मुख्य समाचार :


विकिलिक्स तहल्काः कूटनीतिक महाभूकम्प

आर.पी. आचार्य




जन्मेको चार वर्षमै सारा विश्वका महाशक्तिशाली राष्ट्रहरूलाई हल्लाइदिने वेब साइटको नाम हो - विकिलिक्स र यसका संस्थापक हुन् ३९ वर्षे जुलियन असान्ज । उनले यो वेबसाइटमार्फत् अमेरिकाको रक्षा तथा कूटनीतिक क्षेत्रका लाखौं गोप्य दस्तावेज सार्वजनिक गरिदिएर कूटनीतिक गोप्यता भङ्ग गरिदिएका छन् । उनको यो कार्यले विश्व कूटनीतिक गोप्यता भङ्ग भई अमेरिकालगायत विश्वकै सुरक्षा खतरामा परेको भनी सर्वत्र चिन्ता व्यक्त गरिएको छ । यो कार्यले विश्वकूटनीतिक क्षेत्रमा महाभूकम्प गएको छ । कतिपय कूटनीतिज्ञले यसलाई अर्को सेप्टम्बर ११ भनेका छन् । गोपनीयता जोगाउन नसकेको भन्दै कतिपयले अमेरिकी विदेशमन्त्री हिलारी रोेधम क्लिन्टनको राजीनामासमेत मागेका छन् ।

अमेरिकाको गोपनीयता र प्रतिष्ठामा गम्भीर आघात पारेको यो विषयको छानविन गर्न विशेषज्ञको टोली गठन गरी जिम्मा लगाएको छ भने इन्टरपोलले असान्जलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गरेको छ तर के उनलाई तेगोवध गर्नु उचित हो ? यद्यपि अमेरिकीहरू उनीसँग रिसाएका छन् ।

अफगान र इराक युद्धबारेका अमेरिकी सेनाका गोप्य सूचना यसै वर्ष सार्वजनिक गरेपछि विशेष चर्चामा आएको यो वबेसाइटले पछिल्लो पटक विश्वभरिका २७१ वटा कूटनीतिक नियोगमार्फत् अमेरिकाले विभिन्न मुलुकसँग गरेका कूटनीतिक वार्ता तथा छलफलका अढाई लाखभन्दा बढी गोप्य दस्तावेजहरू सार्वजनिक गर्न थालेपछि यसले विश्वभरि नै सनसनी मच्चिएको छ । अमेरिकाले यो कार्यबाट कूटनीतिक क्षेत्रमा कार्यरत लाखौं कर्मचारीको जीवन खतरामा पर्नुका साथै हजारौंको जागिर जोखिममा परेको भनी चिन्ता र आक्रोश व्यक्त गरेको छ ।

यस कार्यले विभिन्न मुलुकसँगको कूटनीतिक सम्बन्ध विगि्रने र आतङ्कवादीको मनोबल अरू बढ्ने सम्भावना बढाएको भनी यसका पछि नलाग्न विश्व समुदायलाई आग्रह गरेको छ ।
उता असान्जले भने अमेरिका र उसका सहयोगीले गरेको षड्यन्त्र पर्दाफास गरी वास्तविकताबारे विश्व समुदायलाई सही सूचना दिन र षड्यन्त्रकारी तथा मानवताविरोधी अपराधीलाई जिम्मेवार र उत्तरदायी बनाउन सो कार्य गरेको दावी गरेका छन् । उनले आफूसँग सन् १९९० देखि २०१० सम्मका यस्ता १० लाख गोप्य सूचना भएको बताउँदै उपयुक्त समयमा सार्वजनिक गर्दै जाने बताएका छन् ।

उनले आउँदो वर्षको सुरूमा आर्थिक तथा वित्तीय क्षेत्रका चर्चित भ्रष्टाचार, अनियमितता र अपराधसम्बन्धी गोप्य दस्तावेजको 'मेगालिक' गरिदिने चेतावनी पनि दिइसेकेका छन् ।
अमेरिकी विदेशमन्त्री क्लिन्टनले विकिलिक्सले सार्वजनिक गरेको कूटनीतिक प्रतिवेदनले विश्वभरका कूटनीतिज्ञको सुरक्षा खतरामा परेको बताउनुभएको छ । उहाँले विकिलिक्सको सो कार्यले विश्व शान्ति र सुरक्षामा खतरा पुगेको आरोप पनि लगाउनुभयो । उहाँले यो कार्यलाई अपराधको संज्ञा दिँदै भन्नुभएको छ- हरेक मुलुकले अन्य मुलुकसँग इमानदारीसाथ गोप्य वार्ता गर्न पाउनु उसको अधिकार हो । सूचना चोर्नेलाई कडा कारबाही गर्नुपर्छ ।

