मुख्य समाचार :


स्वतन्त्रता दिवस कप आरम्भ

मुख्य अतिथि भाइचुङ भोटियालाई सम्बर्द्धना
प्रज्ज्वल वोगटी
कालेबुङ, ६ अगस्त।
कालेबुङ स्पोट्‌र्स एसोसिएशनको आयोजनामा आजदेखि यहॉंको मेलाटारमा स्वतन्त्रता दिवस कप 2011 आरम्भ भयो। कार्यक्रममा मुख्य अतिथिको रूपमा भारतीय फुटबल दलका कप्तान भाइचुङ भोटिया आज कालेबुङ आइपुगेका थिए।
सोही अवसरमा आयोजक पक्षबाट सभापति उर्गेन लामाले भोटियालाई तिनको फुटबलप्रतिको योगदानलाई कदर गर्दै प्रशस्ती पत्र सहित सम्मान जनाए।

भारतीय दलका कप्तान भाइचुङ भोटियाले पत्रकारहरूसँगको कुराकानीमा आफू नौ महीनादेखि अस्वस्थ रहेको अनि स्वास्थ्य ठीक भएपछि पुनः भारतीय टीममा फर्कने बताउँदै पहाड़का खेलाड़ीहरूलाई उत्साह प्रदान गर्न उनी कार्यक्रममा उपस्थिति दिन आएको बताए। तिनले आफ्नोमा योग्यता भए ठूल्ठूला क्लब अनि देशकै निम्ति पनि पहाड़का खेलाड़ीहरू पुग्न सक्ने बताउँदै आफ्नो योग्यताको आफूले सही कदर गरेर परिश्रम गर्नुपर्ने जनाए। आज भएको पहिलो खेल 11 जीआर लखनऊ बनाम यूनाइटेड पाखिममाझ भीड़न्त भएको थियो। जसमा शून्यको विरूद्ध सात गोल गरी 11 जीआरले एकतर्फी जीत हासिल गर्‍यो। यसरी नै भोलि हुने खेल सलुवा बनाम 4-1 जीआर सत्र माइलमाझ सम्पन्न हुनेछ।

0 comments: on "स्वतन्त्रता दिवस कप आरम्भ"