मुख्य समाचार :


सन्तोषले आजपनि पाएनन्‌ जमानत ‘म ईश्वरको पार्टी गर्छु’

मनोज बोगटी
कालेबुङ, 21 अक्टोबर।
कालेबुङ स्टोभ बम विस्फोट काण्डमा पक्रा परेका जीएलओ प्रमुख छत्रे सुब्बाको छोरा सन्तोष सुब्बाले आज पनि जमानत पाएनन्‌। तिनलाई आज फेरि एकचोटि न्यायलयमा उभ्याइयो। तिनले जमानतको निम्ति अपिल गरेको भएपनि न्यायधिशले तिनको जमानत अस्वीकार गरिदिए। तिनलाई फेरि 15 दिनको न्यायिक हिरासतमा पठाइएको छ। 4 नोभेम्बरको दिन फेरि तिनलाई न्यायलयमा उभ्याइने छ। 26 जुलाइको विहान मोटर स्ट्याण्डमा राखिएको उत्तर बङ्गाल परिवहन निगमको बसमा विस्फोट भएको लगत्तैपछि सार्वभौम राष्ट्रको माग गर्ने यूएलए नामक भूमिगत भनिने सङ्गठनका प्रमुख एम. थगिमले घटनाको जिम्मेवारी लिएको थियो। यसको लगत्तैपछि 29 जुलाइको दिन पुलिसले सन्तोषलाई रेलिरोडस्थिति तिनको गिर्जा अघिबाट नै पक्राउ गरेको थियो। पक्रा परेको तीन महिना पुग्नलाग्दा पनि तिनको न त दोष नै प्रमाणित भइसकेको छ न त तिनले जमानत नै पाउन सकेका छन्‌। कयौंचोटी न्यायलयमा उभ्याएपनि तिनीविरूद्ध दुइवटा गैरजमानती मुद्दा रहेकोले तिनलाई अहिलेसम्म जमानत नदिइएको तिनको पक्षमा मुद्दा लडिरहेका अधिवक्ताको भनाइ छ। घटनाको जिम्मेवारी लिने एम. थेगिमको रहस्य अझसम्म रहस्य नै बनेको छ। आज सन्तोष सुब्बाले मीडियालाई सम्बोधन गर्दै स्पष्ट भाषामा भने, मलाई षडयन्त्र गरेर फँसिाएको छ। को हुन्‌ थेगिम, म चिन्दिन।  किन मलाई थेगिमसित जोडिरहेका छन्‌, त्यो पनि म जान्दिन। म निर्दोष छु, यति मलाई थाहा छ। तिनले आफू कुनै पनि राजनैतिक सङ्गठनमा नरहेको बताउँदै भने, मलाई राजनैतिक पार्टी खोल्यो भनेर दोष लगाइएको पनि मीडियाबाट नै थाहा पाएँ। राजनीति गर्ने भएदेखि म उहिल्यैदेखि गर्ने थिएँ। म कुनै राजनैतिक पार्टी गर्दिन गर्छु भने ईश्वरको पार्टी मात्र गर्छु। सन्तोष सुब्बा पक्रा पर्दा रेली रोडको गिर्जा अघि थिए। तिनी गिर्जा सकेर वाहनमा थिए। त्यसैबेला तिनलाई पुलिसले पक्राउ गर्‍यो। आज पनि तिनले तिनको परमेश्वरमाथि नै विश्वास रहेको बताउँदै भने, ई़श्वरले देखिरहेका छन्‌ म निर्दोष छु। तिनलाई तिनीमाथि चलिरहेको कानूनी प्रक्रियालाई हेर्दा न्याय हुने कतिको आशा लागेको छ भन्ने प्रश्न गर्दा पनि भने, परमेश्वरको भरोषामा छु। जे गर्नेछन्‌, उनैले गर्नेछन्‌। स्मरणीय छ,बाबु छत्रेको रिहाइ हुनअघि नै पक्रा परेका सन्तोषलाई प्रशासनले न्यायलयमा उभ्याउँदै फेरि हिरासतमा पठाउँदै समय काट्‌ने काम गरिहेको छ। जसरी घिसिङ हमलाकाण्डमा पक्रा परेका छत्रेलाई 11 वर्षसम्म त्यसरी नै जेलमा सडाइयो। छत्र सुब्बालाई 11 वर्षसम्म सडाएपछि अन्तमा कुनै दोषको प्रमाण नपाएको भन्दै मुक्त गर्ने कार्य बङ्गालको न्यायपालिकाले गरेको थियो। यसै बङ्गालको न्यायपालिकादेखि वाक्क दिक्क बनेका छत्र सुब्बाले छोराको पक्राउ अनि तिनीमाथि चलिरहेको कानून प्रक्रिया सम्बन्धमा भनेका थिए, यदि छत्रेको छोराले दोष गरेको छ भने सजाय पनि पाउनुपर्छ तर यदि दोष छैन र पनि जेलमा नै सडाएर राख्न खोज्छ भने छत्रेले सहने छैन। 11 वर्षसम्म जेलमा सडेर दोषमुक्त भएका छत्रेको रिहाइअघि नै स्टोभ बम विस्फोटकाण्डमा छोरा सन्तोष पक्राउ गर्नु गोर्खाल्याण्डका कट्टर पक्षधर छत्रेले फेरि जेलमुक्त भएर कुनै क्रियाकलाप गर्छन्‌ भनरे नै सन्तोषलाई मुंग्रो झण्डाइको हुनसक्ने राजनैतिक पर्यवेक्षकहरू ठान्छन्‌। त्यसै सोझै आँखाले हेर्दा पनि छत्रकोे रिहाइअधि नै  छोराको पक्राउ हुनु शंकास्पद नै देखिन्छ।  अहिले जेलमुक्त भएपछि आराम गर्नचाहन्छु भन्ने छत्रेले फेरि छुट्टै राज्यको निम्ति कुनै क्रियाकलाप गरे आफूलाई जस्तै छोरा सन्तोषलाई पनि प्रशासनले कुनै प्रमाणबिना पनि सडाएर राख्नसक्छ भन्ने भय हुनैसक्छ। छत्र त्यसै घरै त बस्न सक्दैनन्‌ भन्ने ठान्छन्‌ राजनैतिक सचेतकहरू। त्यसैले पनि सन्तोषलाई पक्राउ गरेर छत्रेको निम्ति  मुंग्रो झण्डाएदिएको हुनैसक्छ भन्ने अनुमान राजनैतिक पर्यवेक्षकहरू गर्छन्‌। मुंग्रो झुण्डाइएकै हो भने पनि जतिदिनसम्म सन्तोष जेलमा रहन्छन्‌ तबसम्म छत्रेको मौनता रहिरहन्छ त? यही प्रश्न अहिलेको उठिरहेको छ।

0 comments: on "सन्तोषले आजपनि पाएनन्‌ जमानत ‘म ईश्वरको पार्टी गर्छु’"