मुख्य समाचार :


गोर्खाल्याण्डको आन्दोलन ड्रामा?

कंग्रेस, आविप र मोर्चालाई तृणमूल कंग्रेसको जवाब

गोर्खाल्याण्डको आन्दोलन गगर्न तम्तयार युवा मोर्चा (गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठन) अनि युटीको कुरा बोकेर दिल्ली गएको हिल कंग्रेसलेे ममता व्यानर्जीको पार्टीबाट स्पष्ट जवाब भेट्यो| छुट्टै राज्य, युनियन टेरिटोरी होइन जीटीए नै पहाडको समस्याको समाधान अनि यही नै चुडान्त निर्णय रहेको तृणमूल कंग्रेसका विकास मन्त्री गौतम देवले सरकारको चुडान्त विचार व्यक्त गरिदिएर युवा मोर्चाको छुट्टै राज्यको आन्दोलन कंग्रेसको युटीको आन्दोलनलाई लगाम कस्यो| त्यहीँबाट राष्ट्रियरुपमा छुट्टैराज्यको आन्दोलन गर्ने तम्तयार गरिरहेको गोर्खाल्याण्ड टास्क फोर्सलाई भने बाटो खुल्यो| मन्त्री देवको कुराले मोर्चा भने निश्‍चय नै हर्षित बनेको छ किन भने मोर्चाको केन्द्रिय कमिटी यही चहान्छ| सम्झौता भएर लागू गर्न ढिलो भएकोमा मोर्चा आत्तिरहेको बेला गौतम देवको टिप्पणीले मोर्चालाई धेरै राहत मिलेकोछ| मोर्चाको वास्तविक आकांक्षालाई बल पुग्ने गौतम देवको टिप्पणीले तर गोर्खा जनमुक्ति मोर्चालाई जीएटीएको सम्बन्धमा पनि जवाब दिएको छ| मोर्चाले जीटीए छोडेर आदिवासी विकास परिषदसित जीएटीएमा हात मिलाएर राज्य सरकारको आकांक्षा विरोधी कार्य गरिरहेको अनि जीएटीए मान्य नरहेको पनि गौतम देवको टिप्पणीले नै स्पष्ट पारेको छ| प्रशस्तै अन्तरविरोधभित्र चर्चित जीएटीए सम्झौताको कुरा करनीमा रुपान्तर भएन भने तराई र डुवर्समा आगो बल्ने छ| आविप र आदिवासी अनि आदिवासीको सम्झौतालाई विश्‍वास गरेर आविपलाई समर्थन गर्ने साना सङ्गठनहरूबाट जीएटीए नभएर जीटीए( जो सम्झौता र हस्ताक्षर भएको छ) मात्र गठन गर्ने कुरा भए यसको विरोधमा आवाज उठ्ने छ| यता हाइपावर कमिटीको रपोर्ट मोर्चाको पक्षमा छैन| मोर्चाले दाबी गरका मौजाहरू नपस्ने भएपछि नै मोर्चाले आविपसित हात मिलाएको भए पनि राज्य सरकार जीएटीएको निम्ति सहमत नबने मोर्चा फेरि अप्ठ्यारोमा पर्ने छ| एउटा परिस्थिति के निर्माण हुनेछ  भने मोर्चाको यसप्रकारको कुटनीतिले तराई र डुवर्समा जीटीएको विरोध हुनेछ| विरोध भएपछि हाइपावर कमिटीले निकालेको निचोड अनुसार नै जीटीए मात्र ग्रहण गर्न मोर्चालाई सुविधा हुने छ| जीटीए गठन हुनु मोर्चाको राजनैतिक विजय रहेको छ| तराई र डुवर्समा विरोधको कारण नै मोर्चाले दाबी गरेको मौजा जीटीएमा पस्ने छैन अनि मोर्चाको कुटनीति त्यहीँ सफल हुने छ-अहिले गौतम देवको टिप्पणीले यस्ता खाले शंका उपार्जन गरिदिएको छ| राजनैतिक अपारदर्शिताको कारण यसै पनि सबै दल शंकाको घेरोमा नै छ| तर सबै भन्दा धेर शंका मोर्चालाई गरिएको छ| किन भने मोर्चाले छुट्टै राज्यको आवाज उठाउन नसकेको कारण नै दागोपाप जस्तै एउटा अर्को व्यवस्था स्थापित गरेर गोरामुमोले झैं त्यसमा चलखेल गर्ने दिशामा राजनीतिको सुई घुमाइसकेको छ| यसकारण नै मायावतीले छुट्टैराज्य गठनको पक्षमा गरेको निर्णयलाई सरकात्मकरुपले मोर्चाले नलिएर मायावतीलाई नै दोष्याउने र राजनैतिक चलखेल मात्र गरेको आरोप लगाउने कार्य गरिरहेको छ| मायावतीलाई समर्थन गर्नु भने मोर्चाको वास्तविक आकांक्षाको विरोधको कुरा हो| मोर्चाले छुट्टैराज्यको कुरा गर्‍यो भने जीटीएको सवाल विवादमा पर्ने छ अनि राज्य र केन्द्रबाट जीटीएको निम्ति मोर्चाले गरेको सम्झौताले विश्‍वास गुमाउने छ| मोर्चाले राज्य र केन्द्रलाई अब छुट्टै राज्यको सवाल धेरै समय नउठ्ने अनि त्यस समयसम्मको निम्ति मोर्चाले जीटीए सञ्चालन गरेर दलीय अस्तित्व कायम गर्ने चलखेल गरिसकेको छ| यसैकारण नै मोर्चाले जीटीएमा हस्ताक्षर पनि गरिसकेको छ भने राज्य सरकारले हस्ताक्षरमा विश्‍वास गरेको छ| यसै कारण नै मन्त्री गौतम देवले मोर्चालाई एकपल्ट सम्झौता र जीटीएको कुरा सम्झाइदिएका छन्| देव अनुसार जीटीए बाहेक अन्य कुनै पनि कुरामा राज्यको सहमति हुने छैन| गौतम देवले स्पष्ट कुरा राखेपछि पनि युवा मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्नु मोर्चालाई नै असुविधा हुनु देखिएको छ| यस्तोमा मोर्चाको रणनीति कस्तो हुने हो त्यसैले नै मोर्चाको भविष्य निर्धारण गर्ने देखिएको छ| यता जीटीए मात्र गठन भए आविप पनि ऐठनमा पर्ने छ किन भने मोर्चाको कारण नै जोन बारलालाई दल निकाला गरिसकेको छ| जुन कारणले बारला र तिनका साथीहरूलाई दल निकाला गरिँदैछ, त्यो कारणमा नै उनीहरूले धोका पाए तराई र डुवर्समा आदिवासी र गोर्खाबीच वैमन्स्यता स्थापित हुने निश्‍चित छ| यस्तोमा भागोपले गरिरहेको पहलले मुद्दालाई बँचाउने अनि त्यसको उठान गर्ने ठूलो अवसर  निर्माण भइरहेको देखिँदैछ| के देखिँदै छ भने राष्ट्रिय स्तरमा छुट्टैराज्यको उठान भयो भने त्यसलाई मात्र विश्‍वास र्न सकिन्छ तर क्षेत्रीयस्तरमा साना सङ्गठनले छुट्टैराज्यको मुद्दा उठान गरे त्यसलाई 'ड्ामा' बाहेक अरु केही पनि बुझ्न नसकिने आलोचकहरूको भनाइरहेको छ|

0 comments: on "गोर्खाल्याण्डको आन्दोलन ड्रामा?"