मुख्य समाचार :


जीटीएपछि पर्यटकहरूको आगमनमा हुँदैछ वृद्धि टुरिस्ट फेस्टिबल गर्ने होर्‍याकको योजना

प्रज्ज्वल छेत्री
कालेबुङ, 23 अक्टोबर।
होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ कालेबुङले 20 दिसम्बरदेखि पॉंच जनवरीसम्म कालेबुङमा पनि टुरिस्ट फेस्टिवल आयोजना गर्ने मन बनाएको छ। अहिले नै मिति पक्कापक्कि नभएपनि प्रायः दिसम्बरकै अन्तदेखि नै टुरिस्ट फेस्टिबलको आयोजना गरिने होर्‍याकका अध्यक्ष सञ्जय कुमार प्रधानले बताए। मोर्चाले शुरू गरेको गोर्खाल्याण्ड आन्दोलकाल अवधी पहाडमा तहस नहस बनेको मुख्य आयस्रोत पर्यटन फेरि विस्तारै  मौलाउँदै आइरहेको छ। बङ्गाल सरकारले पहाडलाई सँधैं वङ्गालकै अशं बनाएर राख्नुको कारणहरूमध्ये पनि एक पहाडको पर्यटन नै हो। पर्यटनबाट धेरै राजस्व संग्रह हुने भएकोले दार्जीलिङ पहाडलाई बङ्गालले  कुनै पनि हालतमा छुट्टिन दिँदैन। एकापट्टि छुट्टिन पनि नदिने अनि अर्कोपट्टि पर्यटकहरू दार्जीलिङ पहाड आउँदा लोभिने बङ्गालले पहाडको पर्यटनको विकासमा भने आजसम्म उत्ति चासो देखाएको छैन। दार्जीलिङ जस्तो जे छ प्राकृतिकरुले नै छ। पहाडमा जब जब आन्दोलन हुन्छ वा कुनै आपतकालीन सङ्‌कट आइपर्छ बङ्गाललाई सबैभन्दा धेर पर्यकटहरूको चिन्ता हुन्छ। पहाडबासीको चिन्ता भन्दा धेर पर्यटकहरू कतै दार्जीलिङ आउँदैनन्‌ कि भन्ने डर हुन्छ। तीन वर्षभन्दा अधिक समयसम्म लथालिङ भएको पहाडमा जीटीएको सम्झौतापछि भने फेरि स्थितिहरू सामान्य बन्दैछ अनि देश-विदेशका पर्यटकहरू पनि त्रासमुक्त भएर दार्जीलिङ पहाड चड्‌दैछन्‌।
 सरकारले पहाडको पर्यटन विकासको निम्ति उति चासो नदेखाएपनि पहाडको प्राकृतिक दृश्यहरूको अवलोकन गर्नकै निम्ति मात्र भएपनि देशी विदेशी पर्यटकहरू दार्जीलिङ पहाड आउँछन्‌। यसघरी कालेबुङमा पनि पर्यटकहरू बिगत वर्षहरूको तुलनामामा धेरै नै आउन थालेका छन्‌।
 कालेबुङमा अहिलेघरि  पर्यटकहरको आगमनमा भइरहेको वृद्धि सन्तोषजनक रहेको बताउँछन्‌ होर्‍याकका अध्यक्ष सञ्जय कुमार प्रधान। तिनीअनुसार नोभेम्बर अनि दिसम्बरमा कालेबुङमा पर्यटकहरूको आगमानमा धेरै नै वृद्धि हुने सम्भावना छ। नोभेम्बर-दिसम्बरको निम्ति प्रायः होटलहरूको बुकिङ भइसकेको छ। लाभा, रेशप अनि कफेरतिर पनि पर्यटकहरूको आगामनमा दिनोदिन वृद्धि भइरहेको छ। पहाडको राजनैतिक स्थिति सामान्य बए पनि भर्खर आएको भउइँचालोले पर्यटन व्यवसायलाई केही हद नोक्सान पुर्‍याएको थाहा लागेको छ।
त्यसबेला धैरे बुकिङहरू रद्द भए पनि एक महिनाभित्र फेरि बुकिङको शिलशिला शुरू भएको छ। आफ्नै लागतमा निर्माण गरिएका केही पर्यटकीय स्थलहरूमा बसेर अनि हरियाली पहाडको मनोरम दृश्यहरू हेरेर नै पर्यटकहरू फर्कन्छन्‌। यदि सरकारले  कुनै ठूलो लागतमा पर्यटन विकासको निम्ति दार्जीलिङ पहाडलाई ध्यान दिए पर्यटन नै पहाडबासीको निम्ति मुख्य आयस्रोत बन्नसक्छ।  दार्जीलिङ पहाडमा जे जति पर्यटकीय स्थलहरू रहेको छ त्यसलाई अझ सुन्दर बनाउन हो भने राजस्व संग्रह गर्न मात्र होइन  त्यसको सुन्दरीकरणमा पनि सरकारले ध्यान दिन आवश्यक रहेको छ।  कालेबुङमा पनि सुन्दर प्राकृतिक पर्यटकीय स्थलहरू धेरै रहेको छ। जसलाई ध्यान दिएर  नयॉं टुरिस्ट स्पोटहरूको निर्माण हुनसके कालेबुङमा घुम्न आउने पर्यटकहरूको आगमनमा धेरै वृद्धि हुनसक्ने ठान्छन्‌ मानिसहरू। कालेबुङ आएका पर्ययहरूको घुम्ने ठाउँ भनेको नै मुख्य रूपमा डेलो, दुर्विन, रेशप, लाभा कफेर, जलढका, तोदेताङ्‌ता. विन्दु तथा अन्यहरू ठाउँहरू हुन्‌। यसबाहेक आफ्नै लागतमा बनाइएका अन्य पर्यटकीय स्थलहरू रहेका छन्‌ जहॉं गएर पर्यटकहरू मन भुलाउने गर्छन्‌। पर्यटकहरूको निम्ति आवश्यकीय सुविधाहरू उपलब्ध नभएपनि दार्जीलिङ पहाडप्रतिको प्राकृतिक वरदानको कारण मात्र हो विश्वमा नै दार्जीलिङ पहाड एक पर्यटकीय स्थलमा रूपमा चिनिन्छ। यदि दार्जीलिङ पहाडलाई बङ्गालले आफ्नो मकुट मानेर राख्ने मात्र होइन मकुटलाई स्याहार सुसार पनि गरे मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ पहाडको निम्ति सॉंचेको स्वीटजरल्याण्ड सपना पूरा हुँदैन भन्न सकिन्न।

0 comments: on "जीटीएपछि पर्यटकहरूको आगमनमा हुँदैछ वृद्धि टुरिस्ट फेस्टिबल गर्ने होर्‍याकको योजना"