मुख्य समाचार :


सानुमति गाउँबुढा

कालेबुङ, 4 नोभेम्बर।
कालेबुङकी वयोवृद्ध साहित्यकार सानुमति राईलाई यसपल्ट बसिबियॉंलोले गाउँबुढाको उपाधीले सम्मान गर्ने भएको छ। बसिबियॉंलोलाई यसपल्ट शतकीय प्रकरणकोरूपमा पालन गरिने भएको छ। भोलिदेखि शुरू हुने दुइदिने कार्यक्रमबीच सानुमति राईलाई गाउँबुढाको उपाधीले सम्मान गर्ने शमशेर अलीले जनाएका छन्‌। यस अधि दसरथ घिमिरे, महानन्द पौड्याल अनि नरबहादुर दाहाललाई यो उपाधीले सम्मान गरिसकिएको छ। 5 अनि 6 नोभेम्बरको दिन राष्ट्रियस्तरीय कार्यक्रम गर्ने अनि देशका विभिन्न भाषाका साहित्यकारहरूले पनि कार्यक्रममा अंशग्रहण गर्ने जनाइएको छ।

0 comments: on "सानुमति गाउँबुढा"