मुख्य समाचार :


फोकस्‌ कालेबुङले खोजी निकाल्यो सर्वोत्कृष्ट फोटोग्राफरहरू

कालेबुङ, 10 दिसम्बर।
कालेबुङभित्रै रहेको निपुण फोटोग्राफरहरूलाई फोकस्‌ कालेबुङले खोजी निकालेको छ। मोबाइल अनि क्यमाराले फोटो उतारेर लुकाएर राखेका फोटोहरूको प्रतियोगिता गरेर फोकस्‌ कालेबुङले आज उत्कृष्ट फोटोहरू चयन गरी प्रतियोगीहरूलाई एक कार्यक्रमबीच पुरस्कृत गर्‍यो। प्रतियोगितामा मोबायलले उतारेका फोटोहरूमध्ये रितेश गुप्ताको फोटो पहिलो भयो भने दोस्रो लाक्पा छिरिङ लेप्चा अनि तेस्रो मणि तामाङको फोटोलाई चुनियो।
 यी विजयी प्रतियोगीहरूलाई अटो वक्सका रिपेन राईको बाहुलीबाट पुरस्कार स्वरूप डिजिटल क्यामेरा प्रदान गरियो। यसरी नै क्यामाराले उतारेका फोटोहरूमा प्रवेश सिंहको फोटो प्रथम बन्यो भने नालम लेप्चाको फोटो दोस्रो अनि रोहन छेत्रीको फोटो तेस्रो बन्यो।
 यी बिजयी प्रतियोगीहरूलाई समशेर अलिको बाहुलीबाट पुरस्कारस्वरूप हार्ड डिक्स प्रदान गरियो। यसबाहेक पनि मोबाइल अनि क्यामाराले उतारेको तिस्वीरहरूको निम्ति चार-चारजनालाई पनि शान्तवना पुरस्कार कालेबुङ विज्ञान केन्द्रका क्युरेटर डा. बी.बी. गुरूङको बाहुलीबाट प्रदान गरियो। कार्यक्रममा फोकस कालेबुङका प्रतिनिधिहरू चिन्लोप फुदोङ लेप्चा, सामतेन काबो, विमल के. दियाली आदि उपस्थित थिए। स्मरण गराइन्छ, यसभन्दा अघि पनि फोकस कालेबुङले विश्व फोटोग्राफी दिवसको अवसरमा यसवर्ष कालेबुङमा 19 देखि 21 अगस्तसम्म  तीन दिवसीय फोटो प्रदर्शनीको आयोजना गरेको थियो। यसरी नै सिकारु फोटोग्राफरहरूलाई प्रोत्साहन प्रदान गर्न फोकस्‌ कालेबुङले गत अक्टोबरको दोस्रो सप्ताहदेखि नै यस फोटो प्रतियोगिताको आरम्भ गरेको थियो जसमा 50 जना प्रतियोगीहरूले अंशग्रहण गरेका थिए।
 


0 comments: on "फोकस्‌ कालेबुङले खोजी निकाल्यो सर्वोत्कृष्ट फोटोग्राफरहरू"