मुख्य समाचार :


269 एडहक शिक्षक स्थायीकरणको प्रक्रियामा

प्रज्ज्वल छेत्री
कालेबुङ,17 फरवरी।
शिक्षा विभाग, दागोपाप, अनि स्कूल प्रतिनिधिहरूबीच जनवरीमा कोलकातामा बसेको बैठकअवधी 269 जना एडहक शिक्षकहरूको स्थायीकरण प्रक्रिया चॉंडै शुरू हुने बताइएकोे थियो।
सरकारी मान्यता प्राप्त विद्यालयहरूमा कार्यरत 241 अनि सरकारी विद्यालयहरूमा कार्यरत 45 गरी मोठ 269 जना शिक्षकहरूलाई स्थायीकरण गरिने भएपछि हाल डीआई कार्यालयमा यी शिक्षकहरूले आफ्नो कागजपत्र धमाधम बुझाइरहेका छन्‌। पहिले चरणमा यी 269 जना शिक्षकहरूलाई स्थायीकरण गरेपछि 31 वटा दागोपापद्वार मान्यताप्राप्त कार्यरत 145 जना एडहक शिक्षकलाई पनि यथाशीघ्र स्थायीकरण गरिने भएको एडुकेशन मोनिटेरिङ सेलका मूल संयोजक छिरिङ तामाङले बताए। तिनीअनुसार अहिले 269 जना एडहक शिक्षकहरूले कागजपत्र सठिक ढङ्गमा बुझाएपछि दागोपापले वोर्ड अफ एडमिनिष्ट्रेशनको प्रस्ताव पश्चिम बङ्गाल शिक्षा विभागसमक्ष पुगेपछि नै सरकारी पहल हुनेछ।

269 जना एडहक शिक्षकहरूलाई स्थायीकरण गरिने पश्चिम बङ्गाल शिक्षा विभागले वचन दिएको भएपनि यसलाई कार्यन्वय गर्ने हो होइन हेर्नपर्ने विषय रहेको छिरिङ तामाङले बताए। यी जम्मै एडहक शिक्षकहरूको स्थायीकरणपछि नै दोस्रो चरणमा स्वयंसेवी शिक्षकहरूको स्थायीकरणको प्रक्रिया अघि बढ्‌ने तय भएको पनि तिनले जनाए। दागोपापको शासनकालअवधी दार्जीलिङ पहाडको शिक्षा डामाडोल भएको आरोप लगाउँदै तामाङले भने, वामफ्रण्टको 34 वर्षे शासन अनि गोरामुमोको 22 वर्षे शासनकालअवधी दार्जीलिङ पहाडको शिक्षालाई पटक्क ध्यान दिइएन।

त्यसबेला सही ढङ्गमा शिक्षक नियुक्ति नभएकै कारण भारतवर्षभित्रमा नै नभएको शिक्षक नियुक्तिमाथिको झमेला गोरामुमो अनि वामफ्रण्टको कारण अहिले दार्जीलिङमा भएको छ।। जिल्लाभरिमा 55 वटा मान्यता नपाएका स्कूलहरूलाई पनि मान्यता दिलाउनुपर्ने दिशामा हामी पहल गरिरहेका छौं। तिनीअनुसार यदि 55 वटा स्कूलहरूले मान्यता पाए अनि नयॉं स्कूलहरूको निर्माणसितै 35 जना विद्यार्थी भएको स्कूलमा एक शिक्षक हुनुपर्ने नियमअन्तर्गत दार्जीलिङ पहाडमा अझ थप 800 भन्दा अधिक नयॉं पद्हरू सृजना हुनेछ। जसअन्तर्गत एडहक भोलन्टियर बाहेक पनि अन्य शिक्षित बेरोजगारहरूले नोकरी पाउन सक्ने तामङले बताए।

भेकेन्ट पोस्ट हुने अनि नहुने एडहक शिक्षकहरूलाई पनि पहिलो चरणमा नै सहजै स्थायीकरण गरी रिक्त पदहरूमा नियुक्ति गर्नसकिने तामाङले जनाए।

0 comments: on "269 एडहक शिक्षक स्थायीकरणको प्रक्रियामा"