अमेरिकी उपराष्ट्रपतिका पूर्व उम्मेदवार साराह पालिनले त असान्जलाई आतङ्ककारीको दर्जा दिनुपर्ने बताउनुभएको छ । उहाँले असान्जलाई अलकायदा र तालिवानको दर्जा दिनुभएको छ ।
विकिलिक्सले दुई लाख ५१ हजार २८७ वटा गोप्य प्रतिवेदन सार्वजनिक गर्न थालेपछि अमेरिकालगायत सम्बद्ध मुलुकका नेतामा त्रास छाएको छ । विकिलिक्सले अफगानयुद्धसम्बन्धी ९० हजार थान र इराकयुद्धसम्बन्धी चार लाख थान अमेरिकी सेनाको गोप्य प्रतिवेदन यसअघि नै सार्वजनिक गरिसकेको छ । विकिलिक्सले यी दस्तावेज अमेरिकी रक्षामन्त्रालयको नेटवर्क हृयाक गरी निकालेको हो ।

सन् ९० को दशकको सुरूमा यसको प्रयोग थालिए पनि सेप्टेम्बर ११ को
आक्रमणपछि यसको प्रयोग व्यापक रूपमा गरिएको हो । गोप्य सूचना सवै नियोगमा सजिलैसँग प्रयोग गर्न यसको प्रयोग गरिएको हो । अमेरिकाको रक्षा तथा विदेशमन्त्रालयसँग आवद्ध करिब २५ लाख मानिसले प्रयोग गर्ने भए पनि यसको जटिल पासवर्ड प्रत्येक पाँच महिनामा परिवर्तन गर्ने गरिएको छ ।

विकिलिक्सले नयाँििदल्लीस्थित अमेरिकी दूतवासका तीन हजार ३८, कोलम्बोका तीन हजार २२५, इस्लामावादका दुई हजार २२० वटा गोप्य दस्तावेज प्राप्त गरेको दाबी गरेको छ । विकिलिक्सल यस्ता सूचनाको स्ा्रोत भने खुलाउने गरेको छैन ।

कसले दिए सूचना
विकिलिक्सलाई गोप्य सूचना चुहाएको आरोपमा अमेरिकी मरिन ब्राडली म्यानिङलाई जागिरबाट बर्खास्त गरी सोधपुछ गरिँदै छ । विकिलिक्सले सन् २००७ मा बग्दादमा अमेरिकी अपाचे हेलिकोेप्टरले गोलावारी गरेको भिडिया टेप सार्वजनिक गराउने कार्यमा उनको हात रहेको आरोप लागेको छ । सो आरोप लागेपछि जागिरबाट बर्खास्त गरिएका उनी हिरासतमा छन् । समलिङ्गी भएकी कारण आफूमाथि अन्याय र विभेद गरी जागिरबाट निकालिएको भनी रूष्ट बनेका उनले अमेरिकी गोपनीयता भङ्ग गरिदिने धम्की पनि दिएका थिए । उनले कम्प्युटर नेटवर्कमा गोप्य सूचना समाग्री सङ्कलन गर्ने काम गरेका थिए । अमेरिकाको ओक्लोहामाका वासिन्दा उनी पछि वेल्समा बसाई सरेका हुन् ।

