मुख्य समाचार :


‘भागोपलाई मोर्चाको विरोध छैन’

कालेबुङ, २४ नोभेम्बर|
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ, भनेजस्तो भागोपले मोर्चाले जीटीए थाप्दै गर हामी आन्दोलन गर्दै गर्छौं भन्दै अहिले राष्ट्रियस्तरमा छुट्टैराज्यको आन्दोलन गर्ने सर्वदलीय गोर्खाल्याण्ड टास्क फोर्स गठन गरिसकेको छ| जसले अहिले देशभरि छुट्टैराज्यको आन्दोलन गर्ने सङ्गठनहरूसित मिलेर कार्य गर्न शुरू गरिसकेको छ| भागोपले पहाडका सबै दललाई लिएर दुइपटक बैठक गरिसकेको छ अनि दुइपटक नै गोर्खा जनमुक्ति मोर्चालाई पनि बोलाइयो तर छुट्टैराज्यको आन्दोलन घिसिङले जस्तो 'ड्रप' नगरेको बारम्बार बताउने अनि मुद्दाबाट पछि नहटेको स्पष्टिकरण दिइबस्ने गोर्खा जनमुक्ति मोर्चा बैठकमा आएन| यस सम्बन्धमा मोर्चाले मौनता सॉंधेको भए पनि मोर्चाकै एक नेता सामुएल गुरूङले भने आज स्पष्ट पारे, भागोपको पहलमा मोर्चाको विरोध छैन| किन भने छुट्टैराज्यको आन्दोलन जसले पनि गर्न सक्छ| तर यसको अर्थ यो होइन कि मोर्चाले मुद्दा छोड्यो अथवा मोर्चा छुट्टैराज्यको पक्षमा छैन| मोर्चाको आफ्नै कार्यक्रम छ| मोर्चाले भागोपको बैठकमा सहभागिता दिएन तर यसको अर्थ यो पनि होइन कि भागोपको पहललाई मोर्चाले विरोध गर्छ| हाम्रो समर्थन छ भागोपलाई| तिनले यता चलिरहेको आविप र मोर्चाबीचको सम्झौताको विरोधको सन्दर्भमा पनि भने, तराई र डुवर्समा आविपलाई मोर्चासित मिल्न दिने छैन| विरोधीहरू अघि पनि थिए अहिले पनि छन्| तर सानामसिना सङ्गठनहरूको विरोधले केही फरक पार्दैन किन भने मोर्चाले त्यहॉंका निर्णायक दल आदिवासी विकास परिषदसित नै सम्झौता गरिसकेको छ| अर्कोतिर तिनले त्यहीनेर जीटीएको सम्बन्धमा पनि भने, हाइपावरको सर्वेक्षण चलिरहेको छ| यसको रिपोर्ट आउने छ अनि जीटीएको अस्तित्व निश्‍चित हुने छ|

0 comments: on "‘भागोपलाई मोर्चाको विरोध छैन’"