मुख्य समाचार :


बिजनबारी काण्ड ‘न्यायिक जॉंच नहुनुमा राजनैतिक षडयन्त्र’

कालेबुङ, 31 अक्टोबर।
बिजनबारी घटनास्थलमा क्रामाकपाले स्थलगत भ्रमण गरेपछि आज एक पत्रकार सम्मेलन डाकेर घटना भएको यतिदिनपछिसम्म पनि न्यायिक जॉंच नहुनुमा राजनैतिक षडयन्त्र रहेको दाबी गरेको छ। क्रामाकपा उपाध्यक्ष जेबी राईले स्थलगत भ्र्रमण गरेपछि धेरैवटा तथ्यहरू अघि आएको बताउँदै घटनाको कारण त्यहॉं आयोजित राजनैतिक जनसभा अनि मेला रहेको स्पष्ट पारे।
यस कुरालाई ममता व्यानर्जी बिजनबारी नपुग्नुले पनि पुष्टि गर्ने बताउँदै तिनले भने, पुल भत्किएको अनि अनि मानिसहरूको मत्यु भएको कुरा राज्यपाललाई थियो, जुन कुरा ममता व्यानर्जीलाई बताइएको कारण नै दिल्लीबाट कोलकाता भर्खर आइपुगेकी मुख्यमन्त्री बिजनबारीको खबर पाएर रातारात दार्जीलिङ आइपुगे पनि बिजनबारी झरिनन्‌। यसको कारण के हो? तिनले पुलसित बिजुलीको तार चुँडिएको, प्रशासनिक अनुमति बिना नै मेला अनि राजनैतिक जनसभा गरेको कुरा जिल्लापाललाई थाहा रहेको अनि मुख्यमन्त्रीलाई सबैकुरा बताएकोले मुख्यमन्त्रीले पीडितहरूको सामना गर्ने आँट नगरेर दार्जीलिङबाट नै क्षतिपूर्ति राशिको घोषणा गर्नु परेको पनि राईले जनाए। तिनले भने, घटनाबारे कुनै पनि पक्षको सही विवृति आएको छैन। 32 जनाको ज्यान गएको बताइए पनि हामी भ्रमणमा जॉंदा 42 जनाको ज्यान गएको, 50 भन्दा धेरै घाइते रहेको अनि धेरै संख्यामा अपङ्ग रहेको पत्तो लागेको छ। ममता व्यानर्जीले एक मान्छेलाई गाडीले कुल्चिँदा न्यायको निम्ति राजनैतिक ताण्डव गर्थिन, नन्दीग्रामको निम्ति यसरी नै लडिन्‌, टाटा न्यानो हटाउने लडाईँ गरिन्‌, तिनै ममता व्यानर्जीले बिजनबारी काण्डमाथि न्यायिक जॉंच नगराउनुको पछि के रहस्य छ? तिनले घटना हुनुमा जो संलग्न थिए उनीहरूलाईे बचाउनको निम्ति, गोर्खाल्याण्डको आन्दोलनलाई  विकाससित सम्झौता गर्ने जुन दल छ, आन्दोलनबारे विभ्र्रान्ति ल्याउने दल छ उसलाई अप्ठ्यारो नपरोस्‌ भनेर ममता व्यानर्जी बिजनबारी नजाने निर्णय लिएको बताउँदै घटनामाथि न्यायिक जॉंच हुनुपर्ने बताएका छन्‌। तिनले कलेजको शिलान्यास अथवा कलेजको निम्ति रहेको जमीनबारे पनि जॉंच हुनुपर्ने पनि जनाएका छन्‌। गोर्खाल्याण्डको अधिकारबाट बञ्चित गराउने षडयन्त्र त छँदैछ देशको कानूनबाट पनि मान्छेले जिउने अधिकार, सुरक्षा र सहुलियतबाट पनि बञ्चित गराउने कार्य भइरहेको छ, जसको विरोध क्रामाकपाले गर्नेछ-तिनले भने।

0 comments: on "बिजनबारी काण्ड ‘न्यायिक जॉंच नहुनुमा राजनैतिक षडयन्त्र’"