मुख्य समाचार :


पूर्व नगराध्यक्ष परियारको घोषणा परिवर्तनको निम्ति 6 महिना

कालेबुङ, 16 नोभेम्बर।
गोर्खा जनमुक्ति मोर्चाबाट नगरपालिकाको चुनाउ नै नभइ घोषित कालेबुङ नगरपालिकाका हुनेवाला अध्यक्ष एलबी परियारले हिजो डेलोमा मोर्चाले सम्पन्न गरेको जनसभामा बोल्दै 6 महिनामा नै नगर परिवर्तन गरेर देखाउने बताएका छन्‌। तिनले भने, नगरपालिका अघिल्ला नगरपालिका जस्तो हुने छैन। नीति, कार्यपद्धति सबै नयॉं हुने छ।
 अध्यक्षको ढोकामा चौकीदार हुने छैन अनि म जनतासित बसेर काम गर्ने छु। मलाई कालेबुङ नगरको अनुहार परिवर्तन गर्न 6 महिना चाहिन्छ। 6 महिनामा कालेबुङको रुपरङ अर्कै भएर जानेछ। मान्छेहरूले भनुन्‌, मोर्चाको नयॉं नीति र कार्यपद्धति अचम्म कै भयो। यस्तो काम नगरपालिकाले कहिल्यै गरेको थिएन।
 तिनले नगरपालिका ऐनको पुस्तक देखाउँदै पार्षदहरूलाई ऐनबारे बुझाउने अनि ऐन अनुसार नै कार्य गर्ने पनि बताए। तिनी जस्तो उच्चस्थ पदमा रहिसकेका मान्छे नगरपालिकाको अध्यक्ष हुने कुरा धेरैलाई नपचेको बताउँदै तिनले भने, जीटीएमा बस्नुपर्ने मान्छे, कहॉं डम्पिङको समस्याले ग्रस्त नगरपालिकामा चुनाउ लडेको? तर सबैले पार्टी धर्म बुझ्दैनन्‌। तिनले अझ थपे, मलाई पार्टीले छान्यो, मैले नाई भन्न सकिन। किन भने पार्टीको काइदा अनुसार कुनै पनि कुरा नाई हुँदैन। यदि नाई भयो भने धेरै कुरा नाई हुन्छ। पार्टी नै यस्तो नाईले टुक्रा टुक्रा हुन सक्छ। यसकारण मैले हॉं भने।
 तिनले  मोर्चा अध्यक्षले अनुरोध गरेको कुरालाई टार्न नमिलेको मात्र होइन नगरपालिका चलाएर कालेबुङलाई सुन्दर र राम्रो बनाउनु आफ्नो धर्म रहेको पनि बताए।
 तिनले कालेबुङ नगरपालिकामा रहने सबै पार्षदहरूलाई पनि कटिबद्ध भएर  कार्य गर्ने अनुरोध गरे। यता मोर्चा अध्यक्ष विमल गुरूङले पनि जसलाई पनि चौकी दिएको छ त्यसको कदर गर्नुपर्ने बताए। अध्यक्ष परियारको निर्देशनमा असल कार्य गरेर मोर्चाले उदाहरण कायम गर्नुपर्ने पनि तिनले बताए।

0 comments: on "पूर्व नगराध्यक्ष परियारको घोषणा परिवर्तनको निम्ति 6 महिना"