मुख्य समाचार :


विजय छेत्री मोर्चामा सामेल

कालेबुङ,17 फरवरी।
छत्र सुब्बासित नै जेलबास गर्ने तिनका सहयोगीहरूले छत्रको साथ छोड्‌दै छन्‌।

आज जीएलओ प्रमुख छत्र सुब्बासितै बन्दी जीवन बिताएर फर्केका कालेबुङका विजय छेत्री अन्तमा गोर्खा जनमुक्ति मोर्चामा सामेल भए। सशस्त्र आन्दोलनमा आफ्नो विश्वास हराइसकेको बताउँदै गणतान्त्रिक आन्दोलनमा नै होमिन चाहँने छेत्रीले अबउसो विमल गरुङको कुशल नेतृत्वमा नै आन्दोलन गर्ने विचार पोखे। गोर्खाल्याण्डका एक सॉंचो योद्धाको रूपमा परिचित विजय छेत्री मोर्चामा सामेल बनेपछि मोर्चाले छेत्रीलाई पार्टीमा सह्रदय स्वागत जनाएको छ। कालेबुङ महकुमा समितिका सचिव निमा तमाङले आज छेत्रीलाई खदा अर्पण गरी पार्टीमा स्वागत जनाए। 

0 comments: on "विजय छेत्री मोर्चामा सामेल"