मुख्य समाचार :


प्रशासनद्वारा मोर्चामाथि लगाइएका मुद्दाहरू खारेज गिरने

 
कालेबुङ, ६ दिसम्बर|
मोर्चाको आन्दोलन अवधी प्रशासनद्वारा लगाइएका मुद्दाहरू खाजेर गर्न अब चॉंडै प्रकिया शुरू हुने भएको छ| डा. हर्कवहादुर छेत्रीले बताए अनुसार मुद्दा खारेज गर्ने प्रक्रिया शुरू गर्न १० दिनभित्रमा सरकारी अधिनियम पनि जारी गर्ने राज्यले मोर्चालाई आश्‍वासन  दिइएको छ| प्रशासनले लगाएको मुद्दाहरूलाई चॉंडै खारेज प्रक्रिया शुरू गर्ने आश्‍वासन मोर्चाले पाएपछि मुद्दा लागेका मोर्चा समर्थकहरूसँग आज डा. छेत्रील बैठक गरेर तिनले पनि समर्थकहरूलाई आश्‍वस्त गराए| डा. छेत्री अनुसार त्रिपक्षीय वार्ताको एमओएसमा जीटीएको सम्झौतापछि प्रशासनिक मुद्दा खारेज गरेको उल्लख भएपनि आजसम्म कार्यान्वयन नभएपछि तिनले बङ्गालको मुख्य सचिव अनि गृह सचिवलाई भेटेपछि नै १० दिनभित्रमा सरकारी अधिनियम जारी हुने भएको छ| 
एसआरसीको आशामा युवा मोर्चा
सोही भेटघाटमा डा. छेत्रीलाई युवा मोर्चाले केन्द्रिय समितिले सहयोग नपुर्‍याएपनि आन्दोलन यथावत राख्ने भनेर गरेको घोषणा सम्बन्धमा प्रश्‍न गर्दा तिनले भने, अहिले उत्तर प्रदेशको कुरा आइरहेको छ, तेलेङ्गनाको कुरा उठिहेको छ| कतै राज्य पुनर्गठन आयोग गठन हुन्छ की भन्ने छ उनीहरूले यस्तो अवस्थामा नै यस्तो वयान दिएका हुन्| यसभन्दा अघि उनीहरूले यस्तो वयान दिएका थिएनन्| राजनीति र आन्दोलनमा थुप्रो कुराहरू हुन्छ| युवा मोर्चाले केन्द्रिय समितिलाई बेलाबेला लाखेस् गरेको राम्रो हो| केन्द्रिय समितिले यस्तो कुनै कार्य गर्दैन जसले गर्दा भातृ सङ्गठनले नै औंला उठाउनपरोस्| युवा मोर्चाले देशको परिस्थिलाई हेरेर नै आन्दोलन गर्ने भएको तिनले बताए| युवा मोर्चाको उक्त वयानको राजनैतिक महत्व रहने  बताउँदै तिनले सङ्गठनमा युवा मोर्चा भनेको भातृ सङ्गठन रहेको बताउँदै भातृ सङ्गठन जहिले पनि केन्द्रिय समितिको निर्देशनमा नै रहने पनि स्पष्ट पारेष तिनवको आशय अनुसार युवा मोर्चाले केन्द्रिय समितिको निर्देशनमा नै आन्दोलनको घोषणा गरेको हो, यसो हो भने केन्द्रिय कमिटीको स्वीकृतिकोे सवाल उठेन| तिनको कुरा अनुसार मोर्चाले एउटै कॉंडले दुइटा चरा मार्ने चलखेल गरेको हो| अन्योलता छैन
मोर्चा जीटीए अनि जीएटीए गठनमा व्यस्त अनि युवा मोर्चा गोर्खाल्याण्ड आन्दोलनमा रहेकोले जनमानसमा छाइरहकोे अन्योलताबारे बोल्दै तिनले भने, एकएकवटा कुरालाई अलग-अलग राखेर हेरे अन्योलता हुँदैन| हामीले सरकारसँग सम्झौता गरेका छौं| जीटीएको सम्झौतापछि गठन भएको हाइपावर कमिटिले तराई-डुवर्सको भूभागको निम्ति कार्य गर्दैछ| डुवर्सको आन्दोलन डुवर्सले नेतृत्व दिएको हुनुपर्छ भनेर विमल गुरूङले भनिसेकका छन्| आजको परिस्थितिमा युवा मोर्चाको आन्दोलन भनेको मायावतीको