मुख्य समाचार :


आज आविप मोर्चाको सभा कुमानीमा नयॉं समिकरण देखिने सम्भावना


अनिल तेलैजा
कालेबुङ, ३ दिसम्बर|
गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङ अनि महासचिव रोशन गिरी हिजो सॉंझ ६ बजीतिर २८ नम्बर समष्टीको सोमबारे कुमाई क्षेत्र पुगेका थिए| डुवर्सको सिब्सु घटनास्थलदेखि चार किलोमिटर टाडामा अवस्थित जीएलपीको क्याम्पमा रात बिताएका अध्यक्ष, महासचिवको टोलीले आज अपह्रान्ह १ बजी कुमानीमा आदिवासी विकास परिषदका नेताहरूसितै आदिवासी समुदायका मानिसहरू एवं डुवर्सवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थाहा लागेको छ| पहाडको बद्लिँदो राजनैतिक परिस्थितिमा मोर्चा अध्यक्षको अचानकको भ्रमणले राजनैतिक शिविरमा निक्कै महत्व राख्छ| भागोपको सामिुहिकताको पहल होस् वा हिल कंग्रेसको युटीको माग अथवा आफ्नै भातृ सङ्गठन युवा मोर्चाको गोर्खाल्याण्ड आन्दोलन पुन शुरू गर्ने तयारी, प्रतिदिन भइरहेको यो राजनैतिक उथुलपुथुलबीच छायामा पर्दै गइरहेको मङ्पोङ सम्झौतालाई आज हुने भनिएको आविप-मोर्चा संयुक्त सभाले पुन चर्चामा ल्याउने निश्‍चित देखिन्छ| ३० अक्टोबर डुवर्सको मङपोङमा भएको सम्झौतापछि नै जीटीए होइन जीएटीए भन्ने चर्चा आम बनेको थियो जुन सम्झौता अनुसार डुवर्सका सम्पूर्ण भूभागलाई नयॉं व्यवस्था जीएटीएमा गाभ्ने माग अघि आएको थियोे| आविपका क्षेत्रीय नेतृत्वहरू जोन बारला, तेजकुमार टोप्पो, निकोटिन मिञ्च आदि नेताहरूको बीच मोर्चा नेतृत्वले गरेको उक्त सम्झौतापछि आविप केन्द्रिय नेतृत्वले अवनुशासनहीनताको कुरा उठाउँदै सोकज नोटिशसम्म जारी गरिसकेको छ| तराई डुवर्स क्षेत्र कै शक्तिशाली मानिएको आविप र पहाडको शक्तिशाली मोर्चाबीचको गठबन्धनका दुवै दलको शीर्ष नेतृत्वहरूले वर्तमानमा बद्लिँदो राजनैतिक अवस्थाको सामना गर्न परिरहेको छ| यस्तो संवेदनशील अवस्थामा आविप मोर्चाको संयुक्त सभाले तराई र डुवर्सको राजनीतिलाई त तताउने नै छ संगसंगै आफ्नै दलबाट अलगथलक परेको जोन बार्लाको राजनैतिक भविष्यको पुर्वानुमान गर्नपनि मद्दत पुर्‍याउने पर्यवेक्षकहरूको भनाइ रहेको छ|
 


0 comments: on "आज आविप मोर्चाको सभा कुमानीमा नयॉं समिकरण देखिने सम्भावना"