मुख्य समाचार :


टिस्टामा मैला फ्यॉंकेको समाचार सम्प्रेषण गरेको रिस्‌मा

महकुमा अधिकारी खनिए पत्रकारहरूमाथि

मनोज वोगटी
कालेबुङ,11 जून।

टिस्टा नदीमा कालेबुङ नगरपालिकाले मैला फ्यॉंकेको समाचार सम्प्रेषण गरिएकोमा रिस्ले चुर भएका कालेबुङ नगरपालिका अधिकारी आज महकुमा अधिकारीको कार्यालयमा पत्रकारहरू देख्ने वित्तिनै खनिए। तिनलेे टिस्टामा नगरको मैला फ्यॉंकेको समाचार सम्प्रेष गर्ने पत्रकारहरूलाई आज आक्रमक भाषामा हपारे।

कालेबुङ नगरपालिकाले चारवर्षदेखि डम्पिङ बनाउन नसकेपछि मैला फ्यॉंक्ने ठाउँ कतै पाएन। अन्तमा गएर अहिलेसम्म टिस्टा नदीमा नगरको जम्मै मैला ट्रकमा लादेर फ्यॉंकीरहेको छ। भर्खर नै नगरपालिकाले नै नगर सफा गर्दै पर्यावरण दिवस मनायो तर त्यही नगरपलिकाले भने नगरभरिको मैला उठाएर टिस्टा नदीमा फ्यॉंकेपछि नगरपालिकाले पर्यावरणको कुरा गरेको हॉं उठ्‌दो देखापरेको थियो।

नगरपालिकाले
टिस्टामा मैला फ्यॉंकेको खबर कालेबुङका पत्रकारहरूले बढ़ो प्राथमिकताको साथमा सम्प्रेषण गर्‍यो, किन भने नदीमा मैला फ्यॉंक्न कानूनीरूपले पनि ठीक होइन। चारचार वर्षसम्म पनि डम्पिङ बनाउन नसक्नुको कार्य असफलताको दण्ड नदीलाई दिनु जस्तो मुर्ख काम अरू केही पनि होइन। अहिले जसले पनि किन टिस्टामा फ्यॉंकेर गलत काम गरेको भनेर नगरपालिकालाई सोध्यो भने, जवाब हुन्छ, कहॉं फ्यॉंक्नु त? तिमी देखाउन फ्यॉंक्ने ठाउँ। टिस्टा जो पर्यटन स्थलकोरूपमा पनि प्रख्यात त छँदैछ धार्मिकरूपले पनि यस नदीलाई पवित्र मानिन्छ।

यस्तो नदीमा मैला फ्यॉंकनु राम्रो कुरा हुन नसक्ने भएपछि पत्रकारहरूले समाचार सम्प्रेषण त गरे, तर आज भने समाचार प्रकाशित गरेकोमा गाली भेटे। कालेबुङमहकुमा अधिकारी चहान्छन्‌ किन नगरपालिकाको कुनै पनि गलत कामबारे पत्रकारहरूले नलेखुन्‌, कुनै लोकल च्यानलहरूले नदेखाउन्‌। जुन गलत पक्षलाई उदाङ्गो पार्ने काम नै पत्रकारहहरूको दायित्व हुन्छ नगरपालिका अधिकारी चहान्छन्‌, पत्रकारहरू त्यही दायित्वबाट पर बसुन्‌। आज सोझै आक्षेप लगाउँदै महकुमा अधिकारीले टिस्टामा नगरको मैला फ्यॉंकेको समाचार छापेर अनि च्यानलहरूमा देखाएर के फाइदा भयो भन्ने प्रश्न पत्रकारहरूलाई तेर्साए।

यति
मात्र होइन तिनले अब नगरको मैला, जङ्गलतिर कही पनि नफ्यॉंकेर नगरमा नै एकहप्तासम्म राख्ने धम्की पनि दिए। तिनले पत्रकारहरूलाई नै मैला फ्यॉंक्ने ठॉं देखाउनुपर्ने समेत बताए। तिनको काम पत्रकारहरूले गर्ने हो भने किन महकुमा अधिकारीको काम के? तिनले प्राथमिकता दिन नहुने समाचारलाई पत्रकारहरूले प्राथमिकता दिएको आरोप पनि लगाए। पत्रकारहरूले तिनलाई यस सम्बन्धमा क्रामाकपा अनि टिस्टावासीले दिएको ज्ञापनको आधारमा समाचार सम्प्रेषण गरेको स्पष्टिकरण दिए पनि तिनले उल्टै पत्रकारहरूलाई प्रश्न तेर्साउँदै भने, यो समाचार छापेर तिमीहरूले के पायौ? कहॉं सुनाम कमायौ? पत्रकारहरूलाई समस्याबारे अनि डम्पिङमा ढिल्याइ भइरहेको थाहा पाएको भए पनि किन यसलाई महत्व दिएको भन्ने प्रश्न पनि गरे।

मुख्य
गरी आज महकुमा अधिकारीले ट्राफिक समस्याबारे राजनैतिक दल, अराजनैतिक सङ्घसंस्था, पुलिस, चालक महासङ्घ तथा अन्यलाई ट्राफिक समस्यालाई लिएर बैठकमा बोलाएको थियो। पत्रकारहरू त्यसैको समाचार सङ्‌ग्रह गर्न गएका थिए। तिनले बैठक सम्बन्धमा टिप्पणी दिन त मानेन्‌ नै उल्टो पत्रकारहरूलाई नै यसप्रकार गाली गरेका हुन्‌।

0 comments: on "टिस्टामा मैला फ्यॉंकेको समाचार सम्प्रेषण गरेको रिस्‌मा"