प्रज्ज्वल छेत्री कालेबुङ, 26 सितम्बर।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले आज आपातकालीन बैठक बोलाएर केन्द्रिय समितिका नेताहरूदेखि लिएर जोनल कमिटी अनि शाखा प्रतिनिधिहरूलाई भक्कुचुर हपारे। मोर्चा केन्द्रिय समिति अनि क्षेत्रीय स्तरका नेताहरू आज विमल गुरूङको गाली सुन्न बैठकमा उपस्थित भएको जस्तो मात्र भयो। विधायक डा. हर्कबहा


आफ्नो पार्टीका प्रतिनिधिहरूको स्वार्थीपनले अध्यक्ष निक्कै नै रुष्ट बनेका थिए। तिनले आफ्नै प्रतिनिधिहरूलाई व्यङ्ग्य कस्दै भने, भित्ता धस्किएको भए, झोडा भत्किएको भए, टेण्डर र स्टिमेटको निम्ति प्रतिनिधिहरू छिट्टो पुग्थ्यो होला तर यहॉं यस्तो छैन। घर भत्किएको छ. खाना पुगेको छैन। खाना पुर्याउनुपर्छ। लाउने लुगा छैन। यसबाट कमाउन सक्दैन यसकारण नै कोही पनि नपुगेका होलान्। तिनले प्रतिनिधिहरूलाई सम्झाउँदै भने, प्रतिनिधिहरूको यस्तो चालाले मोर्चाका नेताहरू भित्ता र झोडाको काममा मात्र लाग्यो नभनोस्। दुःखमा पनि सुखमा पनि, बिहेमा पनि मरौमा पनि सहयोग गर्नु पर्छ। खुट्टालाई अलिकति भए पनि काममा लगाउनुपर्छ। अहिले सहयोग गर्ने हात बढे मात्र पछि हजारौं सहयोगका हातहरू पाइन्छन्।
तिनले आफू राजनीति गर्न नआएको तर जातिको उन्मुक्तिको निम्ति आएको बताउँदै प्रतिनिधिहरूले सहीरूपले काम नगरे कान तान्न पनि जान्ने बताए। तिनले आइलामा जस्तो दुइ नम्बरी काम हुनु नहुने कुरामा सचेत गराउँदै भुइँचालो पीडितहरूको रिपोर्ट प्रत्येक जोनले सहीरूपले बुझाउनुपर्ने पनि जनाए। गुरूङले महकुमा मात्र होइन केन्द्रिय नेताहरूलाई पनि छोडेनन्। कालेबुङको राजनीतिदेखि वाक्क भइसकेको बताउने गुरूङले केन्द्रिय नेताहरूलाई सोझै औंलाउँदै भने, लिडर हो भने जनहीतको निम्ति काम गर, बेकारको कुरामा नलाग। चप्पल चुट्टिँदा र जुत्ता फाट्दा पनि पोल लगाउनु हुँदैन।
केन्द्रिय कमिटीले याद राख्नुपर्छ, फाल्टो कुरामा लाग्दा आफू पनि चिप्लिएला। यस्तो खाले राजनीति कालेबुङमा बारम्बार हुँदैछ। जनता सही ठाउँमा छन्। जनतालाई उठाएर घरि यता घरि उता लाने काम हुँदैछ। यस्तो काम नेताहरूबाट भइरहेको छ। यस्तो काम कसैले पनि नगरिदिनु। म काम गर्ने मान्छे हुँ, ठग्नेहरूलाई सहनु सक्दिन। केन्द्रिय समितिलाई दुइहात जोडेर विन्ति गर्छु, जनतालाई हसाउँनु पनि पाप हो रुवाउनु पनि पाप हो। यस्तो गर्नु हुँदैन।
तिनले कालेबुङमा दादागिरी शुरू भइहाल्ने जनाउँदै व्यङ्ग्य पनि गरे। तिनले आफू छेउमा आएर उभिएर फोटो खिच्ने अनि फोटो लगेर कन्ट्राक्टरहरूलाई देखाएर पर्सन्टेज असुल्नेहरू धुर्तहरू पनि कालेबुङमा प्रशस्तै भेटिएको बताउँदै भने, म त बिमल गुरूङको खास मान्छे भन्दै फोटो देखायो अनि पैसा खायो। यस्तोहरू पनि कालेबुङमा छन्। तिनले यस्तो प्रतिनिधिहरूदेखि वाक्कदिक्क बनिसकेको बताउँदै कतिपय जोनल कमिटी विघटन गरी नयॉं बनाउने अनि समष्टी पनि बनाएर प्रतिनिधिहरूलाई आफ्नो काम जिम्मा लगाउने पनि बताए। कालेबुङमा पार्टीको अन्तरकलह र अनियन्त्रित तालमेलको भेद खोल्दै अझ भने, बिमल, आशा गुरूङ आउँछन्, जनताको हालखबर सोध्छन्। यहीकाले त्यसो किन गर्दैनन्? यहॉं किन भित्रभित्र नै विवाद मात्र हुन्छ? किन कलह मात्र हुन्छ? किन पोल हालाहाल मात्र हुन्छ कालेबुङको निम्ति जीटीएबाट पनि धेरै योजनाहरू बनाएको छ।
कालेबुङमा नै धेरै काम पनि हुने छ। तर यहॉंका प्रितिनिधिहरूले भने किन बेकारको कुरामा लाग्छ? तिनले अझ भने, यस्तो मात्र हुन्छ र कालेबुङ पार्टीबाट छुट्टिन नै चहान्छ भने, छुट्टिनु, म छुट्याइदिन्छु। कालेबुङका प्रतिनिधिहरूले पार्टीको अहित हुने काम गर्नु भन्दा जीटीएको फण्डलाई कसरी प्रयोग गर्नुपर्ने भन्नेबारे कसैले पनि नसोंचेको पनि तिनले आरोप लगाए। कालेबुङभित्रको द्वन्द्व देखेर नै केन्द्रिय विश्वविद्यालय पनि मङ्पूमा बनाइने भएको पनि गुरूङले खुलासा गरे।
0 comments: on "कालेबुङले खायो अध्यक्षबाट गाली"
Post a Comment