मनोज वोगटी
कालेबुङ,17 अगस्त।
आजभन्दा दशवर्ष अघि गैरीबास उच्चतर विद्यालयको एघाह्रौ अनि बाह्रौ श्रेणीको डेस्क ठट्ठाउँदै साथीहरूलाई गीत सुनाउने विमल गुरूङ अहिले सॉंच्ची नै ने

अनलाइनमा झुलुक्क देखापरेका विमल गुरूङले भने, त्यसबेला रोपिएको सपनामा नै मलजल गरिरहेको छु। पहिलो गीति एल्बम फिलिङ सुनेर प्रभावित भएपछि गीतकार शिव चाम्लागाईँले मलाई नै उनका गीतहरू गाउन चुन्नु भयो। तिनका सातवटा गीतहरू रहेको एल्बम विम्ब-को तयारी अहिले चलिरहेको छ।
तोदे ताङ्तामा पर्ने तुङसुङमा नै पट्ठो जवान विमलले गायक बन्ने सपना देखका हुन्। दार्जीलिङको अर्ध विकसित गाउँमा ब

विमलले पोखराको भाइब्स क्रिएसनबाट फिलिङ्स नामक गीति एल्बम गतवर्ष मात्र निकालेका थिए। तिनको दुइवटा गीत फेरि फेरि तिम्रो याद अनि हॉंस्छु भन्नेलाई सुख नै छैन भन्ने गीतले निक्कै स्रोता पाएको थियो। फेरि फेरि तिम्रो याद-गीत नेपालका प्राय सबै च्यानलहरूले देखाइसकेका छन्। सोही एल्बममा रहेको

विम्बको काम सकेकै छैन,अर्को एल्बमको अफर पनि आइराखेको छ, दुवैलाई समय दिइरहेको छु-सफलताको सिँडी टेक्दै गरेका विमल भन्छन्। विम्ब-मा सचिन सिंह, राम सिटौला, अर्जुन पोखरेल अनि विमल आफैको सङ्गीत रहेको छ। फिलिङ निकाल्दा जति पापड बेल्नु पर्यो विम्ब निकाल्दा उति सजिलो भयो, विमल भन्छन्, नेपाल मेरो केरियरको ड्रिम ल्याण्ड थियो, अहिले त्यही उभिएर संघर्ष गरिरहेको छु। सङ्गीतमा बी. म्युजिक गरिसकेका विमललाई सङ्गीतमा नै भविष्य छ भन्ने विश्वास छ।
दार्जीलिङबाट नेपाल गएर सङ्गीतमा केरियर बनाउने सैयौं सफल कलाकरहरूको पछि कुनै दिन विमलको पनि नाम आउन सक्ने सम्भावना छ भनेर सोद्धा तिनी भन्छन्, सङ्गर्ष जारी छ, म सपना फुलाउन निस्किसकेको छु। समयले साथ दियो भने सफल हौंला।
0 comments: on "सपना फुलाउन नेपाल पसेका विमल विम्बमा आफूलाई खोज्दै"
Post a Comment