मुख्य समाचार :


छुट्टैराज्यको निम्ति जोइन्ट एक्सन कमिटी बनाइने 12 नोभेम्बर सर्वदलीय बैठक

कालेबुङ, 31 अक्टोबर।
दार्जीलिङ पहाडको  राजनीतिमा अहिले निक्कै चहलपहल बढिरहेको भएपनि भारतीय गोर्खा परिसङ्घ भने सबै राजनैतिक दल, सङ्घ-संस्था अनि वरिष्ट नागरिकहरूलाई लिएर गोर्खाल्याण्डको निम्ति साझा मञ्च तयार गर्नपट्टि लागिपरेको छ।
 गोर्खाल्याण्डको निम्ति सामुहिक रणनीति बनाउन भागोपले कसरत गरिरहेको छ। 23 अक्टोबरमा भागोपले सिलगडीमा सर्वदलीय बैठक बोलाएको भएपनि बिजनबारीको घटनाले कतिपय राजनैतिक दलहरूले बैठकमा सहभागिता जनाएन। केही राजनैतिक दल अनि सङ्घ-स्थाहरूलाई लिएर बैठक भएपनि बैठक निष्कर्ष बिहिन रह्यो। फलस्वरूप भागोपले फेरि 12 अक्टोबरको दिन कालेबुङमा नै सर्वदलीय बैठक गर्न राजनैतिक दल अनि सङ्घ-संस्थाहरूलाई निमन्त्रणा गरेको छ।
कालेबुङमा हुने बैठकमा नै जोइन्ट एक्सन कमिटी फर गोर्खाल्याण्ड गठन गरिने अनि आगामी रणनीति तय गरिने टास्क फोर्सका राष्ट्रिय अध्यक्ष आर मोक्तानले जनाएका छन्‌। यता गोर्खा जनमुक्ति मोर्चा विकासको पहलमा लागिपरेको छ अनि मोर्चाले छुट्टैराज्यको सवालमा राजनैतिकरुपले नै हात उठाएपछि भागोपले राजनैतिक अनि गैरराजनीतिक दलहरूलाई लिएर राष्ट्रियस्तरमा नै छुट्टैराज्यको आन्दोलन गर्ने तयारी गरिरहेको छ।
भागोपको यस्तो तयारीपछि नै देखापरेको मोर्चा र आविपबीचको विकासको मुद्दामा राजनैतिक समिकरणले भागोपको पहलमाथि लङि्‌क लगाउने हो कि भन्ने शंका पनि गरिन थालिएको छ। यता ममता व्यानर्जीले नै तराई र पहाडलाई मिलाएर राख्ने बताएकोले कुनै पनि परिस्थितिमा तराई-डुवर्स अनि पहाडमा छुट्टैराज्यको आन्दोलनलाई टाउको उठाउन नदिइने शंका गरिए पनि भागोपले आन्दोलनलाई क्षेत्रीय नबानाएर राष्ट्रिय बनाउने बताइसकेको छ।
    यता तराई, डुवर्स र पहाडमा विकासको पहल शुरू भएपछि प्रस्तावित क्षेत्रबाट आन्दोलन हुन सम्भव छैन यसकारण भागोपलाई राष्ट्रिय आन्दोलन गर्न  राष्ट्रिय सहमति जुटाएर प्रधावकारी आन्दोलन गर्नुपर्ने दायित्व आइपरेको पनि देखिएकोछ।

0 comments: on "छुट्टैराज्यको निम्ति जोइन्ट एक्सन कमिटी बनाइने 12 नोभेम्बर सर्वदलीय बैठक"