मुख्य समाचार :


भूतपूर्व सैनिक मोर्चाद्वारा शीर्षस्थ नेताहरूलाई पत्रचार

मनोज वोगटी कालेबुङ, 26 मई।

भुतपू़वर्र् सैनिक मोर्चाले सिलगढ़ीमा भएको लठ्ठी चार्ज अनि सिब्सु काण्डमाथि न्यायिक जॉंच हुनुपर्ने माग गर्दै देशका शीर्षस्थ नेताहरूलाई पत्रचार गरेको छ। अहिले गोर्खा जनमुक्ति मोर्चा जस्तो बलियो राजनैतिक सङ्गठनको भातृ सङ्गठन रहेको गोर्खा जनमुक्ति भूतपूर्व सैनिक मोर्चाले अहिले भारत सरकारलाई न्यायको गुहार लगाइरहेको छ।

छुट्टै राज्यको दाबीमा सैनिक मोर्चाले 9 अप्रेल 2008 को दिन सिलगढ़ीमा निकालेको मौन र्‍यालीमाथि वामफ्रण्ट सरकारको निर्देशनमा पुलिस प्रशासनले बर्वरतापूर्वक लाठी चार्ज गरेर सैनिकहरूको अपमान गरेको थियो। बिनादोष केवल गोर्खाल्याण्ड राज्यको माग गरेको कारण पुलिसले एकातिर पुलिसले लाठीचार्ज गरेको अनि अर्कोतिर स्थानीयवासीलाई ढुङ्गामूढा गर्न लगाएको आरोप लगाउँदै गोर्खा पूर्व सैनिकहरूमाथि भएको अन्यायबारे वृतान्त दुखेसो राख्दै आज सैनिक मोर्चाले ममता सरकारका शीर्षस्थ नेताहरू अनि भारत सरकारका शीर्षस्थ नेताहरूलाई पत्रचार गरेको छ।

सैनिक मोर्चासित नै आज नगरमा जीएलपीसमेतले न्यायको गुहार लगाउँदै जुलूस प्रदर्शनी गरेको थियो। नगर परिक्रमापछि जुलूसलाई डम्बरचोकमा पथसभामा रुपान्तर गरिएको थियो, जसलाई सम्बोधन गर्दै सैनिक मोर्चाका अध्यक्ष कर्ण रमेश आलेले भने, गोर्खा सैनिकहरूले देशको रक्षा गर्न आधा जीवन दिएर आएको हो, त्यसको साटोमा देशले देश रक्षक पूर्व सिपाहीहरूलाई लाठी चार्ज गर्नु देशकै निम्ति लाजमर्दो कुरा हो। देशले देश रक्षक चिन्नुपर्छ। भएको अन्यायको निम्ति न्याय दिइनुपर्छ।


तिनले सैनिक मोर्चाका कार्यकर्ताहरूलाई अन्यायपूर्वक व्यवहार गर्नुमा वामफ्रण्ट सरकारको दोष बताए। तिनले भने, सिब्सुमा निर्दोषहरूमाथि विर्वरतापूर्वक गोली ठोकेर गोर्खाहरूको हत्या गरिएको छ,यसमाथि पनि सीबीआई जॉंच हुनुपर्छ। तिनले देशका प्रधान मन्त्री, गृहमन्त्री, सोनिया गान्धी, मुख्य मन्त्री, अन्ना हजारे लगायत 25 जना शीर्षस्थ नेताहरूलाई पत्रचार गरेको पनि बताए। अन्ना हजारेले जसरी भ्रष्टचार विरुद्ध लड्न देशभरिका नागरिकहरूलाई जागरूक बनाए, हामी पनि गोर्खाहरूमाथि भएको अत्याचारको विरूद्ध देशभरिका नागरिकहरूलाई जागरूक बनाएर देशव्यापी समर्थन बटुल्ने योजना बनाइरहेका छौं-तिनले भने।

0 comments: on "भूतपूर्व सैनिक मोर्चाद्वारा शीर्षस्थ नेताहरूलाई पत्रचार"