मुख्य समाचार :


बिमल गुरूङको विकल्प तयार पारिएको पिपल्स फोरमको दाबी दिसम्बरमा घोषणा गरिने

कालेबुङ, १५ नोभेम्बर|
पिपल्स फोरम अहिले पहाडमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङको विकल्प तयार पार्ने कार्यमा तीब्ररुपले जुटिरहेको पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले बताएका छन्| यसैको निम्ति अहिले फोरमले सम्पर्क स्थापना गर्ने र आन्तरिक बैैठक चलिरहेको तिनले खुलासा गरेका छन्| तिनले भने अनुसार फोरमले तयार पारेको विकल्पलाई जनताले सहर्ष स्वीकार गर्नेछ| गुरूङले भने, फोरमले छुट्टैराज्यको मुद्दालाई राष्ट्रियकरण गर्नको निम्ति फोरमलाई राष्ट्रिय मञ्चमा रुपान्तरण गर्न राष्ट्रियस्तरमा नै सम्पर्क अभियान र बैठकहरू गरिरहेको छ| मञ्च अहिले दुइवटा कार्यमा जुटिरहेको छ| एउटा क्षेत्रीयस्तरमा विमल गुरूङको विकल्प अथवा गोर्खा जनमुक्ति मोर्चाको विकल्प राजनैतिक पार्टी स्थापित गर्नु अनि अर्को हो फोरमलाई राष्ट्रिय मञ्चमा स्थापित गर्नु|
 दुवैको फलाफल दिसम्बरभित्रमा अघि आउने छ| तिनी अनुसार गोर्खा जनमुक्ति मोर्चाले बङ्गालको हीत र केन्द्रको कठपुतली हुने कार्य गरेको कारण देशमा गोर्खाहरूले छुट्टैराज्य माग्ने परिवेश विथोल्दै लगिरहेको छ| क्षेत्रीयस्तरमा पनि मोर्चाले कुनै पनि दलले छुट्टैराज्यको निम्ति अघि आउने राजनैतिक पार्टीबाट सधैँको निम्ति विश्‍वास उठाउँदै गइरहेको छ| तिनले भने, आन्दोलन गर्‍यो तर पहाडकै संसाधनहरू नष्ट गरियो| त्यसको पुनिर्माणको निम्ति राज्य होइन काउन्सिलको दाबी गर्न सजिलो बाटो बनाइयो|
 आफै बाटो भत्काउँदै, भत्किएको बाटोको निम्ति आन्दोलन गर्दै अनि आफै नै त्य्ही बाटोको ठेकेदार हुँदै बाटो बनाएर, हामीले नयॉं काम गर्‍यौं  भनिरहेको छ| मोर्चाको यस्तो स्वार्थको कारण फेरि पनि जनताले कुनै पनि छुट्टै राज्यप्रतिको इमान्दार दललाई विश्‍वास गर्न नसक्ने परिवेशको निर्माण गरिरहेको छ|
 मोर्चाले अहिलेसम्म जनतालाई दिएको कुनैपनि बचन पुरा नगरेको बताउँदै तिनले भने, नगरपालिका चुनाउ लड्नुभन्दा अघि गोर्खाल्याण्डको निम्ति गरिएको असहयोग आन्दोलनले रोकेको सबै बीलहरूको अवस्था के हुन्छ, त्यसको छिनाफाना गर्नुपर्ने थियो| फेरि पनि असहयोग आन्दोलन गर्ने दललाई मोर्चाको कुटनीतिको कारण विश्‍वास गर्न सक्दैन|
 मोर्चाले कुनै पनि दलले अब छुट्टैराज्यको आन्दोलन गर्न नसकोस् भनेर नै जनपीडक कार्यक्रमहरू गरेको गुरूङको आरोप छ| तिनले भने, सरकारसित मिलेर मोर्चामा जनताको मुद्दालाई दबाउनुमा कस्तो बाध्यता छ? पहाडका जनताले सत्य करा थाहा पाएको दिन मोर्चा र मोर्चाका नेताहरुको अवस्था खराब हुनेसमेत गुरूङले बताए| तिनले भने, फोरमले बङ्गालबाटको मुक्तिको  लडाईँ गर्ने छ| गुरूङले मोर्चाले अहिले नगरपालिका चुनाउको निम्ति पहाडमा गणतान्त्रिक परिवेश नरहेको पनि बताएका छन्| तिनले भने, जहॉं दिउँसै देशलाई देखाउने योग्य गोर्खे नेता मदन तामङको हत्या गरियो| हत्याराहरूलाई पक्राउ गर्नको साटो हत्याराहरूलाई चुनाउमा सम्मिलित गराइएको छ| जसलाई पक्रिनुपर्ने उसलाई चुनाउमा उतारेपछि कसरी पहाडमा गणतन्त्र छ भनेर भन्ने? स्वतन्त्र उठ्नेहरूलाई सामाजिक वहिष्कार गर्ने काम भइरहेको छ| वास्तवमा ममता व्यानर्जीले गोर्खाहरूको भविष्यमाथि खेलवाड गर्न दिइरहेकी छन्| गुरूङले विमल गुरूङले पहाडमा समस्याहरूको पहाड स्थापित गरेको भन्दै अस्थायी कर्मचारी, बील अनि जीएलपीको समस्या निक्कै गम्भीर रहेको पनि बताए|
 तिनले भने, जीएलपीलाई गोर्खाल्याण्ड पुलिस बनाउने भन्दै भर्ना गरिएको छ| उनीहरूलाई विभिन्न किसिमको टे्रनिङ पनि दिइएको छ| उनीहरूलाई सही व्यवस्थापन नगरे पहाडमा विऋृङ्खल परिस्थितिको निर्माण हुने छ| यसको जिम्मेवार कसले लिने? मोर्चाले अब छुट्टैराज्यको आन्दोलन नै  गर्न नसक्ने भएपछि नै अब विमल गुरूङको विकल्पमा शक्तिशाली राजनैतिक पार्टी अनि राष्ट्रिय फोरमको निर्माण गरिने तिनले बताएका छन्|

0 comments: on "बिमल गुरूङको विकल्प तयार पारिएको पिपल्स फोरमको दाबी दिसम्बरमा घोषणा गरिने"