मुख्य समाचार :


यो पालि पनि चुनाउ नहुेन नै भयो

कालेबुङ, १४ नोभेम्बर|
जीटीए गठन होस् नहोस्, सीमाङ्कन तय होस् नहोस्, पहिले नगरपालिका चुनाउ चॉंही लडि हाल्नुपर्छ भन्ने सोंचमा रहेको गोर्खा जनमुक्ति मोर्चाले नगरपालिका चुनाउको निम्ति पूर्ण तयारी गरिसकेको छ| यता जीटीए र ग्राम पञ्चायत चुनाउको सम्भावना थोरै कम्ति रहेको छ| सीमाङ्कनको कुरा मिले मात्र मोर्चा जीटीएको चुनाउ लड्ने छ अनि त्यसपछि मात्र ग्राम पञ्चायतको पालो आउने गोर्खा जनमुक्ति मोर्चाले घोषणा गरिसकेको छ| मोर्चामा नगरपालिका चुनाउलाई लिएर जति उत्साहित छ त्यति नै हतोत्साहित रहेका छन् पहाडका अन्य दलहरू| मोर्चा अध्यक्ष विमल गुरूङले आफ्ना वार्ड पार्षदहरूलाई नगरपालिका ६ महिना पनि जॉंदैन भेर मुखले त भनिरहेको छ तर अर्कोतिर नगर प्रशासन कसरी चलाउने भन्ने सम्बन्धमा दैनिकरूपले बैठकहरू गरिरहेको छ|
 नगरपालिका सञ्चालनको निम्ति केवल पार्षदहरू चुन्ने काम मात्र होइन वार्ड समिति बनाउने कार्यमा मोर्चा दिलो ज्यानले लागिपरेको छ| यता पहाडका अन्य दलहरूले भने पहाडमा गणतन्त्र नरहेको मात्र होइन नरपालिका चुनाउलाई लिएर राज्य सरकारले केवल गोर्खा जनमुक्तिसित मात्र बैठक गरेको अनि  चुनाउबारे पहाडको कुनै पनि अन्यपार्टीलाई अवगत नगराइएको समेत बताउँदै चुनाउ नलड्ने घोषणा गरिरहेको छ| क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले पहाडमा चुनाउको परिवेश नरहेकले नगरपालिका चुनाउ नलड्ने बताइसकेको छ भने आज अखिल भारतीय गोर्खालीगले पनि चुनाउ नलड्ने  घोषणा गरेको छ| अहिलेसम्म कुनै पनि विपक्षका दलहरूले नामाङ्कन पत्र भरेका छैनन्| केवल गोर्खा जनमुक्ति मोर्चाले मात्र अहिले भटाभट नामाङ्कन पत्र भर्ने कार्य गरिरहेको छ| पहाडको दोस्रो शक्तिशाली दल क्रामाकपाले चुनाउ नलड्ने भए पनि गोर्खालीगले पनि सोही कारण देखाएर चुनाउ नलड्ने भएको छ|
 यता पहाडको कंग्रेस अहिलेसम्म चुनाउलाई लिएर मौन देखिएको छ| थाहा लागे अनुसार कंग्रेसले नगरपालिका चुनाउ लड्न पर्ने हो होइन भन्ने कुराको निम्ति हाइकमाण्डको आदेश पर्खिरहेको छ|
 अहिलेसम्म तर कंग्रेस नगरपालिका चुनाउको निम्ति उति इच्छुक रहेको देखिएको छैन| यता माकपाले भने नामाङ्कन पत्र लिएको छ तर भरेर बुझाएको थाहा लागेको छैन| नगरपालिका चुनाउको निम्ति नामाङ्कन भर्ने मिति १५ नोभेम्बर रहेको छ|
 यसदिनसम्म मोर्चाबाहेक कस कसले नामाङ्कन पत्र बुझाउने हो कुनै निश्‍चित छैन| सबैले नामाङ्कन पत्र भर्ने अन्तिम दिनसम्मको प्रतीक्षा गरिरहेको छ|
यदि यसपल्ट अन्य कुनै पनि दलले नामाङ्कन पत्र भरेनन् भने चुनाउ लड्ने केवल मोर्चा मात्र हुने छ| केवल एउटा दललाई लिएर मात्र चुनाउ सम्पन्न गराइने हो होइन केही भन्न सकिन्न| एउटा मात्र दललाई लिएर चुनाउ सम्पन्न गराइने कुरा सम्भव भने छैन| साकारण पहाडमा नगरपालिका चुनाउ हुने नहुने अहिले निश्‍चित  छैन| पहाडमा गणतन्त्रको सवाल निक्कै गतिलो मुद्दा बन्दै गइरहेको छ, किन भने केवल चुनाउको बेला बङ्गालको पुलिस प्रशासनले जनताको सुरक्षा गर्ने कुरा पहाडको स्थायी समाधान होइन| गणतन्त्रको सवालले नै चुनाउको भविष्य तोक्ने देखिएको छ|

0 comments: on "यो पालि पनि चुनाउ नहुेन नै भयो"