मुख्य समाचार :


दिल्लीमा छुट्टै राज्यको कार्यक्रम तय गरिने


भागोप प्रतिनिधिहरू प्रास्थान
मनोज वोगटी
कालेबुङ, ६ दिसम्बर|
भागोपको नेतृत्वमा गठित गोर्खाल्याण्ड टास्क फोर्सका प्रतिनिधिहरू आज दिल्ली पुगेका छन्| क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, गार्खाल्याण्ड राज्य निर्माण मोर्चा, अनि अखिल भारतीय गोर्खालिगका प्रतिनिधिहरू भोलि दिल्ली प्रास्थान गर्नेछन्| टास्क फोर्समा  रहेको गोरामुमो-सीका प्रतिनिधिहरू भने दिल्ली जाने छैनन्| सी.के.प्रधान हत्याकाण्डको मुद्दा जलपाइगढी न्यायलयमा चलिरहेकोले गोरामुमो-सीका प्रतिनिधिहरू दिल्ली जान नसकेको थाहा लागेको छ| भागोपबाट राष्ट्रिय अध्यक्ष डा एनोसदास प्रधान, महासचिव सुखमान मोक्तान, टास्क फोर्सका राष्ट्रिय संयोजक आर मोक्तान अनि भागोप जोन-१ का अध्यक्ष प्रभाकर देवान आज गएको टोलीमा सामेल छन्| भागोपका राष्ट्रिय अध्यक्ष डा. एनोसदास प्रधान अनुसार अन्य दलका कति प्रतिनिधिहरू दिल्ली आइपुग्ने हुन्, त्यसबारे भोलि नै थाहा लाग्ने छ| तिनले लिगबाट पॉंचजना, क्रामाकपाबाट पॉंच जना अनि गोरानिमोबाट दुइजना प्रतिनिधि आउने तय भएको पनि बताएका छन्| ७ अनि ८ दिसम्बरको दिन टास्क फोर्सको कार्यक्रम रहेको छ| पहिलो दिन नेश्‍नल पोलिसी मेकिङ कमिटीले टास्क फोर्सको कार्यक्रमहरू तयार पार्ने भएको छ भने दोस्रो दिन दिल्लीका नेताहरू लगायत सांसदहरूलाई भेट्ने कार्य हुने छ| डा. एनोस दास प्रधानले अब टास्क फोर्सको छुट्टै राज्यको निम्ति कार्यक्रम शुरू भएको बताए| तिनले छुट्टै राज्य माग्ने भनिए पनि गोजमुमोसित किन सहमति बन्न सकेन भन्ने प्रश्‍न गर्दा तिनले मोर्चालाई निम्तो गरिए पनि बैठकमा नआएको बताउँदै भने, छुट्टै राज्यप्रति यदि मोर्चा इमान्दार छ भने भइरहेको राष्ट्रिय पहलमा सहभागी हुनुपर्ने हो, तर मोर्चाले भागोपको कुनै पनि बैठकमा उपस्थिति दिएन| यता विश्‍लेषकहरूले मोर्चाले छुट्टै राज्यको मुद्दा छोडेको अनि पहाडमा विकास एजेन्सी थापेर गोजमुमो जस्तै धेरै वर्ष राज गर्ने नियत बनाएकोले नै मोर्चाले कसैले पनि छुट्टै राज्यको कुरा गर्दै त्यसको विरोध गरिरहेको बताउने गरेका छन्| आजै पनि मोर्चाका प्रवक्ता डा.हर्कबहादुर छेत्रीले छुट्टै राज्यको निम्ति भइरहेको पहलमा खुशी हुनुको साटो खिल्ली उडाइरहेका थिए| तिनले भने, भागोपले मोर्चाले जति बुझाएको छ दिल्लीलाई त्यसको दस प्रतिशत पनि बुझाएछ भने, म सलाम गर्ने छु| तिनको यस्तो वक्तव्यले भागोप र टास्क फोर्सलाई पत्यार नगरेको त बुझिएको नै छ, तिनीसित दलीय अहम कति चरममा रहेको छ भन्ने पनि स्पष्ट पारेको छ| छुट्टै राज्यको कुरा कसैले पनि गर्दा खुशी हुनुपर्नेमा डा. छेत्रीले  भइरहेको राष्ट्रिय पहलदेखि आफू आतङि्कत भएको संकेत पनि दिएका छन्| किन भने तिनले भने, उनीहरूले सांसद. नेताहरूलाई बुझाएर, उनीहरूलाई केन्द्रले लौ बाबु लैजाउ गोर्खाल्याण्ड, भन्यो भने मेरो सलाम छ| तिनले यस्ता टिप्पणी दिएर पहाडका जनतालाई जीटीएभन्दा ठूलो कुराको आवश्यकता छैन भन्ने संकेत दिए नै मोर्चाले गोर्खाल्याण्डको मुद्दाबाट हात धोइसकेको पनि स्पष्ट पारे| मोर्चा अर्को दागोपाप जीटीए बोकेर बसेको छ| मोर्चाले सक्ने भनेको नै दागोपापको वृद्धि मात्र रहेको यहीँबाट स्पष्ट भएको छ| यता भागोपले भने दार्जीलिङ  जिल्लाको राजनीति मात्र छुट्टै राज्यको दाबीको निम्ति पर्याप्त नरहेको स्पष्ट पारेको छ| एउटा क्षेत्रीय दलबाट धेरै ठूलो आशा राख्नु मुर्ख हुनु त हो नै क्षेत्रीय जनशक्ति देखाएर नै पहाडमा एउटा दलको दादागिरी बढिरहेकोले नै अहिले आन्दोलन राष्ट्रियस्तरमा हुनुपर्ने धारणा बनिँदै गइरहेको छ| सचेतहरूको धेरै अंश राष्ट्रियरुपको आन्दोलनमा आस्थावान रहेको बुझिएको छ भने क्षेत्रीयस्तरमा एउटा दलको दादागिरी रोक्न अर्को बलियो विपक्षको अनिवार्यता पनि सचेतहरूले उत्तिकै मान्न थालेको बुझिएको छ|
 


0 comments: on "दिल्लीमा छुट्टै राज्यको कार्यक्रम तय गरिने"