मुख्य समाचार :


नशालु पदार्थसहित युवक पक्राउ

प्रज्ज्वल वोगटी
कालेबुङ, 4 अगस्त।
रम्फू चेकपोस्टबाट आज पुनः भारी मात्रामा नशालु पदार्थसहित एक युवकलाई रम्फू थानाले पक्राउ गरेको छ। पक्रा परेका युवक 23 वर्षीय सुकदोर्जे शेर्पा रम्फू गोसखान सिक्किम निवासी हुन्‌।
रम्फू थानाको सक्रियतामा पक्रा परेका सुकदोर्जे शेर्पाबाट प्रशासनले 100 बोटल रेकोडेक्स अनि 35 फाइल प्रोक्सिवन फेला पारेको छ। रम्फू थानाका प्रभारी विजय तामाङले बताएनुसार ती नशालु पदार्थहरूलाई युवकले सिक्किम भित्राउन चाहन्थे। तर सुत्र मार्फत नशालु पदार्थ सिक्किम लैजॉंदै गरेको थाहा पाएपछि आज रम्फू चेक पोस्टमा तिनलाई पक्राउ गरिएको हो। चॉंड़ै पैसा कमाउने प्रलोभनमा फँसेर नशालू पदार्थहरू वेचविखन कार्यमा यस्ता युवाहरू लागिपरेको अनि नशालू पदार्थहरू सिक्किम लगेर त्यहॉंका कैयौं युवाहरूलाई कुलतमा फँसाउनलाई यस्ता नशालू पदार्थ विचविखन कार्य भइरहेको तिनले जनाए।
अझ पनि यस्ता धेरै कुकार्यमा संलग्न व्यक्तिहरू रहको अनि यस्ता व्यक्तिहरूलार्ई रोक्न जरूरी रहेकले प्रशासनले तीब्र रूपमा पहल गर्दै आइरहेको जनाए। पक्रा परेका युवकलाई ड्‌ग्स एण्ड कस्मेटिक एक्ट अन्तर्गत मुद्दा दर्ता गरिने भएको छ। राजमार्ग क्षेत्रमा नशालू पदार्थहरू वेचविखन कार्य हाल तीव्र रूपमा बढ़ेर गएको छ।

राजमार्ग क्षेत्र नशालू पदाथर्र्हरू ओसार पसार गर्ने मुख्य बाटो बनेपछि पुलिस प्रशासन अनि स्थानीय युवाहरूले नशालू पदार्थ वेचविखन कार्यमा रोक लगाउन सक्रिय भुमिका निर्वाह गर्दै आइरहेका छन्‌ भने लगभग दुइ महिनाभित्रमा धेरपल्ट ड्‌ग्सखोरहरूलाई पक्राउ गर्न पनि सफल बनेका छन्‌।

0 comments: on "नशालु पदार्थसहित युवक पक्राउ"