मुख्य समाचार :


न्यानोले कालेबुङमा पाएन ट्याक्सीको मान्यता

कालेबुङ, 9 नोभेम्बर।
कालेबुङ नगरमा रहेको मारूती भेन, टाटा इण्डीका, वेगेनर आदिलाई महकुमा प्रशासनले ट्याक्सी नम्बर दिने भएपनि टाटा न्यानोलाई भने विभागले ट्याक्सी नम्बर नदिने भएको छ। महकुमा अधिकारी एलएन शेर्पाले आज मीडियालाई उक्त कुरा बताएका छन्‌।
 अहिले बजारमा सबैभन्दा सस्तो गाडीको रूपमा रहेको न्यानो कालेबुङमा पनि निक्कै भित्रिसकेको छ। कम मानिसहरूले नीजि प्रयोगको निम्ति मात्र न्यानो किनेको भएपनि धेरैले भने जीविकोपार्जन गर्न ट्याक्सी खेप्नकै निम्ति न्यानो ल्याएका छन्‌। 300 भन्दा धेर न्यानो अहिले कालेबुङमा आइसकेको छ भने अझ धेर न्यानो अर्डरमा रहेको बताइएको छ।  सस्तो दाममा न्यानो किनेर ट्याक्सी खेपेर जीवीकोपार्जन गर्छु भन्नेहरूलाई ट्याक्सी खेप्न नदिने विभागको निर्णयले निराश बनाइदिएको छ। ट्‌याक्सी खेप्नकै निम्ति किनेको न्यानोलाई ट्याक्सी नै खेप्न नदिने भएपछि भर्खरै भएका न्यानो मालिकहरू भने अहिले असमञ्जस्यतामा परेका छन्‌। महकुमा अधिकारीले किन ट्याक्सीको मान्यता नदिने भन्ने कुरा भने बताएनन्‌।

0 comments: on "न्यानोले कालेबुङमा पाएन ट्याक्सीको मान्यता"