मुख्य समाचार :


सिक्किमको फन्को

गान्तोक सहरको उत्तरी सीमा तिब्बत, पूर्वी सीमा भूटान, पश्चिमी सीमा नेपाल र दक्षिणी सीमा बंगालबाट नजिक छ। लगभग ५० हजार जनसंख्या रहेको यो सहरमा आधुनिक एवं प्राकृतिक सौन्दर्यको सुन्दर मिश्रण देख्न सकिन्छ। गान्तोक र आसपासका असंख्य ठाउँ आकर्षक पर्यटकीय गन्तव्य हुन्। आर्किड सेंचुरी प्रकृतिप्रेमीहरूका लागि निकै उपयुक्त छ। यहाँ आर्किडका ४ सय ५४ दुर्लभ प्रजाति देख्न सकिन्छ। कञ्चनजंघाको मनोहर प्राकृतिक दृश्यको आनन्द उठाउन तासिलिङ भ्रमण नगरी हुँदैन।













कञ्चनजंघाको काखमा बसेको भारतको दोस्रो सबैभन्दा सानो राज्य सिक्किमको मनोरम प्राकृतिक छटा हामीले सुनेको स्वर्गभन्दा कम छैन। हिउँले ढाकिएका त्यहाँका पर्वत शृंखला, पारदर्शी तलाउ, घना जंगल एवं शान्त वातावरणले पर्यटकको यात्रालाई

अविस्मरणीय बनाइदिन्छ।

सिक्किम एक नजर

सिक्किम प्रदेश चार जिल्लामा विभाजित छ। पूर्वी सिक्किम, पश्चिमी सिक्किम, उत्तरी सिक्किम र दक्षिणी सिक्किम। जहाँ क्रमश: गान्तोक, गिजिग, मन्दन र नामची चर्चित छन्। पूरा सिक्किम नै प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि प्रमुख दर्शनीय स्थलहरू यस प्रकार छन् :

पूर्वी सिक्किम

पूर्वी सिक्किम सबैभन्दा सुन्दर र लोकपि्रय पर्यटकीय स्थल हो। यहाँको आकर्षण पहाड, गार्डेन, चिडियाघर एवं पुराना स्मारकहरू हुन्।

गान्तोक


समुद्रबाट ५ हजार ८ सय फिटको उचाइमा अवस्थित गान्तोक सहर सिक्किमको राजधानी तथा लोकपि्रय हिल स्टेशन हो। गान्तोक सहरको उत्तरी सीमा तिब्बत, पूर्वी सीमा भूटान, पश्चिमी सीमा नेपाल र दक्षिणी सीमा बंगालबाट नजिक छ। लगभग ५० हजार जनसंख्या रहेको यो सहरमा आधुनिक एवं प्राकृतिक सौन्दर्यको सुन्दर मिश्रण देख्न सकिन्छ। गान्तोक र आसपासका असंख्य ठाउँ आकर्षक पर्यटकीय गन्तव्य हुन्। आर्किड सेंचुरी प्रकृतिप्रेमीहरूका लागि निकै उपयुक्त छ। यहाँ आर्किडका ४ सय ५४ दुर्लभ प्रजाति देख्न सकिन्छ। कञ्चनजंघाको मनोहर प्राकृतिक दृश्यको आनन्द उठाउन तासिलिङ भ्रमण नगरी हँुदैन। यस्तै यहाँका नामग्याल इन्स्िटच्युट, जवाहरलाल नेहरू बोटानिकल गार्डेन, रिज पार्क, ह्वाइट हल कम्प्लेक्स, वाटर गार्डेन, गणेश टक, हरिणपार्क तथा हनुमान टक टेम्पल पनि प्रमुख दर्शनीय स्थल हुन्।

गान्तोक आसपासका भ्रमण स्थल

रुम्टेक धर्मचक्र सेन्टर

गान्तोक सहरबाट २४ किलोमिटरको दूरीमा रहेको रुम्टेक मठ पर्यर्टकहरूको आकर्षणको केन्द्र हो। यो मठमा तिब्बतको सांस्कृतिक विरासत एवं बौद्ध धर्मावलम्बीहरूले जोडेका दुर्लभ चीजहरूको संग्रह हेरेर मन्त्रमुग्ध हुन सकिन्छ।

नथुला पास

गान्तोकबाट ५६ किलोमिटरको दूरीमा रहेको नथुलाबाट चीनको सुप्रसिद्ध ग्रेटवाल देख्न सकिन्छ।

