मुख्य समाचार :


जङ्गवीर सापकोटाको सालिग निर्माण हुने नै भयो

प्रशासनले जबरजस्ती भत्काइदियो घर

प्रज्ज्वल वोगटी
कालेबुङ, 21 जुलाई।
सन्‌ 2006 सालदेखि नै जमिन विवादको कारण कालेबुङमा भारतीय स्वतन्त्रता संग्रामी जङ्गवीर सापकोटाको सालिग निर्माण हुन सकिरहेको थिएन। कालेबुङ सालिग निर्माण समितिले यहॉंको नोभेल्टी हल परिसरमा सालिग निर्माण स्थल बनाउने पहल शुरू गरेको थियो। उक्त स्थानमा अघिबाटै स्थानीय एसयूएमआईका पूर्व शिक्षक रामाशंकर प्रसादको घर रहेको थियो जो पूर्ण रूपले अवैद्य भएपनि उनीहरू त्यहॉं लगभग 25 वर्षअघिदेखि बसिरहेका थिए।

रामाशंकरको परिवार अनि सालिग निर्माण समितिबीच जमिनलाई लिएर 5-6 वर्ष अघिदेखि विवाद सृष्टि भइरहेको थियो। परिवार पक्ष भने आफूहरू धेरै वर्ष अघिदेखि त्यहॉं रहेकोले उनीहरूलाई प्रशासनले अन्यत्र कहीं सारिदिने माग गरिरहेका थिए। तर प्रशासनले उनीहरूलाई अन्यत्र कहीं सारिदिने व्यवस्था गरिदिएन।

अन्तमा अघिबाटै दिएको नोटिसको आधारमा आज प्रशासनले जबरजस्ती कोही नभएको समय उक्त घर भत्काइदिएको छ। उक्त जमिन पीडब्ल्यूडी विभागको पर्ने भएकोले आज विभागका अधिकारीहरू, महकुमा अधिकारी, सालिग निर्माण समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यता महकुमा अधिकारी एल.एन. शेर्पाले बताएनुसार यो घर अवैद्य रहेकोले नै भत्काइएको हो अनि शहरमा अवैद्य ढङ्गमा निर्माण गरिएका अन्य घरहरू पनि चॉंड़ै भत्काइनेछ। अवैद्य ढङ्गमै भए पनि तीस-चालिस वर्षदेखि बसोबासो गर्दै आइरहेका मानिसहरूलाई आज आएर जबरजस्ती उठाइदिँदा क्षतिपूरण अथवा उनीहरूलाई अन्यत्र कहीं सारिदिने व्यवस्था प्रशासनले गरिदिन्छ भनि महकुमा अधिकारीसँग प्रश्न गर्दा तिनले परिवारको अवस्था हेरेर विचार गर्ने बताए।

रामाशंकरको परिवार सम्पन्न नै भएकोले विभागीय पक्षबाट कुनै पहल गरिदिन आवश्यक नरहेको तिनले बताए। यता परिवार पक्षबाट छोरा निरज प्रसादले यतिका वर्षसम्म आफूहरू बसेको घर भत्काइँदा गुनासो व्यक्त गर्दै कालेबुङमा अवैद्य ढङ्गमै भएपनि कैयौं सालदेखि स्थायी रूपमा बसोबासो गर्नेहरू थुप्रै छन्‌। तर आज आएर केवल आफ्नो घर मात्र सुनियोजित ढङ्गमा भत्काइनु न्यायसङ्गत नरहेको बताएका छन्‌।

तिनले प्रशासनले आफूहरूलाई एकहप्ता समय दिएको अनि आज घरमा कोही पनि नभएको समय अचानक आएर भत्काएकोमा आपत्ती जनाएका छन्‌। तिनले अझ बताएनुसार पिता रामाशंकर यसै विषय लिएर धेरैपल्ट नगरपालिका अनि महकुमा कार्यालय धाए। हाल तिनी हृदय रोगले सिकिस्त अवस्थामा रहेकोले कलकत्ता लैजॉंदै गरेको अनि घर भत्काएको थाहा पाएपछि आफू यहॉं आएको तिनले जनाएका छन्‌।
यदि यस्तो अवस्थामा रहेको पितालाई केही भए यसको पूर्ण जिम्मेवारी प्रशासन अनि निर्माण समितिले लिनपर्ने तिनले चेतावनी दिएका छन्‌।विभागले उक्त घर भत्काइदिएपछि सालिग निर्माण समितिको निम्ति बाटो खुल्ला भएको छ।
सालिग समितिका उप-सभापति पी.बी.घतानीले बताएनुसार आगामी 15 अगस्तको दिन उक्त स्थानमा जङ्गवीर सापकोटाको सालिगको विधिवत्‌ उद्घाटन गरिने छ। परिवार पक्षले भने यतिका वर्षसम्म बसेको आफ्नो घर गुमाउन परे पनि धेरै वर्षको सङ्घर्षपछि सालिग निर्माण समिति अनि प्रशासनको भने एकतर्फी जीत भएको छ।

0 comments: on "जङ्गवीर सापकोटाको सालिग निर्माण हुने नै भयो"