मुख्य समाचार :


डा. मणिकुमार छेत्रीको पक्राउलाई लिएर व्यापक विरोध

कालेबुङ, 30 जनवरी:
आम्री अस्पताल अग्निकाण्डलाई केन्द्र गर्दै प्रायः एक महिनापछि डा. मणिकुमार छेत्रीको पक्राउलाई लिएर पहाडमा व्यापक असन्तुष्टि अघि आउन थालेको छ। पद्मभुषण जस्तो गरिमामय राष्ट्रिय पुरस्कारले सम्मानित डा.छेत्रीको पक्राउमा विभिन्न राजनैतिक दलहरूसितै अराजनैतिक सङ्घ-सङ्घठनहरूले पनि विरोध जनाएको छ। आज पहाडकै शक्तिशाली मानिने राजनैतिक दल गोर्खा जनमुक्ति मोर्चा कालेबुङ शाखाले एक पत्रकार सम्मेलनको आयोजना गरी छेत्रीको चॉंडै रिहाइ हुनुपर्ने माग गरेको छ। गोजमुमो केन्द्रिय उपाध्यक्ष कल्याण देवानले घटनाप्रति खेद प्रकट गर्दै अस्पतालमा भर्ती भएका के जम्मै विरामीहरूलाई डा. छेत्रीले हत्या गरेको हुन र पक्राउ गरिएको हो? तिनले प्रशन तेस्राए। सरकारले जुन अमानवीय व्यवाहर देखाएको छ त्यसको अपेक्षा आफूहरूले नगरेको तिनले बताए।   बङ्गाललाई यतिका वर्षसम्म दिएको योगदान अनि उमेरको पनि वास्ता नगरिकन डा. छेत्रीलाई पक्राउ गर्नुले जम्मै गोर्खाहरूलाई अपमानित महशुश भएको बताए।  घटना भएपछि पनि लगातार साथ दिइरहेको डा. छेत्रीको पक्राउ आश्चर्यजनक रहेको बताउँदै मोर्चा महकुमा समिति सचिव शुभ प्रधानले डा. छेत्रीलाई यथाशीग्र रिहाइ गर्नुपर्ने माग गरे। माकपा सरकामा रहुँञ्जेलसम्म बङ्गालका पूर्व मुख्यमन्त्री ज्योति बसुको नीजि डाक्टसम्म रहिसकेका डा. छेत्री कतै सत्ता परिवर्तनको शिकार त भएका होइनन्‌ भन्ने प्रधानले आशंका व्यक्त गर्दै यदि यस पक्राउले डा. छेत्रीको स्वस्थ्यमा केही भए जसको पूर्ण जिम्मेवारी सरकालाई जाने बताए। सामाजिक कार्यक्रममा प्रत्येक समय अग्रसगर रहेने डा. छेत्री गोर्खाहरूको अमूल्य मणि रहेको मोर्चा महकुमा समिति अध्यक्ष सरिता राईले बताइन्‌। यसरी नै अराजनैतिक सङ्गठन एकता परिवारले पनि आज डा. छेत्रीलाई यथाघीग्र रिहाइ गर्नुपर्ने मागमा मुख्यमन्त्रीसमक्ष पनि पत्रचार गरेको परिवारका अध्यक्ष विनय घिसिङले बताएका छन्‌।

0 comments: on "डा. मणिकुमार छेत्रीको पक्राउलाई लिएर व्यापक विरोध"