पश्चिमी सिक्किम

पश्चिमी सिक्किमलाई मठहरूको गढ पनि भन्न सकिन्छ। त्यहाँ प्राचीन सभ्यता एवं संस्कृतिको झलक देख्न पाइन्छ। पश्चिमी सिक्किमको घुमफिर गरेर जीवनको मज्जा उठाउन सकिन्छ।

पेलिङ


गान्तोकबाट १ सय १८ किलोमिटरको दूरीमा अवस्थित पेलिङ सुन्दर प्राकृतिक छटाले घेरिएको छ। यहाँ हिउँले ढाकिएको पहाड हेर्न आउनेहरूको भीड लाग्छ।

पेमयाङ मठ
पश्चिमी सिक्किमका सबै मठको अनुपातमा पेमयाङको अलग पहिचान छ। यो मठ निकै पवित्र मानिन्छ। यहाँका शिल्पकला, मूर्ति तथा भित्ताका अनौठा चित्र पनि निकै आकर्षक छन्।

अन्य प्रमुख दर्शनीय स्थल

देताम, सोबरा, बेर्से आदि।

उत्तरी सिक्किम

उत्तरी सिक्किममा सिक्किमको सांस्कृतिक विविधताको झलक पाइन्छ। यहाँका कणकणमा इतिहास र धर्मको मीठो संयोजन अनुभव हुन्छ।

लाचुङ

गान्तोकबाट १ सय १५ किलोमिटर टाढा पर्ने सानो गाउँ लाचुङका चारैतिर हिउँले ढाकिएका पर्वत, शिखर छन्। यो ठाउँ प्राकृतिक सौन्दर्यका पारखीहरूमाझ निकै पि्रय छ। यहाँको लाचुङ मठ आकर्षणको केन्द्र हो।

अन्य प्रमुख दर्शनीय स्थल

मगान, काबी, प|ोडोङ, यन्धाङ आदि।

दक्षिणी सिक्किम

हिउँले ढाकिएका पहाड, हरिया जंगल, चियाका सुन्दर बगान एवं धेरै पुराना आकर्षक भवनहरूले दक्षिणी सिक्किमको सुन्दरता वृद्धि गरेका छन्।

नाम्ची

गान्तोकबाट ७५ किलोमिटर टाढा रहेको नाम्ची पर्यटकहरूमाझ निकै लोकपि्रय छ। यहाँबाट कञ्चनजंघा हिमशिखरको अनुपम सौन्दर्य अवलोकन गर्न सकिन्छ। यसका साथै यहाँका मठहरू पनि निकै आकर्षक छन्।

राबंगला

समुद्रबाट २ हजार १ सय २२ मिटर उचाइमा रहेको सानो गाउँ राबंगला घुम्न आउनेहरूका लागि लोकपि्रय बन्दै गएको छ। विशेष गरी पदयात्रा रुचाउनेहरूले यहाँको यात्रा छुटाउनु हुँदैन।

मेनाम वाइल्ड सेंचुरी

३ हजार ५ सय हेक्टरमा फैलिएको मेनाम वाइल्ड सेंचुरीमा रातो पान्डा, लेपर्ड बिरालो, कालो इगल र अन्य दुर्लभ प्रजाति देख्न पाइन्छ।

टेमी चिया बगान

सिक्किमको एक मात्र टेमी चिया बगानमा एकदम राम्रो गुणस्तरीय चिया उत्पादन हुन्छ।

अन्य प्रमुख दर्शनीय स्थल

बुद्ध पार्क।



कहिले जाने ?

सिक्किम जाने उपयुक्त मौसम मार्चदेखि जून एवं सेप्टेम्बरदेखि डिसेम्बरसम्म हो।

कहाँ बस्ने ?

लग्जरी होटल

तिब्बत होटल, चुम्बी रेसिडेन्सी, हिडेन फरेस्ट रिटि्रट आदि।

डिलक्स होटल

गोल्डेन पगोडा, गोल्डेन हाइट्स, होटल बायुल आदि।

बजट होटल

पि्रमुला लज, ब्लिस रिसोर्ट

सिक्किममा सपिङ

सिक्किमको प्रमुख सपिङ गन्तव्य गान्तोकमा छ। यो स्थान हस्तकलाका सामानहरूका लागि प्रख्यात छ। यहाँका पेन्टिङ, कार्पेट, काठ, परम्परागत ह्याट, टोपी आदि प्रसिद्ध छन्।

0 comments: on "सिक्किमको फन्को"