को हुन् असान्ज
विकिलिक्सका सञ्चालक ३९ वर्षे जुलियन असान्ज कम्प्युटर हृयाकर हुन् । उनको जन्म उत्तरी अस्ट्रेलियाको क्वीन्सल्यान्डस्थित टाउन्सभिलमा सन् १९७१ मा भएको होे । फिरन्ते जीव्ान बिताउने उनले सधैं एउटा झोलमा कपडा र अर्को झोलामा ल्यापटप कम्प्युटर बोक्ने गर्छन् । उनले सन् २००६ देखि यो वेबसाइट सञ्चालनमा ल्याएका हुन् । फोब्र्स म्यागजिनले विश्वका शक्तिशाली व्यक्तिको सूचीमा असान्जलाई ६८ औं स्थानमा राखेको छ ।
असान्जले वेबसाइट सञ्चालनका लागि नौ सदस्यीय सल्लाहकार समिति बनाएका छन् । विकिलिक्सको सूचना सङ्कलनका लागि विश्वभरबाट आठ सय जना स्व्ायंसेवकले काम गर्ने गरेका छन् । उनी सन् २००७ मा इराकको बगदादमा अमेरिकी सेनाको अपाचे हेलिकोप्टरले सर्वसाधारणमाथि गोली बर्साइरहेको भिडियो सार्वजनिक गरेपछि विशेष चर्चामा आउन थालेका हुन् ।
रेड कर्नर नोटिस जारी
इन्टरपोलले असान्ज सर्वाधिक खोजी गरिएका व्यक्ति भन्दै उनलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गरेको छ । षड्यन्त्रप्रेरित भएको बताउँदै आएका छन् । उनले विकिलिक्सको चुहावट लुकाउन र आफ्नो छवि विगार्न अमेरिकालगायतका मुलुकले यसो गरेको बताएका छन् ।

नेपालसम्बन्धी गोप्य दस्तावेज सार्वजनिक गरिने विकिलिक्सले नेपालसम्बन्धी गोप्य सूचना पनि सार्वजनिक गर्ने बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले तयार पारेका नेपालसम्बन्धी दुई हजार २७८ वटा दस्तावेज सार्वजनिक गरिने भएको हो । ती दस्तावेजहरू २०५८ माघ १० देखि २०६६ माघ १३ गतेसम्म नेपालका बारेमा अमेरिकी दूतावासले तयार पारी पठाएका गोप्य सूचना सामग्री हुन् । विकिलिक्सका अनुसार तीमध्ये ८४ आतिगोप्य, एक हजार २९९ गोप्य र ७९५ वर्गीकरणविहीन्ा छन् ।

अमेरिकी दूतावासल पठाएको गोप्य दस्तावेजमा माओवादी विद्रोह, नेपाल-भारत सम्बन्ध, राजनीतिक दलहरू र तिब्बती शरणार्थीलगायतका विषय रहेका छन् ।
विकिलिक्सले नेपालसम्बन्धी गोप्य दस्तावेज सर्वाजनिक गर्न लागेकोमा आपत्ति जनाउँदै नेपालका लागि अमेरिकी राजदूत स्कट डेलिसीले ती दस्तावेजले अमेरिकी नीतिको प्रतिनिधित्व नगर्ने स्पष्ट गर्नुभएको छ । उहाँले यसबाट नेपाल र अमेरिकाबीचको सम्बन्धलाई पनि असर नपार्ने विश्वास व्यक्त गर्नुभएको छ । राजदूत डेलिसीले सो विषयमा परराष्ट्रमन्त्री सुजाता कोइरालालगायत परराष्ट्रविद्हरूसित भेट गरी सो प्रकरणले पार्नसक्ने भ्रमप्रति सचेत हुन आग्रह गर्नुभएको छ ।
यसैबीच प्राप्त ताजा समाचारअनुसार असान्जलाई लन्डनमा पक्राउ गरिएको छ । उनीमाथि स्वीडेनमा दुई युवतीसँग यौन अपराध गरेको अभियोग छ । बेलायती वकीलका अनुसार असुरक्षित यौन सम्पर्कबारे विवाद छ । उता असान्ज आरोपको खण्डन गर्दछ । स्वीडेनले असान्जलाई फर्काउने माग गरिरहेको छ । असान्ज यसलाई राजनीतिक मुद्दा बनाइएको बताउँछन् । विकिलिक्सका प्रवक्ताले गिरफ्तारी प्रेस स्वतन्त्रतामाथि प्रहार हो भन्दै दस्तावेज प्रसारित हुनबाट नरोकिने स्पस्ट पारेका छन् ।

0 comments: on "विकिलिक्स तहल्काः कूटनीतिक महाभूकम्प"