मुख्य समाचार :


सिञ्चाई-लघु उद्योग मन्त्री मानस भुइँया कालेबुङ आउने

आन्दोलनकालमा प्रभावित कृषकको ऋण-व्याज माफी हुनुपर्ने माग
मनोज वोगटी
कोलकाता,5 फरवरी।
सिञ्चाई-लघु उद्योग मन्त्री मानस भुइँया आधिकारिक भ्र्रमणको निम्ति कालेबुङ आउने भएका छन्‌। तिनी दार्जीलिङ जिल्लाका कृषकहरूलाई भेेट्‌न कालेबुङ आउने छन्‌।
राइटर्समा तिनीसित भएको कुराकानी अनुसार तिनी कालेबुङमा कृषकीय सम्बन्धमा आइरहेका छन्‌। तिनले बताए अनुसार यसै महिनाको दोस्रो सातामा तिनी कालेबुङ आइपुग्ने छन्‌। तिनले यस अवधीमा कालेबुङमा भइरहेको रेशम खेतीको पनि निरीक्षण गर्ने छन्‌।  दार्जीलिङका कृषकहरूको महासङ्घसित तिनले राइटर्समा कुराकानी गर्दै जिल्लाका कृषकहरूबारे सोधपुछ गरे। तिनले भने, कालेबुङ सबै क्षेत्रमा अघि छ। यहॉंका मानिसहरू अन्य क्षेत्रका भन्दा हजार गुणा सचेत छन्‌। यसैकारण म कालेबुङ आइरहेको छु। म जिल्लाका कृषकहरूसित भेटघाट गर्न चहान्छु। यसा अवसरमा महासङ्घ प्रतिनिधि विष्णु छेत्रीले मन्त्रीसित दार्जीलिङका कषकहरूको अवस्था सोंचनीय रहेको अवगत गराए।

जिल्लामा भइरहेको चालीसवटा कुटिर उद्योग आन्दोलनले प्रभावित भएकोले कृषकहरूले सरकारबाट लिएको ऋणसमेत फर्काउन नसकिरहेको जनाए। महासङ्घले तिनलाई आन्दोलनकालमा प्रभावित कृषकहरूले लिएको ऋणको व्याज माफी गरिनुपर्ने माग गरेको छ। कुनै पनि परिस्थिति होस्‌ कृषकहरूले नै जिल्लामा नोक्सानी भुक्तान गर्नुपर्ने परिस्थिति रहेको मन्त्रीसित कुरा गर्दा भुइयॉंले आफूलाई जिल्लाका कृषकहरूले भोग्नु परेको पीरमर्का अवगत रहेको बताए।

जिल्लाका कृषकहरुले ब्याङ्‌कबाट कुटिर उद्योेगको निम्ति ऋण लिएका छन्‌। तर आन्दोलनले ती उद्योगहरूलाई पूर्णरुपले प्रभावित पार्‍यो। तर ती प्रभावित कृषकहरूको समस्या भने कसैले बुझेनन्‌। जिल्लाका कृषकहरूको अवस्था कस्तो छ भन्ने कुरा बुझ्न नसक्ने राजनैतिक दलहरूले परिणामहिन आन्दोलन गर्दा कृषकहरूलाई व्यापक नोक्सान हुने गरेको छ। यसपल्ट 2007 देखि 2011 जुलाईसम्म नै चालीसवटा कुटिर उद्योेग गर्ने कृषकहरूले ब्याङ्‌कबाट लिएको ऋण तिर्न सकेनन्‌। किन भने उनीहरूले आफ्नो उद्योगलाई वढोत्तरी गर्न सकेनन्‌ न त उत्पादनलाई असल बजारसम्म नै लैजान सके। यसो हुँदा उनीहरू ऋणमा डुबेका छन्‌।

ती नै कृषकहरूको परिस्थितिलाई ध्यानमा राख्दै मन्त्री भुइयॉंसित महासङ्घले ऋण माफी हुन नसकेपनि व्याज माफी हुनुपर्ने माग गरेको छ। मानस भुइयॉंलाई 2011 को अक्टोबरमा पनि महासङ्घले सिलगढीमा यसैबारेमा ज्ञापन चढाएको थियो। भुइयॉंले तत्कालै राज्यको वित्तिय सचिवसित फोन गरेर दार्जीलिङ जिल्लाका कृषकहरूको अवस्था गम्भीर रहेको अनि महासङ्घको मागलाई गम्भीरतापूर्णक लिइदिने अनुरोध गरे। यता महासङ्घका प्रतिनिधिहरूले पनि वित्तिय सचिवसित भेटघाट गरेर ज्ञापन दिएको छ। सिञ्चाई-लघु उद्योग मन्त्री मानस भुइयॉं अनि वित्तिय सचिवले महासङ्घलाई लघु उद्योग गर्ने कृषकहरूको सम्पूर्ण रिपोर्ट पेश गर्ने अनुरोध गरेका छन्‌।


उनीहरूले यसै रिपोर्टको आधारमा शीघ्र नै यसबारे पहल गर्ने पनि बताए। पहाडको नगद फसल रहेको रेशम खेतीलाई विस्तार गर्न एउटा अनुसन्धान केन्द्र कालेबुङमा रहेको छ। कालेबुङबाट उत्पादित रेशमको गुणुस्तरीयतालाई मन्त्री भुइँयाले पनि सकारेका छन्‌। महासङ्घले यस खेतीलाई अझ विकसित गरिनुपर्ने माग पनि राख्यो। महासङ्घले हरेक खण्डमा यस खेतीको निम्ति मोडल स्कीम, प्रशिक्षण केन्द्र, उचित बजार व्यवस्थापन अनि लिलामी केन्द्रको स्थापना हुनुपर्ने माग गरेको छ। यसप्रति मन्त्रीले निक्कै गम्भीरता देखाएका छन्‌। यसैको निम्ति पनि तिनले कालेबुङ आउने बताएका छन्‌। मन्त्री भुइयॉंले सरकार कालेबुङमा हुने रेशन खेतीलाई लिएर गम्भीर रहेको बताउँदै यसैको निम्ति विभागीय विमर्ष अनि कृषकहरूसित भेटघाट गर्न कालेबुङ आउने बताएका छन्‌।

0 comments: on "सिञ्चाई-लघु उद्योग मन्त्री मानस भुइँया कालेबुङ आउने"