मुख्य समाचार :


जीटीए सरकारको बाध्यता हो-डा.हर्कबहादुर छेत्री


विधानसभामा पहाडका विधायकहरूले जीटीएको कुरा नउठाउने

मनोज वोगटी
कालेबुङ, 22 अगस्त।
दुइदिन अघि मात्र गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले सरकारलाई शीघ्र नै जीटीए लागू गर्नुपर्ने अनि ढिलो भयो भने अनर्थ हुनसक्ने भन्दै सरकारलाई चुनौती दिँदै भनेका थिए, गर्ने भए छिटो गर, नत्र जीटीए पनि मारो गोली हुन्छ। सोही दलका प्रवक्ता अथवा कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले भने आज भने, मोर्चालाई जीटीएबारे कुनै हतार छैन। तिनले यस्प्रकारको बयान दिएर मोर्चा नेताहरूको मतैक्यता नरहेको स्पष्ट पारे। किन भने अध्यक्षलाई हतार भइरहेको छ तर प्रवक्तालाई भने हतार नै छैन। छेत्रीले अझ के पनि भनेका छन्‌ भने जीटीए भनेको मोर्चाको बाध्यता होइन। यो बाध्यता सरकारको हो। यसकारण मोर्चाले जीटीएको कुरा गर्दैन। सरकारले नै यसको कुरा गर्नुपर्छ। तिनले स्पष्ट पारे, हामीले विधानसभामा जीटीएबारे कुनै कुरा गरेका छैनौं। गर्दैनौं पनि। अहिले विधानसभामा केवल बजेटको कुरा चलिरहेको छ, त्यसपछि जीटीएको कुरा हुनसक्छ। मोर्चाभित्र अन्तरद्वन्द्व त भइरहेकै छ यता नेताहरूमा वैचारिक एकमत पनि नरहेको डा.छेत्रीको वयानले स्पष्ट पारेको छ।

विमल गुरूङले जीटीए शीघ्र लागू हुनुपर्ने भन्दै नत्र जीटीए छोडेर गोर्खाल्याण्डको कुरा उठाउने घुुर्की देखाइरहेका छन्‌ भने जुन विधानसभामा जीटीएको बील पारित हुन्छ त्यही विधानसभाका विधायक डा.हर्कबहादुर छेत्रीले भने स्पष्ट पारेे, हामी जीटीएको कुरा विधानसभामा उठाउँदैनौं। तिनले अझ भने, राज्य सरकारले दुइ महिनामा नै पहाडको समस्या समाधान गर्छु भनेको हो। जीटीएको बाध्यता पनि सरकारकै हो। बील पनि उनीहरूले नै ल्याउनुपर्छ। हामी त विकासको सम्बन्धमा मात्र कुरा गरिरहेका छौं।

0 comments: on "जीटीए सरकारको बाध्यता हो-डा.हर्कबहादुर छेत्री"