मुख्य समाचार :


फौजमा भर्ना हुन लेप्चा अनि भोटियाहरूलाई गोर्खा प्रमाण पत्र नचॉंहिने

प्रज्ज्वल वोगटी
कालेबुङ, 21 जुलाई।
लेप्चा अनि भोटिया सम्प्रदायका युवा-युवतीहरूले भारतीय सेनामा भर्ना हुँदा गोर्खा प्रमाण पत्रको समस्या अबउसो झेल्न नपर्ने भएको छ। यी सम्प्रदायका युवाहरू फौजमा भर्ना हुँदा पहिले गोर्खा प्रमाण पत्र अनिवार्य हुन्थ्यो। महकुमा कार्यालयहरूबाट उनीहरूलाई गोर्खा प्रमाण पत्र दिँदैनथ्यो।
लेप्चा अनि भोटिया सम्प्रदायका युवाहरू गोर्खा प्रमाण पत्रको कारण विगत धेरै वर्षअघिदेखि सेनामा भर्ना हुनबाट वञ्चित बनिरहेका थिए। यद्यपि गोर्खा प्रमाण पत्रको कारण लेप्चा अनि भोटिया सम्प्रदायका संस्थाहरूले पहल गर्दै आइरहेको थियो। यी विषय सम्बन्धी अघिबाटै इण्डिजिनियस भोटिया ट्राइबल फोरमले चार बुँदे माग रक्षा मन्त्रालयसमक्ष राखेको थियो।

फोरमले राखेको मागहरूमा मुख्य मागहरूमध्ये गोर्खा प्रमाण पत्र होइन तर ट्राइवल प्रमाण पत्रकै आधारमा फौजमा भर्ना लिनुपर्ने मागलाई रक्षा मन्त्रालय दिल्लीले मानिलिएको छ।

आज उक्त कुराको जानकारी इण्डिजिनियस भोटिया ट्राइबल फोरमका सचिव सोनाम टी भोटियाले जानकारी दिएका हुन्‌। तिनले बताएनुसार रक्षा मन्त्रालयलाई फोरमलले गोर्खा प्रमाण पत्र सम्बन्धि राखेको मागलाई मानिलिएको छ।

यसै सम्बन्धमा तिनले भने, पहिला बङ्गाल सरकारले लेप्चा-भोटियाहरू गोर्खाका उपजाती होइन भनि एक सर्कुलर जारी गरेको थियो। त्यसदेखि यता सरकारले हामीलाई गोर्खा प्रमाण पत्र नदिएर युवाहरू फौजमा जान सकिरहेका थिएनन्‌। तर फोरमले राखेको मागलाई रक्षा मन्त्रालयले मानिलिएर गत 12 जुलाईमा अबउसो फौजमा भर्ना हुँदा गोर्खा प्रमाण पत्र नलाग्ने अनि ट्राइबल प्रमाण पत्रले नै काम गर्ने बताएका छन्‌।
गोर्खाहरूले उचाई-ओजन आदिमा पाउने गरेको छुट पनि लेप्चाहरूले सोही प्रमाण पत्रकै आधारमा पाउने तिनले जनाएका छन्‌।

0 comments: on "फौजमा भर्ना हुन लेप्चा अनि भोटियाहरूलाई गोर्खा प्रमाण पत्र नचॉंहिने"