएको छ। यसै सम्बन्धमा मञ्चको कोर कमिटीको बैठक भएको थियो। कमिटीका सचिव पी.के, प्रधानले क्याबल मालिक पक्षले समाचार हेर्ने जनसाधरण अनि समाचार च्यानल चलाउँनेहरुलाई कुनै सूचना नदिई समाचार बन्द गर्नु दर्शकको अधिकार हनन्‌ हुनु रहेको बताएका छन्‌।

पैसा तिरेर लोकल समाचार हेर्नेहरूलाई बन्द गर्न अघि केबल अपरेटर पक्षले सूचना जारी गर्नु पर्ने भए पनि यसो नगरेकोमा आपत्ति जनाइएको छ।तिनले भने, बिना सूचना कसरी मालिक पक्षले च्यानलहरू बन्द गरे? बिना सूचना समाचार प्रशारणमा रोक लगाउँनु नागरिक खोसिनु हो। तिनले मालिकपक्षले यसरी अधिकार खोस्नु उचित नरहेको बताउँदै यस्तो पदक्षेपमाथि मञ्चको कठोर भर्त्सना रहेको जनाए।

0 comments: on "च्यानल बन्दको घटनासित मोर्चाको सम्बन्ध छैन-विनय"