मुख्य समाचार :


सन्तोष शंसोधनागृहमा



कालेबुङ, 8 अगस्त।
सरकारी बसमा स्टोभ बम पड्‌काएको आरोपमा पक्रा परेका सन्तोष सुब्बालाई आज फेरि कालेबुङ कोर्टमा उभ्याइयो। तिनलाई पुलिसले यस मामिलामा केरकार गर्नको निम्ति सात दिनको रिमाण्डमा राखेको थियो। सात दिनको रिमाण्डको मियाद आज समाप्त भयो अनि तिनलाई कोर्टमा उभ्याइयो। 6 दिनको निम्ति सन्तोषलाई कालेबुङ शंसोेधानागृहमा राखिएको छ। सन्तोष सुब्बा जीएलओ प्रमुख छत्रे सुब्बाका छोरा हुन्‌। छत्रे सुब्बालाई सुबास घिसिङलाई प्राणघातक आक्रमण गरेको आरोपमा 11 वर्ष अघि बङ्गाल पुलिसले पक्राउ गरेको थियो भने तिनी अहिलेसम्म जेलमा नै छन्‌। 11 वर्षदेखि छत्रे सुब्बा रिहाइ हुन सकिरहेको छैन भने यता तिनको छोरा पनि बम विस्फोट काण्डमा परेर पक्रा परेका छन्‌। 26 जुलाईको दिन मोटर स्ट्याण्डमा सरकारी बसमुनी विस्फोट भएको थियो। पछि विस्फोटकलाई पुलिसले स्टोभ बमको संज्ञा दिएको थियो। दुइदिनपछि यूएलए नामक कथित संस्थाका चिफ एम. थेगिमले विस्फोटको जिम्मेवार लिएको थियो भने त्यसैको भोलिपल्ट सन्तोष सुब्बालाई पक्राउ गरिएको थियो। जुन फोनद्वारा मीडियालाई एम थेगिमले सम्पर्क गरेका थिए त्यो फोनको सीम सन्तोषबाट उद्दार गरिएको पुलिस सूत्रले जनाए अनुसार एम थेगिम सन्तोष नै रहनेको कुरातिर शंकाको सुई घुमिरहेको छ। आज पनि सन्तोष सुब्बाले भने, म निर्दोष छु। मलाई फँसाएको हो। यसमा राजनैतिक स्वार्थ हुन सक्छ।

0 comments: on "सन्तोष शंसोधनागृहमा"