राज्य विभाजनपछि गर्ने निर्णयको कारण रहेको तिनले बताए| अझ तिनको आशय अनुसार कतै राज्य पनर्गठन गरिहालेमा मोर्चा जोखिममा पर्ने भएकोले बॉंच्ने बाटो खोलिराखेको मात्र हो युवा मोर्चाको आन्दोलनको घोषणा|  मयावतीले चुनाउलाई हेरेर यस्तो निर्णय लिएको हुनसक्ने भएपनि राज्य जहिले पनि अक्षुण रहेको उदाहरण दिएको तिनले बताए| जसले गर्दा मोर्चाले गर्दै गरेको कामलाई पनि मायावतीको निर्णयले अझ सहास अनि हौसला प्रदान गरेको छेत्रीले उल्दै दाबी पो गरे| तिनीअनुसार यसले गर्दा राज्यलाई देश नै ठान्ने अनि बङ्गाल पनि टुक्रँदैन भन्ने विचारधारा राख्नेहरूलाई प्रशासन सजिलैसित  चलाउन राज्य जतिभागमा पनि विभाजन हुनसक्छ भन्ने सन्देश दिएको छ|  त्यसैलाई हेरेर युवा मोर्चाले आन्दोलन गर्नु समय सापेक्ष रहेको अनि मोर्चाको मूल मुद्दा पनि छुट्टा राज्य नै रहेको छेत्रीले बताए| यति बताउँदा बताउँदै मोर्चाले जीटीए मोह त्याग गर्न नसकेको पनि स्पष्ट नै पारे| तलेङ्गनामा अघिबाटै धेरै विकास भइसकेकोले त्यहॉं अब फल खानेपट्टि आन्दोलन हुँदैछ भने मोर्चा भने विकासको निम्ति आन्दोलन गरिरहेको पनि छेत्रीले बताए|
भागोपलाई हर्कको खिल्ली
यता भागोपले अहिले गोर्खाल्याण्डको औचित्य बुझाउन दिल्लीमुखी कार्यक्रम गरिरहेको सन्दर्भमा बोल्दै तिनले भने गोर्खाल्याण्डको औचित्य ४ वर्षको आन्दोलन अवधी मोर्चाले जति बुझाउन सकेको छ त्यसको १० प्रतिशत पनि भागोप लगायत अन्यले बुझाए हामी सलाम गर्छौं| उनीहरूले बुुझाएकोले सरकाले बुझेर गोर्खाल्याण्ड लैजाउ भनेर भन्छ भनेर शीर झुकाएर नमस्कार गर्ने पनि छेत्रीले बताए| नयॉं दलमाथि अविश्‍वास
गोर्खाल्याण्डकै निम्ति नयॉं दल खोलिने सम्बन्धमा नयॉं खोल्छु भन्नेहरूलाई जन्मेको देखि नै जनताले चिनिसकेको अनि पहिले ८ वटा दल मिलेर पीडीएफ गठन गरेको भएपनि घिसिङको रौंसम्म हल्लाउन नसकेको उदाहरण छेत्रीले दिए| मोर्चाले जीटीएमा हस्ताक्षर गरेको सरकारले अहिले छुट्टै राज्य माग्ने अन्य राज्यहरूलाई जीटीएको मोडल देखाइरहेको क्रामाकपाले लगाएको आरोप सम्बन्धी बोल्दै तिनले भने, जीटीएको मोडल भनेर कहॉं कहॉं देखायो क्रामाकपाले भनोस्, अनि कसकसले मान्यो यो पनि भनोस्| मोर्चालाई पनि बोडो टेरिटोरियल काउन्सिल सरकारले देखाएर त्यसै लिने आग्रह गरेको भएपनि मोर्चाले आफुले जाहे जस्तै जीटीए लिएको बताए| जसको माध्यबाट खुलेर कार्य गर्न पाए जनताले सोँचेको भन्दा घेर कार्य हुने पनि छेत्री बताए| तिनले भने, जुन स्वयत्ताता, जुन जुन क्षमताहरू हामीलाई दिएको छ त्यो बिना अतिक्रमण प्रयोग गर्न पाउँछौ पाउँदैनौं पहिले हेर्नपर्छ| यदि दिएको स्वयत्ताहरू कागजमा मात्र रहे फरि हामी सड्कमा ओर्लनेछौं|

0 comments: on "प्रशासनद्वारा मोर्चामाथि लगाइएका मुद्दाहरू खारेज गिरने"