मुख्य समाचार :


सय दिनेमा ‘कन्टिजेन्सी’ बन्द गर-माकपा

 
कालेबुङ, ३ दिसम्बर|
अरु विकासको कार्यमा कन्टिजेन्सी काट्न ठीकै होला तर यहॉं सय दिने रोजगारको काममा पनि धेरै राशि कन्टिजेन्सीकोरुपमा काटिँदैछ| सय दिने रोजगारको कार्यमा कन्टिजेन्सी भ्रष्टचारको दुलो हो, यसलाई बन्द गर-आज माकपा नेता तारा सुन्दासले भने| अलगढाका जनताले बारम्बार नै त्यहॉं भइरहेको सय दिने कार्यमा आएको अनियमितता अनि यस कार्यमा छाएको अपारदर्शीताको विरूद्ध प्रशासनलाई उजुरी गरिरहेको भए पनि अहलेसम्म उनीहरूको उजुर अनुसार प्रशासनले कार्य नगरेको सम्बन्धमा महकुमा अधिकारीलाई खै गरिएको बताउँदै भने| तिनले अझ भने, हिजो मात्र पनि बङ्गालका मुख्य मन्त्री ममता व्यानर्जीले अन्य विकासको कार्यमा अवरोध आए पनि सय दिने कार्यमा कुनै अवरोध नआउने बताइन् तर यता कालेबुङमा ती नै कार्यमा व्यापक अनियमित्ता मात्र होइन जन गुनासो पनि बढिरहेको छ| अलगढाका जनताले सय दिने कार्यमा छाएको अपार्दर्शिताबारे महकुमा अधिकारी, जिल्लापाल अनि ग्रामीण विकास विभागका प्रिन्सिपल सेक्रेटेरीलाई पत्र लेखिसकेका छन् तर पनि प्रशासन मौन छ| प्रशासनको यो मौनता के को निम्ति हो? प्रशासनलाई चडाइएको अर्जी अनुसार कुनै कार्य नहुने हो भने पीडितहरू कहॉं जाने?
 तिनले बताए अनुसार अलगढामा स्किल्ड, अनस्किल्ड, सुपरभाइजरहरूको रोज, कार्यको मोठ रकम अनि सामाग्रीहरूको रकमबारे जनतालाई अन्योलमा राखिएको छ| जनतालाई कुनै पनि जानकारी नदिएर गोप्यरुपमा राखिएको सय दिने कार्यको योजनाले अलगडामा जनतालाई अन्याय गरिएको छ| तिनले भने, आज महकुमा अधिकारीसित यो कुरा राख्दा कुरा बुझ्न अनि खास कुरा खोज्न ६ अनि ७ दिसम्बरकको दिन दुइजना म्याजिस्ट्रेड पठाउने आश्‍वासन दिएका छन्| सुन्दास अनुसार अलगढामा सय दिने कार्य गर्नेहरूको सूची पञ्चायत कार्यालयमा टॉंसिएको छैन| पञ्चायतमा स्कील्ड, सेमी स्कील्ड, अनस्कील्ड अनि सुपर भाइजरहरूको सूची टॉंसिनु पर्छ| कानून अनुसार यसो गरिनु सय दिने कार्यलाई पारदर्शी बनाइनु हो तर अलगढामा यस्तो भएको छैन|
     सुन्दासले भने, योजनाको स्मपूर्ण विवरण नै पारदर्शी राखिनुपर्छ| १ जनवरी २०११को रोज अधिनियम अनुसार अनस्कील्ड जब होल्डरको दैनिक रोज १३०, सेमी स्कील्डको १९५ अनि स्कील्डको २६० रुपियॉं हो| यसको पूर्ण विवरण जनतालाई दिइनुपर्छ| तिनले अहिले सय दिने कार्यमा धेरै जस्तो राशि कान्टजेन्सीकोरुपमा काटिने गरेको बताउँदै भने, सय दिने कार्यमा कन्टिजेन्सी काटिनु हुँदैन| अरु विकासको काममा पुनिर्माणको निम्ति कन्टिजेन्सी काटिन्छ किन भने त्यहॉं भ्रष्टचार हुन्छ| भ्रष्टचार हुन्छ, राम्रो काम हुँदैन भनेर नै यो राशि काटिन्छ| उसो भए सय दिने कार्यमा पनि भ्रष्टचारहरूलाई पश्रय दिनको निम्ति कन्टिजेन्सी काटिएको हो त? हामी यसलाई शीघ्र नै रोक लगाउनुपर्ने माग गरिरहेका छौं|
     तिनले सय दिने कार्यमा राखिने गरेको कन्टिजेन्सी हटाइनुपर्ने माग गर्दै पश्‍चिम बङ्गालका विपक्षका नेता सुर्यकान्त मिश्रलाई चिठ्टी पठाउने पनि जनाएका छन्| यता सुन्दासले प्रशासनिक अधिकारीहरूलाई गाउँ पस्ने सुझाव पनि दिएका छन्| तिनले भने, गाउँ नै नपसी अधिकारीहरूलाई केही थाहा हुँदैन|

0 comments: on "सय दिनेमा ‘कन्टिजेन्सी’ बन्द गर-माकपा"