मुख्य समाचार :


अध्यक्षको घोषणापछि नउठ्‌ने भयो पार्किङ शुल्क

कालेबुङ, 16 नोभेम्बर।
प्रशासनिक सम्बन्धमा पनि कुन कुरा हुनुपर्छ अनि कुन कुरा हुनु हुँदैन त्यो राजनैतिक दल अनि त्यसमा पनि गोर्खा जनमुक्ति मोर्चाले नै घोषणा गरेपछि मात्र तय हुने गरेको घटना फेरि पनि बल्झियो।
 कालेबुङ नगरमा बाटो घाटो भने नबनाउने, वाहन चालकहरूको सुविधाको कुनै पनि उल्लेखनीय काम भने नगर्ने तर पार्किङ शुल्क भने उठाउने नयॉं घट्‌ना घट्‌ने वित्तिकै चालक समुहभित्रको एउटा सङ्गठनले आपत्ति जनायो। लामै सूची दिँदै सङ्गठनले यो यो समस्या समाधान गर अनि पार्किङ शुल्क उठाउ भनेर कालेबुङका विधायक अनि नगरपालिका प्रशासक एलएन शेर्पालाई ज्ञापन बुझाए।
 नगर प्रशासनले कालेबुङमा नयॉं प्रयोग शुरू गरेको थियो पार्किङ उठाउने तर पार्किङ सम्बन्धमा अन्यबाट गुनासो नआए पनि एक चालक समूहको सङ्गठनबाट गुनासो आयो। जसले गुनासो गरे उनीहरू लोकल खेपेर गुजारा गर्नेहरू थिए। खेपेर जम्मा भएको रकमबाट नगरपालिकालाई पनि दिँदा घरको बजेटसम्ममा दखल पुग्ने स्थिति आएपछि आन्तरिकरुपले पार्किङ शुल्क उठाउने नगरपालिकाको नयॉं प्रयोग नै निक्कै विवादमा पर्न थालेको थियो। बाहिरबाट आएको होस्‌ वा रैथनेको नीजि बाहन होस्‌, दुइ खुट्टेलाई घण्टाको पॉंच रुपियॉं अनि चार चक्केलाई दस रुपियॉं तोकिएको थियो। रैथानेहरू नै गाउँबस्ती अथवा केही परबाट वाहन लिएर नोकरीमा आउनु परे अनि नगरमा वाहन राखेर काममा जानु परे नगरपालिकाले ढॉंड भॉंचिदिने स्पष्ट थियो। किन भने  प्रतिशतमा पनि छ 6 घण्टा काम कुनै पनि कार्यलयमा कर्मचारीले गर्नै पर्ने हुन्छ। यसो भएको अवस्थामा दुइखुट्टेले दिनको तीस अनि चार चक्केले साट्ठी रुपियॉं दिनमा नै बुझाउनु पर्ने स्थिति हुनेछ।  महिनामा वाहन राखेको मात्र 9 अनि 18 सय नगरपालिका बुझाइनु हो भने उसको घरको बजेट त लथालिङ्गै हुने भयो।
 अघिबाट नै कुनै पूर्वयोजना नबनाई हतारमा जनतामारा नियम लागू गरिएकोले बजारमा चर्चा चलिरहेको बेला नै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले सबैको समस्याको एकैचोटि समाधान गरिदिएका छन्‌। तिनले जबसम्म नगरपालिकाको नयॉं बोर्ड बनिँदैन तबसम्म पार्किङ शुल्क उठाइनु हुँदैन भन्दै घोषणा गरिदिएका छन्‌।
 यता एउटा सङ्घले शुल्क नतिर्ने भएपछि बैठक डाकेर ती सङ्घका चालकहरुलाई चालक महासङ्घले शुल्क उठाउनु दिने कुरामा सहमत गराएका थिए।
 चालक महासङ्घले सहमत गराएको दुइदिन नबित्दै मोर्चा अध्यक्ष विमल गुरूङले सम्पूर्ण झमेला कै अन्त गरिदिए। यता विमल गुरूङको घोषणालाई लगत्तै चालक महासङ्घले त समर्थन जनाइ हाल्यो ऐठनमा पर्‍यो वर्तमान नगरपालिका प्रसासन। मोर्चा अध्यक्षले घोषणा गरेपछि नगर प्रशासनले पनि त्यसलाई पालन नगर्ने कतैबाट पनि दुस्साहस गर्न नसक्ने स्पष्ट बनेको छ।

0 comments: on "अध्यक्षको घोषणापछि नउठ्‌ने भयो पार्किङ शुल्क"