मुख्य समाचार :


कृषि मन्त्री शरद पावर दार्जीलिङ आउन सक्ने

दार्जीलिङमा जैविक कृषि मेला

समय संवाददाता
दिल्ली, 30 जनवरी:
कालेबुङ कृषक कल्याण सङ्गठनले जिल्लाभरिका कृषकहरूलाई लिएर शीघ्र नै जैविक कृषि मेला गरिने तम्तयार गरिरहेको छ। दिल्लीमा कृषि मन्त्री शरद पावरलाई यसको निम्ति निम्तो गरिएको छ। थाहा लागे अनुसार मन्त्री पावर मुख्य अतिथिकोरुपमा दार्जीलिङ आउनेछन्‌। सङ्गठनका महासचिव विष्णु छेत्रीले बताए अनुसार यो मेला दार्जीलिङमा हुने राजनैतिक प्रेरित र स्वार्थ प्रेरित मेला जस्तो होइन। दार्जीलिङ जिल्लाका किनारीकृत कृषकहरूको समस्या देखाउन मात्र होइन दार्जीलिङ जिल्ला कृषिको क्षेत्रमा देशकै मोडल बन्न सक्ने सम्भावनालाई केन्द्र गर्दै यो मेला हुनेछ। छेत्रीले भने, जिल्लाका कृषकहरूको समस्या एकातिर छ, अर्कोतिर मेला गर्ने, नाचगान गर्ने र भ्रष्टचार छोप्ने खेल मात्र हुने गरेको छ। स्वार्थ राखेर गरिने कुनै पनि मेलाले कृषकहरूको भलो भएको छैन, किन भने कृषकहरूलाई लाभ हुने कुनै पनि कार्य ती मेलाहरूले गरिरहेको छैन। दार्जीलिङ जिल्लालाई जैविक जिल्लाकोरुपमा सङ्गठनले स्थापित गर्न चहान्छ, यसकारण जैविक शक्तिको प्रदर्शन गरिन अनिवार्य छ। शरद पावरसित मेलालाई राष्ट्रियस्तरमा आयोजना गर्ने प्रसात्व गरिएको छ। जैिविक मेलाको उद्देश्य कृषकहरूको कृषि क्षमतामा वृद्धि गर्नु, राष्ट्रिय अन्तरराष्ट्रिय खेती सङ्गठनहरूमा कृषकहरूलाई संलग्न गराउन, तक्निक हस्तान्तरण गर्न अनि सही बजार व्यवस्थापन गर्न रहेको पनि छेत्रीले बताएका छन्‌।

0 comments: on "कृषि मन्त्री शरद पावर दार्जीलिङ आउन सक्ने"